Sunday, January 8, 2017

'साप्ताहिक'मा प्रकाशित

'साप्ताहिक'मा प्रकाशित

कुरा बुझ्नु भो त !

'साप्ताहिक'मा प्रकाशित


K र K+ भनेको के हो ?

अचेल सामाजिक सञ्जाल तथा वेभ पेजहरुको सेयर बटनमा अंग्रेजीमा K र 'K+ लेखिएको हुन्छ । त्यो 'K' के का लागि लेखिएको होला भन्ने हरेकलाई जिज्ञाशा लागेको हुनसक्छ ।


वास्तवमा K हजारका लागि लेखिन्छ भने हजार कटेर अर्को हजार नथपिएसम्म K+(के प्लस) लेखिन्छ । एक K ले एक हजारको युनिटलाई दर्शाउँछ । ग्रीक भाषामा एक हजारलाई युनिटलाई एक किलोग्राम भनिन्छ । जस्तै,
१ किलोग्राम = १ हजार ग्राम
१ किलोमिटर = १ हजार मिटर
किलो (Kilo) शब्दको उत्पत्ति ग्रीक भाषाको Khilioo बाट भएको हो । जसको अर्थ एक हजार हुन्छ । यसैलाई पछ्याउँदै फ्रान्सका वैज्ञानिकहरुले प्रत्येक इकाइलाई छुट्टाछुट्टै नाम दिए । वजन (Mass) का मिटरको सट्टा ग्राम तथा मात्रा (Volume) को लागि लिटर दिइयो भने हजारको युनिटका लागि किलो (Kilo) शब्द छानियो ता कि छोटकरीमा त्यसको भ्यालु पत्ता लगाउन सजिलो होस् ।
- योगेश

Saturday, January 7, 2017

साताको कार्टून :


'हिमालय टाइम्स' मा प्रकाशित

अन्धविश्वासको चार महिने तस्वीर : अरु मंगलमा, हामी धामी–झाँक्रीकोमा !

- योगेश कुमार खपाङ्गी

संसार अहिले २१औं शताब्दीको संघारमा छ । गुगल, फेसबुक, माइक्रोसफ्ट जस्ता बहुराष्ट्रिय कम्पनीले मान्छेलाई कसरी अजर–अमर बनाउन सकिन्छ भन्ने अनुसन्धानका लागि करौंडौ रकम खर्चिरहेको छ । भने अमेरिकी अनुसन्धान संस्थान नासा मंगलग्रहमा बस्ती बसाउने कुरामा अनुसन्धानरत् छ । तर यसै बिच नेपालमा बोक्सी÷बोक्सा भएको आरोपमा मानव मलमूत्र खुवाउने, हत्या गर्ने, छाउपडीको नाममा महिलाहरु माथी अत्याचार गर्ने, छुवाछूत गरेर आफूजस्तै मान्छेलाई अपमानित गर्ने, दाइजोको लागि हत्या–हिंसा गर्ने तथा संस्कृतिको नाममा अबोध पशुहरुको बली दिने जस्ता खबर दिन–दिनै अखवारहरुको हेडलाईन बन्ने गर्छ ।

यसै सन्दर्भमा मानव अधिकारको क्षेत्रमा कार्यरत संस्था 'सोच नेपाल'ले सार्वजनिक गरेको प्रतिवेदनले समाजको यो कहाली लाग्दो अनुहार देखाएको छ । संस्थाले नागरिक दैनिक, कान्तिपुर दैनिक, राजधानी दैनिक, गोरखापत्र दैनिक, नयाँ पत्रिका दैनिक, अन्नपूर्ण पोष्ट दैनिक र नेपाल समाचार पत्र दैनिक मा प्रकाशित समाचारहरुलाई आधार बनाएर प्रतिवेदन बनाएको हो । प्रतिवेदन भन्छ – गत भदौ १ गते देखि मंसिर ३० गते सम्म मात्रै पनि कुरीतिजन्य हिंसाका ३४ वटा घटनाहरु दैनिक पत्रिकामा सार्वजनिक भएका छन् ।



यो अवधीमा बोक्सी प्रथा ७, बालबिबाहका ४, छाउपडी १, छुवाछुतका ३, दाइजो प्रथा ४, विधुवा प्रथा २, वलि प्रथा १, धामी झाँक्री ५, हलिया ५, कुमारी प्रथा १ गरी ३४ घटनाहरु सार्वजनिक भएका छन् ।

१. बोक्सी


यो अवधीमा बोक्सी सम्बन्धी सात वटा घटनाहरु सार्वजनिक भएका छन् ।

दाङ :
तुलसीपुर नगरपालिका—१९ जसपुरकी ६५ वर्षीया मोती परियारलाई बोक्सी आरोपमा कुटपिट गरेको अभियोगमा प्रहरीले तुलसीपुर—२० की अनिता भण्डारीलाई पक्राउ गरेको छ । छोरा लामो समयदेखी बिरामी भएका कारण भदौ ३० गते नवलपुरमा लाग्ने मेलामा धामीलाई अक्षता हेराउने बेला दलित र बोक्सी आएर अनिष्ट भएको भन्दै कुटपिट गरेको पीडितको गुनासो छ ।

बाँके :
नौबस्ती—९ तिलकपुरका २१ वर्षीया दिनेश थारुले श्रीमतीलाई बोक्सी लगाएको भन्दै छिमेकी डन्डी थारुलाई चिरपटले हानेर हत्या गरेका हुन् । विवाह गरेको दुई महिनापछी नै कल्पना थारु बिरामी पर्न थालीन् । उपचार गराइन्, तर चार वर्ष सम्म पनि निको नभई उल्टै दृष्टि गुम्दै गएपछि कल्पना र उनका पति धामीझाँक्री कहाँ धाउन थाले र बोक्सीको कारण भएको शंकामा राती ८ बजे छिमेकीको आँगनमा मकै छोडाइ रहेको बेला डन्डीको हत्या गरेका हुन् ।

खोटाङ :
च्यानडाँडा—१ छोरालाई बोक्सी लागेर बोल्न नसक्ने बनाएको आरोप लगाउँदै स्थानीय धनगन्ज राई दम्पतीले ७२ वर्षीया एकल वृद्वालाई मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । तीन महिना बित्दा पनि पीडित वृद्वाले न्याय पाउन सकेनन् भने प्रहरीले समेत कमजोर मुद्दा चलाएर दोषीलाई कारबाही गर्नुपर्नेमा उन्मुक्ति दिन खोजिएको देखिएको थियो ।

जनकपुरधाम :
खरीहानी गाविसा सिमराढी वडा नं ५ निवासी ६० वर्षीया वृद्वा जानकीदेवी कापडलाई बोक्सी आरोपमा स्थानीयले वर्ष दिनदेखी लगातार यातना तथा कुटपिट गर्दै आएका हुन् । गरिब परिवारकी कापडलाई कुटपिटका कारण उनको हातखुट्ठामा चोटपटक लागे पछि उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरेपछि घटना बाहिर आएको हो ।

दोलखा :
दुई देवर र तिनका परिवारबाट बोक्सी आरोपमा निरन्तर कुटपिट र लान्छना बेहोर्दै आएको तिर्थामाया बिक सहन नसकेर न्याय माग्दै सदरमुकाम पुगेइन् । देवरहरुले अघिल्लो वर्ष पनि बोक्सी आरोपमा दिसा र पिसाब खुवाउन खोजेको पीडितले बताए ।

वीरगन्ज : 
पर्साको बहुअर्वाभठा गाविस ६ गर्दौलकी ६० वर्षीया राधिकादेवी तुरहिनलाई छिमेकी रामानन्द बिन र उनका छोरा मुकेश बिनले बोक्सीको आरोपमा कुटपिट गरी घाइते बनाएको पीडित राधिकादेविका छोरा बैजनाथले बताए । उनको टाउकोमा चारवटा टाँका लगाइएको छ । पर्साका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले घटनाका बारेमा अनुसन्धान भइरहेको बताए ।

काभ्रे :
सानो गौथली वडा नं ७ निवासी ३३ वर्षीया लक्ष्मी परियारलाई बोक्सीको आरोपमा मलमुत्र खुवाएर निर्घात कुटपिट गर्दा उनको मृत्यु भयो । स्थानीय शिक्षक हीरा लामाको नेतृत्वमा परियारलाई डोरीले बाँधेर मलमूत्र खुवाई निर्घात कुटपिट गरिएको थियो । आफुमाथि कुटपिट भएपछि पीडित परियारले प्रहरीमा निवेदन दिएका थिए र स्थानीयले मिलापत्र गराएको २४ घन्टा नबित्दै परियारको मृत्यु भएको थियो ।

२. बालबिबाह



यो अवधीमा बालविवाह सम्बन्धी चार वटा घटनाहरु सार्वजनिक भएका छन् ।

पाल्पा :
ज्यामिरेस्थित लाभेदाकी १५ वर्षीया दीपा आले टाढाको विद्यालय पढ्न जान नसक पछि बिहेलाई रोजेको बताइन् । साथी–संगतको लहै–लहैमा र विद्यालय जान टाढा भएपछि पढ्नुभन्दा बिहे गर्न राम्रो ठानिन् ।

पर्वत :
चित्रे गाविस—८ की रितु सुनारले १४ वर्षको उमेरमै छिमेकी किशोरसँग विवाह गरिन् । विवाह गरेको केहि महिनापछि नै उनी गर्भवती भइन् । उमेर नपुगीकन विवाह भएकाले उनमा थुप्रै खालका स्वास्थ्य समस्याहरु देखिए । अहिले उनको पहिलो सन्तान दुई वर्षको भइसकेको छ भने लगत्तै दोस्रो सन्तान पनि जन्माइन्, दोस्रो सन्तान एक वर्षको काखमा छ ।

महोत्तरी :
फुलकाहा—९, जमुनियामा जबरजस्ती बालविवाह गराउन लक्ष्मण चौधरीको घरमा बन्धक बनाएकी १४ वर्षीया आरतीकुमारी चौधरीलाई प्रहरी र बालअधिकार संरक्षणकर्मीले उद्घार गरेका छन् । लक्ष्मणका १६ वर्षीया छोरा कृष्णसँग प्रेमसम्बन्ध रहेको भन्दै गाँउका कथित पञ्चभलाद्मीहरुले केटा पक्षलाई ८० हजार भने केटी पक्षलाई ५० हजार जरिबाना गराई किशोरीलाई जबरजस्ती कृष्णको घरमा राखेका थिए ।

महोत्तरी : 
फुलकाहा—९ जमुनियामा १३ वर्षीया अञ्जली चौधरी र रुपेश चौधरीको प्रेमसम्बन्ध रहेको भन्दै गाँउका पञ्चहरुले केटा पक्षलाई ७५ हजार र केटी पक्षलाई ४० हजार जरिबाना माग्दै मंसिर १८ मा विवाह गराउने निधो गरेका थिए । रुपेशको आफन्तको निधन भएपछि विवाह रोकिएको स्थानीयले बताए ।

३. जातीय छुवाछुत


यो अवधीमा जातीय छुवाछुत सम्बन्धी तीन वटा घटनाहरु सार्वजनिक भएका छन् ।

चैनपुर :
रिलु गाविस ८ द्वारीमा लागेको हरेलो मेलामा स्थानीय लालबहादुर आग्रीले मन्दिर छोएपछि सुनसहित नगद जरिवान तिरेका छन् । रिलु गाविस घरभएका आग्रीले भक्तजनका लागि प्रसाद पकाएको स्थान र कालिका देवीको मन्दिरमा प्रवेश गरेपछि एक आना सुनसहित २ हजार नगद

सिराहा :
कुर्बा हनुमाननगरमा स्थानीय लिलिय मल्लिक र जहरी मल्लिकलाई कथित उच्च जातका गाँउलेले छठको अवसरमा मुलबाटो हिड्नु र पोखरीघाट जान रोक लगाए । मल्लिक दुई परिवारले दिउँसै जलाशय पोखरीको घाट सफाइ गरे पनि आफ्नै बारीमा खाल्डो खनेर ट्युबवेलको पानी जमाएर जेनतेन छठ मनाउन बाध्य भएका थिए ।

सुर्खेत : 
सालकोट ७ दुई वर्ष लामो प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा जोड्ने तयारीमा रहेका टीकाराम बिकले छिमेकी गाविस बाबियाचौर ८ की कठायत युवतीलाई दिदीको घरमा ल्याइसकेका थिए तर माइतीले दलित युवासँग छोरी भागेको थाहा पाएपछि बिहेमा अवरोध हुने भएमा कारण उनीहरु इन्डिया भागे । भाग्ने क्रममा बेचबिखन गर्न लगेको भन्दै नेपालगन्जमा झुटा मुद्दा लगाएर फसाएका थिए । माइती पक्षको दबाबपछि युवतीले नै टिकाराम विरुद्घ मुद्दा दिएको परिवारको आरोप थियो ।

४. विधुवा प्रथा


चार महिनाको अवधीमा विधुवा प्रथा सम्बन्धी दुई वटा समाचार प्रकाशित भएको छ ।

वीरगन्ज :
पर्साको विश्रामपुर घर भएकी ४० वर्षे एकल महिला उर्मिला देवी श्रीमानको मृत्यु भए यता वर्षदेखी कुटपिट सहँदै आएकी छिन् । परिवारका ससुरा, जेठान, जेठानी र उनीहरुका छोराछोरी मन लागेको बेला गालि गर्ने तथा कुटपिट गर्ने गरेको र टोलछिमेककाले पनि मन लागेको बेला निहँु झिकेर कुटिहाल्ने पिडीतको गुनासो छ ।

सप्तरी :

भारदह, मधेस आन्दोलनमा प्रहरीको गोली लागेर श्रीमानको मृत्यु भएपछि नीलमलाई सासू र ससुराले घर छोड्न दबाब दिइरहेका छन् । छोरासँग खुसीसाथ विवाह गराए पनि छोरा नभएपछि बुहारी राख्न अस्वीकार गर्दै दुःख दिइरहेको पिडीतको भनाई छ ।

५. हलिया



यो अवधीमा हलिया सम्बन्धि पाँच वटा समाचार प्रकाशित भएको छ ।

बाजुरा :
कोटीला २ खोया गाँउका धनमले लोहारको जीवनभर स्थानीय कालीबहादुर मल्ल परिवारको हलिया बस्दा बस्दै मृत्यु भयो । सरकारले हलिया मुक्तिको प्रक्रिया सुरु गरेपछि धनमलका छोराहरुले मुक्तिको परिचयपत्र त पाए तर जीवन निर्वाह गर्न फरि साहूहरुकै घरमा हलिया बस्न बाध्य छन् ।

जाजरकोट :
पुस्तौंदेखि हलिया बस्दै आएका जाजरकोट दह —९ का गानो दमाई हलियाबाट मुक्त हुँदा ८ वर्षअघि निकै खुसी थिए तर जीवन निर्वाह सहज नभएपछि निराश छन् । गानोका हजुरबुबा जयवीर दमाईले गाउँकै मुने बस्नेतका बाजेबाट ऋणस्वरुप लिएको एक सय रुपैयाँ तिर्न नसक्दा उनी हलिया बस्न बाध्य भएका थिए ।

बाजुरा :
बधु, पिपलडाँडा—५ मानबिर लुवारले पाँच वर्ष पहिले लिएको ६ हजार तिर्न नसक्दा स्थानीय डबल कार्कीकोमा हलिया बस्न बाध्य भए । सरकारले हलिया मुक्तिको प्रक्रिया सुरु गरे पनि उनिहरुमा कुनै फरक नरहेको मानबिरले बताए ।

डडेल्धुरा :
कैलपालमाडौं—१ मोईका २० वर्षदेखि साहुको घरमा काम गर्दै आएका टिकाराम टमटाले हलियामुक्तको परिचयपत्र पाए पनि साहुबाट मुक्त नभएको बताए ।

बझाङ : 
सरकारले बझाङका मुक्त हलियालाई दिने जग्गा खरिद तथा घर निर्माणको राहत रकम रोकिएको छ । चैनपुर, डाडागाउँका रंगे सार्कीले मालपोत कार्यलयामा जग्गा खरिद भनेर दुई लाख रुपैयाँको सम्झौता गरे पनि एक लाख ५० हजार रुपैयाँ मात्र पाएको गुनासो छ ।

६. छाउपडी



चार महिनाको अवधीमा छाउपडी सम्बन्धी एक वटा समाचार प्रकाशित भएको छ ।

अछाम :
तिमिल्सेना—८ डम्मरा उपाध्यायको घरबाट ४० फिटको दुरीमा रहेको छाउगोठमा ज्यान गएको छ । राति स्वस्थ अवस्थामा सुतेकी उपाध्यायको हृदयघातका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिए पनि सोको पुष्टि भइसकेको छैन ।

