Tuesday, April 30, 2013

खेल, जात्रा, मनोरन्जन र देश



पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका 'हान्न' ईन्द्रजात्राको अवसर कुरेका थिए । 'जात्रा' उपत्यकाका नेवारहरुको कमजोरी हो भन्ने उन्ले राम्रोसंग बुझेका थिए । त्यसैले उन्ले त्यसै दिन उपत्यका माथि आक्रमण गरे अनी सहजै बिजय हासिल गरे(हुनत राम्रोगर्न चतुर-नितीको प्रयोग गर्नु पनि नराम्रो होइन )। तर यही सिद्धान्त पछ्याउँदै पूर्वराजा ज्ञानेन्द्रले पनि दैशैंको मौका पारेर छोरा पारसलाई युवराज घोषणा गरेका थिए ।

फेरी यही सिद्धान्तलाई नै हाम्रो छिमेकी देश चीनले पनि प्रयोगमा ल्याएको छ । क्रिकेट इन्डियनहरुको कमजोरी हो भन्ने बुझेर नै 'क्रिकेटका बाप' IPL को मौका छोपेर  चिनिया सेना भारतीय सिमाभित्र प्रबेश गरेको छ । आफ्नो देशको बीस किलोमिटर भित्र बिदेशी सेना छिरीसक्दा पनि भैयाहरु मनोरन्जन गर्नमै मक्ख छन् ।

त्यसैले अती खेल र मनोरन्जनप्रेमी पनि हुन ठीक छैन । हुनत कसै-कसैले भन्लान् 'खेलले त झन राष्ट्रियता पो जगाउँछ त !' । तर, कुरा त्यसो होइन; खेलबाट जागेको राष्ट्रियता पानीको फोको जस्तै मात्र हो । खेल अवधीसम्म मात्र रहने पनि के राष्ट्रियता !

हिन्दूस्थान भन्ने गरिएको भारतलाई अङ्रेजहरुले 'इन्डिया' बनाइदिए । अनी तिनै पश्चिमाको नाङगो संक्रितीको सिको गरेर अहिले 'हिन्दूस्थान' बाट 'पोर्निस्थान' भएको भारतीयहरुको सिको गरेर हाम्रा नेपाली पनि टाइ-सुट लगाएर आफुलाई आधुनिक भनाउनमा मक्ख छन् । स्त्रीले शरीर ढाक्यो भने 'ट्रेडिसनल' भइन्छ रे अनी नाङगीयो भने 'मोर्डन' भइन्छ रे । केही दिन अघी नेपाली अखबारहरुमा एउटा ट्याटुजात्राको मौका पारेर मोटरसाइकलको बिज्ञापन निस्किएको थियो - 'Be Nude, Get Ink' अर्थात ट्याटु लगाएर नाङिनु रे ! आखिर त्यस्तो बिज्ञापनले के सन्देश दिन्छ त ? सोच्ने बेला आएको छ ।

आज हरेक प्रमुख भारतीय मिडियाहरु हेर्नुस्; सन्सनीखेज र उत्ताउला समाचार मात्र छन् । उनिहरुको अहिले दुइटा मात्र समाचार बन्छ । खेल कि सेक्स । आज हरेक भारतीयहरु उनिहरुको राष्ट्रिय भाषा 'हिन्दी' बोल्न सरम मान्छ । कसरी हुन्छ आफुलाई युरोपियन जस्तो देखाउन तल्लिन छन् । सुट-टाइ, जिन्स वा छोटो र अस्लीलपाराको कपडा लगाएर पो हुन्छ कि ? अङ्रेजी बोलेर पो हुन्छ कि ? कालो छालालाई गोरो बनाएर पो हुन्छ कि ? वा केही सीप नलागे कालो कपाललाई खैरो बनाएर पो हुन्छ कि ? एनिहाउ युरोपिन र अमेरिकन जस्तो देखिनु छ कथित आधुनिक भारतीयहरुलाई । जस्ले गर्दा उनिहरुको चाल 'न हाँसको-न बकुलाको' जस्तो भएको छ । भाषा र संस्क्रिती कमजोर भएपछी स्वभावत: राष्ट्रियता पनि कमजोर हुन्छ । त्यसो हुनाले अहिले भारतीयहरुको राष्ट्रियता पनि एकदमै कमजोर भएको छ । राष्ट्रिय चिन्हमा तीनवटा शेर (सिंह) राखेको भारत आज कागजी शेर मात्र हुनपुगेको छ । युरोपियन र अमेरिकनको सिको गरेर भारतीयहरुको बिग्रिए । अनी भारतीयको सिको गरेर नेपाली बिग्रिने भए । चिन्ताको बिषय छ !

हाम्रालागी भारत र चीन बराबरीका छिमेकी हुन् । जसरी भारतले हाम्रो सिमाना मिच्दै ल्याउँदैछ । चीनले पनि भारतको सिमाना मिच्दै ल्याउँदै छ । कुनै पनि देशको सिमाना मिचिनु राम्रो कुरा होइन । अहिले चीनले भारतको सिमाना मिचिको हो होइन उनिहरुलाई नै थाहा होला ! यदी चीनले सिमाना मिचिको हो भने यो घटनाबाट पाठ सिकेर भारतले हाम्रो पनि सिमाना मिच्न छाडोस् ।

- योगेश कुमार खपाङ्गी

No comments: