Thursday, August 14, 2014

चन्दा मामा (Supermoon of Aug 10, 2014)

चन्दा मामा : पुर्णिमाको राती अबुधाबीको आकाशमा देखिएको सुपरमून (Supermoon) हम्मेसी नदेखिने पूर्णचन्द्रलाई २०१४ अगस्टको गत १० तारिखमा देखियो ।  10, 2014)



Tuesday, August 5, 2014

नरेन्द्र मोदी र बाबा रामदेव : गान्धीका दुई बन्दरु

- योगेश कुमार खपाङ्गी

अहिले हिन्दू धर्मलाई भारतका दुई दलितले टाउकोमा बोकेका छन्; १. नरेन्द्र दामोदरदाश मोदी (तेली) र २. बाबा रामदेव (रामकृष्ण यादव)ले ।


तर उनीहरुले टाउकोमा बोकेको धर्म संसारमै एक मात्र यस्तो धर्म हो, जस्ले उनीहरुलाई दलित नामको बिल्ला भिराएको छ । जुन धर्मले एउटा मान्छेले अर्को मान्छेलाई पशुभन्दा तल्लो स्तरको प्राणी मानेको छ । जस अनुसार कुनै बाहुनले कथित दलितलाई छोयो भने गाईको पिसाबले आफुलाई छर्केर वा पिएर पवित्र पार्न सकिने मान्यता रहेको छ । ब्राह्मणवादी परीभाषा अनुसार गाईको गोबर बरु पवित्र हुन्छ, जस्लाई बकाइदा हातले छोएर (लिपेर) कुनै पनि स्थानलाई पवित्र पारीन्छ । तर आफु जस्तै मान्छेलाई चै पशु(गाई)को गुहु (गोबर) र मुत (गहुँत) भन्दा पनि अपवित्र छ भन्ने ठानिन्छ ।


हुन त २५ सय बर्ष अघीदेखी नै ‘मनुबाद’ले बर्बाद पारेको हिन्दू धर्मलाई युग सुहाउँदो सुधार गर्न स्वामी बिवेकान्दजस्ता बिभिन्न विद्वानले पटक-पटक प्रयास नगरेका होइनन् । पौराणिक कालमै पनि देवगुरु ब्रिहस्पतीले सनातन धर्ममा क्रान्तिकारी सुधार गर्न खोजेका हुन्, तर उन्लाई एक्का बनाइयो । उन्ले बोलेका हरेक कुरा झुट्टा हुन् भन्ने प्रचार गरियो । त्यै बेलादेखी नै ‘एक्लो ब्रिहस्पती- झुट्टा’ भन्न थालियो । पछी चलाखीपूर्वक उन्लाई पागलको संज्ञा दिइयो । तापनी उन्को बिचारबाट अनिश्वरबादी दर्शन अर्थात चार्वाक दर्शन (लोकायत) को सुत्रपात भयो । जुन दर्शन अहिलेको भौतिकबादी दुनियाँमा बढ्दोक्रममा छ ।

यस मानेमा अलीकती घोत्लिने हो भने नरेन्द्र मोदीले नेपालको संसदमा जतीसुकै ठुल-ठुला अर्ती-उपदेश दिए पनि अन्धबिश्वास, रुढीबाद र ब्राह्मणबादको जकडमा भारत नेपाल भन्दा लगभग ५०० बर्ष पछाडिको स्थितीमा छ । अझै पनि भारतका केही दुर्गम गाउँमा स्वघोषित उपल्ला जातको जुठो खान वाध्य पारीन्छ । अछुत भनिन्छ । जुत्ता-चप्पल लगाएर सडकमा हिड्न दिइँदैन । दलित किशोरिहरुलाई सरेआम बलात्कार गरिन्छ र हत्या गरिन्छ ।  तर भारतीय सरकार ब्राह्मणबादको अगाडि लाचारी मात्र देखाउँछ । 

भारतको उत्तरप्रदेशमा स्वघोषित उपल्ला जातीबाट बलात्कार पछी आँपको बोटमा छुड्याइएका दुई दलित युवतीको शव Photo : ibtimes.co.uk


भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीले पशुपतीनाथलाई पच्चिस करोड चन्दा र तीनकरोड भारु मुल्य बराबरको चन्दन चढाएर फुर्ती देखाउनु भन्दा त्यो रकमले कुनै ट्रस्ट खोलेर हिन्दू धर्ममा भएको बिक्रिती हटाउने पुण्य काम गर्न सक्थे । नेपाल र भारतका लाखौं दलितलाई हिन्दू छोडेर मुसलमान र क्रिस्चियन बन्नबाट रोक्न सक्थे । मान्छेलाई मान्छेको रुपमा न्याय दिलाउन सक्थे । एउटा सुन्दर र न्यायमुलक धर्मको जन्म दिन सक्थे । बिडम्बना मान्नुपर्छ उन्ले यसतर्फ अहिलेसम्म सिन्को पनि भाँचेका छैनन् । आखिर दलितको समस्या दलितले नबुझे कस्ले बुझ्न सक्छ ?

धार्मिक ब्लाकमेलिङको नमुना : दक्षिण भारतीय राज्य कर्नाटक स्थित एक मन्दिरमा धर्मको नाममा स्वघोषित ठुलो जात बाहुनको जुठोमा दलितलाई लडीबुडी गराइँदै । यस्तो प्रथालाई त्यहाँ 'मदे-मदे स्नान' भनिन्छ । Photo: theHindu
उल्टो यस्तो लाग्दैछ, यिं दुबै दलित (मोदी र रामदेव)ले यत्रो ठुलो सामाजिक बिक्रिती देखेकै छैनन् । एउटालाई दबाइ बेचेर पैसा कमाउदैमा ठीक्क छ, अर्को चैं भाँटमन्डलीको प्रशंशा र स्तुतीगान सुन्नमै मक्ख छ ! मानी लिऔं यिनीहरु गान्धीका त्यो बाँदरहरु हुन्, जस्ले देख्न सक्छन, सुन्न सक्छन तर  बोल्न सक्दैनन ।

http://www.chandrasoorya.com/ बाट