७. बलि प्रथा



चार महिनाको अवधीमा बलि प्रथा सम्बन्धी एक वटा समाचार प्रकाशित भएको छ ।

काठमाडौं :
स्वयम्वु, सानोभप्याङ स्थित घरको अँध्यारो कोठामा धादिङकी एक युवती र युवकलाई बली दिनको लागि १८ दिनसम्म बन्धक बनाएर राखेको खुलासा भएको छ । ओमकार शाह व्यापार व्यवसाय भन्दा तन्त्र–मन्त्रले चमत्कार हुने अन्धविश्वासमा भौंतारिरहँदा भारतीय तान्त्रिक कानु पहरीको सम्पर्कमा पुगे । पहरीले मानव बलि दिने व्यवस्था गरे चमत्कार हुने सुनेपछि शाह त्यसको तयारीमा जुटे । पीडित युवतीलाई उनकै कान्छा बुबाका छोराले फकाएर तान्त्रिक कहाँ ल्याए र दिनहुँ पूजामा सहभागी गराउने गरेका थिए । बेहोसीमा युवतीलाई तान्त्रिकले बलि दिने कुरा बताएपछि रजस्वला भएको मौका छोपी दाइलाई लिएर भागिन् । युवतीले धादिङ प्रहरीमा जाहेरी दिएपछि थप अनुसन्धान गर्दा युवतीले भनेको ठाउँमा सामाग्री भेटेपछि आरोपीलाई पक्राउ गरेका हुन् ।

८. दाइजो



चार महिनाको अवधीमा दाइजो प्रथा सम्बन्धी चार वटा समाचार प्रकाशित भएको छ ।

बिराटनगर :
भारतीय ज्वाँइलाई छोरो बनाएर नेपाली नागरिकता दिलाउन खोज्ने रंगेली ४ चोप्राहाका वीरेन्द्रप्रसाद मण्डललाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रले आफ्नी छोरी अनितादेवीको विवाह सुरजसँग गराउँदा दाइजोका नाममा नेपाली नागरिकता बनाइदिने सहमति गरेको खुलेको छ ।

नेपालगन्ज :
जयसपुर २ की १८ वर्षीया बैसर जाहाँ अन्सारी दाइजोकै कारण श्रीमानलगायत घरपरिवारका सदस्यबाट हिंसामा परिन् । श्रीमान रहमत अलीसँग पछि मिलापत्र भएको छ ।

नेपालगन्ज :
नेपालगन्ज ३ की लब्ली सोनीलाई ६ लाख दाइजो नल्याएको आरोपमा यातना दिएपछि २ वर्षदेखि माइतीमा नै बस्दै आएकी छन् ।

सर्लाही :
मूतिया ५ की २० वषीया अमृता कुमारीले सामाजिक परम्पराअनुसार ०७२ मंसिरमा लालबन्दिका सागर महतोसँग बिहे गर्दा अमृताको परिवारलाई आठ लाख रुपैयाँभन्दा बढी खर्च भयो । विवाह भएको केही महिनामै अर्मतालाई श्रीमान्को घरमा बस्न दिएनन्, उनी माइतीमा बस्दैछिन् ।

९. कुमारी


चार महिनाको अवधीमा बलि प्रथा सम्बन्धी दुई वटा समाचार प्रकाशित भएको छ ।

भक्तपुर :
जीवित देवी मानिने कुमारीको मासिक पारिश्रमिक जम्मा ३ हजार ५० रुपैयाँ मात्र छ । काठमाडौं र ललितपुरका कुमारीको पारिश्रमिक भने भक्तपुरकी कुमारीभन्दा बढी छ ।

ललितपुर : 
१० वर्ष कुमारी बसेर सन् २०१० मा निस्किए पछि शिक्षाको महत्वको बारेमा बोल्दै आएकी छन्, पाटनकी पूर्वकुमारी चनिया बज्राचार्य । कुमारीको जीवनमा भोगेका समस्या के–कस्ता हुन्छन् भन्ने कुरा उनले त्यहाँबाट निस्के पछि बताउन थालेकी हुन् । बज्राचार्यको अनुसार कुमारी बन्दा शिक्षक खोज्ने, उनीहरुलाई तलब खुवाउने कुरामा पनि समस्या छ ।

१०. धामी–झाँक्री प्रथा



चार महिनाको अवधीमा बलि प्रथा सम्बन्धी पाँच वटा समाचार प्रकाशित भएको छ ।

लमजुङ : 
प्यारजुङस्थित बुद्वमिलन माविका विद्यार्थीहरु बर्बराउँदै दौडने, रुने, कराउने, आफ्नै कपाल भुतल्याउने समस्या देखा परेपछि विद्यार्थी राखेर पूजापाठ गरिएको थियो । पूजापाठ पाचोकका नाम चलेका झाँक्री देवीराम तामाङले गरेका थिए ।

कालिकोट :
चिलखायाँ—३ ससुराली बस्दै आएका हस्तबहादुर सिंहलाई धामी झाँक्री बसाल्ने विषयमा बिाद हुँदा सोही ठाँउका सबै गाँउले मिलि सामूहिक रुपमा आक्रमण गरेका र उपचारकै क्रममा घाइतेको मृत्यु भएको पीडित परिवारको भनाइ छ ।

दैलेख :
द्वन्द्वको समयमा भुत–प्रेत हुँदैन र देवी–देउता मान्नु हुँदैन भनेर भनेर धामी पुजारीका टुप्पी काट्ने माओवादीका कार्यकर्ता धामी भएको देखेर गाउँका सबै मानिस अचम्ममा परेका छन् । यसरी धामी हुनेमा चामुण्डा—७ का नेकपा माओवादी केन्द्रका पूर्व जनमुक्ति सेना रामबहादुर शाही हुन् ।

सिन्धुपाल्चोक : 
हैबुङ—५ कान्छिमाया तामाङको स्तनको घाउ गहिरिने र छातीमा फैलने क्रम जारी छ तर खर्चको अभावका कारण उनको उपचार हुनसकेको छैन । अस्पताल नगए पनि घाउ दुखेर चल्न नसक्दा झारफुकका लागि धामीझाँक्री बोलाउने गरेकी छिन् । वर्षौदेखीको छातीको घाउ झारफुक र जडीबुटीले केही असर नगरेको स्थानीय सेते तामाङले बताए ।

बाँके :
बर्दिया धधवारका धनीराम थारुको हात खुट्टा असाध्यै दुखेपछि गाँउका गुरुवा (झाँक्री) लाई देखाए र गुरुवाले भुत नलागेको भनेर फर्काए । खुट्टाको दुखाई कम नभएपछि डाक्टरलाई देखाउँदा धनीरामलाई ‘सिकलसेल एनिमिया’ भएको पुष्टि गरेका थिए ।
गत चौमासिकको तुलनामा यस चौमासिकमा गरिएका कुरीतिजन्य घटनाको संख्यात्मक तुलना तलको ग्राफमा गरिएको छ :

Graph: Society for Humanism (SOCH) Nepal

गत महिनाको ग्राफ हेर्दा यो महिनामा बोक्सि प्रथाको घटना बढेको छ । यो चौमासीकमा बोक्सि प्रथाको सात वटा घटना प्रकाशीत भएको देखिन्छ भने बालविवाह र दाइजो प्रथाको चार वटा घटना घटेको छ । ग्राफ अनुसार यो चौमासकिमा बालविवाहाको घटना कम भएको देखिन छ । दाईजो प्रथाको घटना पनि कम भएको देखिन्छ । त्यसैगरि गरी छुवाछुत प्रथा बढेको ग्राफमा देख्न सकिन्छ भने छुवाछुतको तीनवटा घटना सार्वजनिक भएको छ । त्यसैगरी बहुविवाहको घटना यो चौमासीकमा कुनै पनि घटना घटेको फेला परेन । उक्त ग्राफमा छाउपडीको जम्मा एक वटा घटना प्राप्त भएको छ भने बलि प्रथाको पनि एक वटा घटना सार्वजनिक भएको देखिन्छ । धामी–झाँक्रि प्रथा र हलिया प्रथा सम्बन्धि जम्मा पाँच वटा घटना प्रकाशीत भएको छ । त्यसैगरी कुमारी प्रथा र विधुवा प्रथाको दुईवटा घटना प्रकाशीत भएको छ

यसैबिच, यदी यस्तै तरिकाले दक्षीण एसियाको समाजलाई बिना रोकटोक चल्न दिने हो भने महिला र पुरुष बिचको असमानता हटाउन अझै एक हजार वर्ष लाग्ने वल्र्ड इकोनोमिक फोरमको सन् २०१६ को आँकडाले देखाएको छ । आँकडामा उस्ले पश्चिमी युरोपमा ४७ वर्ष, ल्याटिन अमेरिका र क्यारेबियनमा ६१ वर्ष, सब साहारन अफ्रिकामा ६३ वर्ष पूर्वी युरोप र मध्य एशियामा ९३ वर्ष, पूर्वी एशिया र प्याशिफिकमा १ सय ११ वर्ष, मध्यपूर्व एशिया र उत्तरी अफ्रिकामा ३ सय ५६ वर्षमा समानता आउने देखाएको छ भने नर्थ अमेरिका झन–झन पछाडि फर्किरहेको उल्लेख गरेको छ ।

अन्त्यमा, बिस्तारै समयले सबै अन्धबिश्वासको अन्त्य गर्दै लान्छ भन्ने हो भने सम्ब्रिद्धी हाम्रै जुनीमा त आउला तर चेतनास्तर आउन कयौं पिंढी लाग्नसक्छ । अत: जसरी कडा कानुन र त्यसको कार्यान्वयनका कारण सतीप्रथा बन्द गरियो, त्यसै यस्ता कूरिती र कुसंस्क्रितीको अन्त्य गरौं, चाहे त्यो धर्मको नाममा जेलिएको किन नहोस् ! 00

www.news24nepal.tv मा प्रकाशित

Friday, January 6, 2017

१० प्रेरणादायी पुस्तक जसले जीवन जीउने तरिका बदलिदिनेछ !

भर्खरै अन्तर्राष्ट्रिय नयाँ वर्ष २०१७ लागेको छ । सँधैको नयाँ वर्षमा झैं यसपटकको नयाँ वर्षमा पनि तपाईंले धेरै किसिमका संकल्प (resolution) गर्नुभएको हुनसक्छ । त्यसमध्ये अर्को संकल्प पनि थप्नु उचित हुन्छ – पुस्तक पढ्नु ।

थोरोले 'पुरानो कोट लगाऊ, नयाँ पुस्तक पढ' भनेका छन् । अझ म त भन्छु - सकिन्छ भने नयाँ कोट पनि लगाउने र नयाँ-पुरानो सबै पुस्तक पढ्नुपर्छ । पुस्तक पढ्नु राम्रो बानी हो । पुस्तक नै हो जसले तपाईंको ज्ञानको क्षितिजलाई फराकिलो बनाउँछ । जसले तपाईंको आगामी जीवन सफलता-उन्मुख त बनाउन सक्छ नै जीवन जीउने नयाँ तरिका पनि दिनसक्छ ।

यहाँ २०१७ का लागि केही अन्तराष्ट्रिय ख्याती कमाएका १० प्रेरणादायी पुस्तकको सूची दिइन्छ, जुन हरेक व्यक्तिले जीवनको जुनसुकै खण्डमा भए पनि पढ्नै पर्छ ।

HOW TO WIN FRIENDS AND INFLUENCE PEOPLE - DALE


नाम अनुसारकै यो पुस्तक प्रेरणादायी छ । पुस्तकमा विभिन्न व्यक्तिहरुको बिचमा तपाईंले आफ्नो अमिट छाप कसरी छोड्न सक्नुहुनेछ र उनिहरुलाई प्रभावित गर्न सक्नुहुनेछ भनि उदाहरण सहित लेखिएको छ ।

THINK AND GROW RICH – NEPOLEON

यो पुस्तक लेख्न लेखक नेपोलियनलाई २० वर्ष लागेको थियो । लेखकले यस पुस्तकमा आफ्नो समयको सफल व्यक्तिहरुको अनुभव सँगालेका छन् । प्रेरणादायी पुस्तकहरु मध्ये यस पुस्तकलाई विश्वमै उच्च कोटीमा राखिएको छ ।

LAWS OF SUCCESS - NAPOLEON HILL


यो पुस्तकलाई लेखक नेपोलियन हिलले सफलतासँगको सम्बन्धलाई स्थापित गरेका छन् । पुस्तकले भन्छ, मात्र सकारात्मक सोचले केही गर्दैन । सकारात्मक सोचका मेहनत पनि गर्न जरुरी हुन्छ ।

THE 7 HABITS OF HIGHLY EFFECTIVE TEENS - SEAN COVEY

यो पुस्तकलाई तपाईं आफ्नो जीवनसँग जोड्न सक्नुहुन्छ । किनकी यस्मा प्रत्येक अनुभवलाई उदाहरणका साथ दिइएको छ ।

AS A MAN THINKETH - JAMES ALLEN



यसमा पुस्तकका लेखक जेम्सले मान्छे एक माली र दिमाग एक बगैंचा हो भन्ने पुष्टि गरेका छन् । पुस्तक भन्छ – मालीले जस्तो बिउ रोप्छ, त्यस्तै फल पाउँछ ।

SEE YOU AT THE TOP - ZIG ZIGLAR


यो पुस्तकका लेखक जीगलेस्टेप बाई स्टेप सफल हुने तरिकाहरु सिकाएका छन् । पुस्तकले नराम्रो बानी कसरी छोड्ने र असल बानी कसरी समात्ने भन्ने बताउँछ ।

THE 80/20 PRINCIPLE - RICHARD KOCH



यस पुस्तकले दिएको सिद्धान्त संसारको सबै स्थानमा लागू हुन्छ । यसमा संसारको ८०५ सम्पत्ति २०५ व्यक्तिसँग छ भने २०५ सम्पत्ति ८०५ मान्छेहरुसँग छ भनेर तथ्यगत कुरा उजागर गर्छ ।

THE POWER OF LESS - LEO BABAUTA



यस पुस्तकले व्यवहारिक तरिकाले समयको सदुपयोग कसरी गर्ने भन्ने सिकाउँछ ।

BRAIN RULES - JOHN MEDINA



यो पुस्तकले दिमागले कसरी काम गर्छ र स्ट्रेसबाट कसरी बच्ने भन्ने सिकाउँछ ।

MASTERY - ROBERT GREENE



यस पुस्तक पढेपछि तपाईंले आफ्नो भित्री शक्ति चिन्न सक्नुहुनेछ । तपाईं कुन कुराको मास्टर हो र त्यसतर्फ कसरी काम गर्ने भन्ने सिकाउँछ ।
- प्रस्तुती : योगेश

‘कुरुप’ बंगलादेशी नायक अलोमबाट सिक्नुपर्ने केही कुरा !

चलचित्रको ‘हिरो’ भन्ने बित्तिक्कै अग्लो, हट्टा–कट्टा, सुन्दर, प्रभावशाली आवाज भएको कुनै व्यक्तिको छवि आउँछ । यस्तो छवि दिमागमा आउनु अस्वाभाविक कुरा पनि होइन, किनभने अहिलेसम्म विश्वकै चलिचित्रमा जमेका अभिनेता वा नायकहरुको हुलिया यस्तै नै छ । तर, यीं आम रेकर्ड तोड्दै बंगलादेशी ‘हिरो अलोम’ देखापरेका छन् ।



उनी हेर्दा होचो कदका ख्याउटे व्यक्ति छन् । सामान्यभन्दा बढी नै श्यामवर्णका छन् । न त उनी हिस्सी परेका छन्, न त खाइलाग्दा ज्यानका नै छन् । तापनि अहिले साउथ एसियन सोशल मिडियामा 'हिरो अलोम' ट्रेन्डमा छन् ।
इन्डियन मिडियाले सँधै ‘कुरुप’को संग्या दिएर खिल्ली उडाउने बंगलादेशी नायक/मोडेल अलोमका छोटो समयमै युट्युबमा १० हजारभन्दा बढी सब्सक्राइबर र लाखौं भ्युवर्स पुगिसकेका छन् । अलोम अहिलेसम्म पाँच सयभन्दा बढी म्युजिक भिडियोहरुमा देखापरिसकेका छन् । उन्को चर्चा–परिचर्चा कती छ भन्ने कुराको अनुमान बंगलादेशी क्रिकेटरहरुले समेत अलोमसँग सेल्फी लिएको बाट पनि अनुमान गर्न सकिन्छ । हालका दिनमा हिरो अलोम जता पुग्छन्, सेल्फी खिचाउनेको ओइरो नै लाग्न थालेको छ ।

सुरुवाती दिनमा हिरो अलोम चना–चटपटे बेच्ने काम गर्थे भने घर आएर अभिनयको अभ्यास गर्ने गर्थे । दश वर्षको हुँदा उन्का बुवाले दोस्रो श्रीमति बिहे गरे अनि उन्की आमालाई घरबाट निकालिदिए । चरम गरिबीको कारण यिन्ले पढाइ सानै उमेरमा छोडे, अनि काममा लागे । अनेकौं दुःख र हन्डर खाए तापनि आफ्नो चलचित्रमा हिरो बन्ने सपनालाई मर्न दिएनन्, जुन सपना अहिले आएर साकार हुन थालेको छ ।

अलोमले सन् २००८ मा आफ्नो पहिलो म्युजिक भिडियो बनाए अनि त्यसलाई स्थानीय केशल टिभीबाट प्रशारित गरे । जुन भिडियोलाई धेरैले तारिफ गरे । त्यसपछिका दिनमा उन्ले पछि फर्केर हेर्नुपरेको छैन । यद्दपी मोडलिङका सुरुवाती दिन पनि सजिलो थिएन । उन्को रंगरुप देखेर कुनै पनि युवती उनीसँग मोडलिङ गर्न राजी हुन्थेनन् । तापनि उन्ले कहिल्यै हरेस खाएनन् । त्यसबखत हिरोगिरीका अलावा उनी केवल टिभी अपरेटरको काम पनि गर्थे । आज उनीसँग धेरै सुन्दर युवतीहरु पनि सेल्फी खिचाउन र काम गर्न मरिहत्ते गर्छन् ।

अलोमले आफ्नो रुप–रंग, गरिबी र अपहेलनालाई कहिल्यै पनि आफ्नो कमजोरी बन्न दिएनन् र निरन्तर कलाकर्ममा जुटिरहे । हालसम्म उनी ठूलो पर्दामा नायक बन्ने अवसर पाएका छैनन् तर पछिल्ला दिनहरुमा उनी जबरजस्त सफल कलाकार बनेका छन् ।
वास्तवमै अलोमसँग साहस र आत्मविश्वास थियो, जुन कुराले उन्लाई सफलताको बाटोमा डोहोर्‍याइरह्यो ।
असर्फुर अलोम सइद नामका यीं बंगलादेशी युवाबाट सिक्नुपर्ने मुख्य कुरा छोटकरीमा :
१. आत्मविश्वास
२. निरन्तरता
३. मेहेनत
र,
२. ‘संसारले के भन्ला ?’ भन्ने रोगबाट मुक्ति !
– प्रस्तुती : योगेश

के इशा मसिह डिसेम्बर २५ मा जन्मिएका होइनन् र ? (बाइबल बारे १२ रोचक तथ्य सहित)

  • योगेश कुमार खपाङ्गी

चिसो-चिसो बतास र थर-थर कमाउने जाडोसँगै हरेक सालको डिसेम्बर २५ तारिखमा इसाइको सबैभन्दा ठुलो चाड 'क्रिसमस' आउँछ । सँधै झैं यसपटक पनि सोसल मिडियाका भित्ताहरु र इनबक्समा 'ह्याप्पी मेरी क्रिसमस' भन्दै म्यासेजहरु आदान-प्रदान भयो । नेपालीहरु चाडबाडको मामलामा उदार नै छन् । रामनवमी होस् वा बकरइद, दसैं होस् वा क्रिसमस शुभकामना दिनमा कन्जुसी गर्दैनन् । धार्मिक उदारता हुनु राम्रो कुरा हो ।

क्रिसमस भन्ने भित्तिकै सेतो झ्यापुल्ले दाह्री सहितको रातै पोशाक लगाएको शान्ता क्लज, झिलिमिली सजाइएको धुपीको रुख, ठमेल र दरवार मार्गमा अल्लारिएर हिंडेका युवा जमात, स्वादिस्ट केक, मिठाइ र ब्यन्जन सहित क्रिस्चियन परिवारको उमंग, पसलमा बजाइको 'जिंगल बेल - जिंगल बेल, जिंगल अन द वे' भन्ने मिठो धुन आदीको सम्झना आउँछ र मन पनि त्यसै अनुसार प्रफुल्लित भएर आउँछ ।
नेपालमा पहिलो पटक क्रिश्चियनहरु भित्रिएको सन् १६२८ मा राजा लक्ष्मीनरसिंह मल्लको पालामा हो भन्ने ईतिहास छ । सन् २००१ को आँकडा अनुसार नेपालमा ०.४ प्रतिशत अर्थात् १२ लाख जती इसाइहरु रहेकाछन् । यो संख्या बढ्दो क्रममा रहेको इसाइ समुहको दाबी छ ।

नेपालमा विश्वका अरु मुलुकहरुमा झै खासगरी तीन किसिमका क्रिश्चियन समुहहरु छन्; क्याथोलिक, प्रोटेस्टेन्ट र यहोवाका साक्षीहरु (Jehovah's witness) । प्रत्येक वर्षको डिसेम्बर २५ लाई जिजस (इशु)को जन्म भएको दिन भनेर संसारभरीका इसाइहरुले हर्ष-बढाइका साथ मनाउँछन् ।

वास्तवमा जिजस को को थिए ? उन्को जन्म कसरी भयो ? उनी कुन रुप-रंगका थिए भन्ने सम्बन्धमा अझै खोज अनुसन्धान जारी नै छ । तापनी इसाइहरुको पवित्र ग्रन्थ बाइबलले जिजसको जन्मको बिषयमा केही अपत्यारिला कुराहरु समेत जोड्जाड गरेर चामत्कारीक/तिलस्मी बनाउने प्रयत्न गरेको छ ।



बाइबलीय गणना अनुसार आज भन्दा २ हजार १६ बर्ष अघी नासरतमा गेब्रियल नामको एक स्वर्गदूतले मरियमलाई दर्शन दिए । त्यसपछी उन्ले भने 'तिमी पवित्र आत्माको तर्फबाट गर्ववती हुनेछेउ । तिमीबाट एक पुत्रको जन्म हुनेछ अनी त्यस्को नाम तिमी यशु राख्नु ।'

मरियम युसुफको मंगेतर (fiancé) थिइन् । कुमारी अवस्थामै गर्भावस्तामा रहेको थाहा पाए पछी बदनामी हुने डरले युसुफले मरियमलाई त्याग्ने बिचार गरे । यो खबर थाहा पाए पछी स्वर्गका दूतले 'मरियम पवित्र आत्माबाट गर्ववती भएकी हुन्, उन्लाई स्विकार्न तिमी किन्चित पनि नहिच्किचाउ' भनेर सम्झाए । त्यसपछी युसुफले खुशी-खुशी मरियमलाई विवाह गरे ।

त्यस बखत नासरत रोमन साम्राज्यको हिस्सा थियो । मरीयमको गर्ववस्थामा रहेकै समयमा रोमन साम्राज्यमा जनगणनाको बेला भएको थियो । सरकारी नियमानुसार युसुफ पनि जनगणनाका लागि नाम लेखाउन यहरुशलेमको बेथ्लेहम तिर गए । बाटामा बस्ने कुनै स्थान नपाए पछी एउटा गोठमा बास बसे । त्यही गोठमा नै एक पुत्रको जन्म भयो । उन्को नाम जिजस राखियो । जिजसलाई इसाइहरु परमेश्वरको पुत्र भएको दाबी गर्छन् । जस्को जन्म भएको दिन अर्थात डिसेम्बर २५ तारिखलाई प्रभु यशुको जन्म दिन भनेर खुशीयाली मनाइन्छ ।
यसका बिपरित यहोवाका साक्षीहरुले चैं यो दिनलाई इशुको जन्म दिन भनेर मान्दैनन् र मनाउँदैनन् । यस बिषयमा ओशो र यहोवाका साक्षीहरुको भनाइमा समानता भेटिन्छ । जिजसको जन्म डिसेम्बर २५ नभएर जनवरी ६ तारिख भएको हो । ओशोको तर्क अनुसार रोमन शासक कन्स्टन्टाइन सुर्यका उपासक थिए अनी उन्ले इशुको जन्म दिनलाई जनवरी ६ बाट सोलार रि-बर्थको दिन अर्थात डिसेम्बर २५ मा सारेका हुन् ।

ओशोले आफ्नो पुस्तक : 'Christianity: The Deadliest Poison and Zen: The Antidote to All Poisons' मा लेखेका छन् :
'Jesus was born on January sixth, but under Constantine's influence and power, it was changed to December twenty-fifth, the day of the solar rebirth. It is thought by the sun worshipers that the sun was born on the twenty-fifth of December. The whole of Christianity is living in utter darkness.'

वास्तवमा बाइबलले पनि इशुको जन्म दिन ठ्याक्कै यै नै हो भनेर किटानी गरेको पनि छैन ।

खैर जिजसको जन्म जहिले भएको भएता पनि जाँदा-जाँदै 'बाइबल' बारे केही १२ रोचक तथ्य उल्लेख गर्न सान्दर्भिक हुनसक्छ :
१. बाइबल इसाइहरुले सबैभन्दा पवित्र पुस्तक मान्छन् । यो पुस्तक इशा मसिहको जन्म पछि उन्का चेलाहरुले लेखेका हुन् ।
२.बाइबलमा इशा मसिहको जीवनी, उन्ले गरेका काम, उन्को उपदेश र उन्का शिष्यहरुले गरेका कामको वर्णन छ ।
३. बाइबलमा धेरै भन्दा धेरै मिथकहरु उल्लेख गरिएको छ ।
४. बाइबल विश्वमै सबैभन्दा बढी प्रकाशित भएको पुस्तक हो । आँकडा अनुसार बाइबलको हालसम्म ५ सय करोडभन्दा बढी कपी वितरण भइसकेको छ ।
५. हालसम्म बाइबल २४ सय भाषाहरुमा छापिएको छ ।
६. चीनमा सबैभन्दा बढी बाइबल छापिने गर्छ ।
७. हिन्दुहरुको 'गीता' जस्तै बाइबल छोएर कसम खान मनाही गरिएको छ ।
८. पश्चिमी मिडियाका अनुसार उत्तर कोरियामा कसैसँग बाइबल पाइएमा उस्लाई मृत्युदण्ड दिइन्छ ।
९. बाइबलमा इशा मसिह (इशु) को रुपरंग र शारिरिक बनावटको बारेमा केही उल्लेख छैन ।
१०. डोमेनिकल रिपब्लिक एक मात्र यस्तो देश हो, जसको झण्डामा बाइबलको चित्र अंकित छ ।
११. इस्लाम धर्मका अनुसार बाइबलले मान्छेहरुलाई दिग्भ्रमित बनाउँछ । मुसलमानहरुका अनुसार बाइबलको अपूर्णता कुरानले पुरा गर्छ ।
१२. बाइबलका अनुसार पृथ्वी र यहाँका बासिन्दाको स्रिस्टी भएको ६ हजार वर्ष मात्र भयो । 00