Monday, February 9, 2009

टाउको गुनाको कपाल, अनुहार गुनाको जुँगा !

हाम्रा पुर्खाले उखान त्यसै बनाएका होइन रहेछन । नपत्याये लौ पढनुस् नाम र काम अनुसारको उखान -

गिर्जाउ : गाई बुढो भयो भने भिर खोज्छ, मान्छे बुढो भये निउ खोज्छ !
पीके दाल : नाच्न नजान्ने आँगन टेडों !
शेरबादुर : कस्लाई के को धन्दा, कस्लाई के को धन्दा, घरज्वाइलाई खानकै धन्दा !
राम्चन्द्र बाजे : दुबै हातमा लड्डु !
किशुनजी : आफु त महादेव कस्ले देला वर !
ज्ञानेन्द्र : हिँङ नभये पनि हिँङ बाँधेको टालो !
बाम्देव : पाडा ब्याये पनि, पाडी ब्याये पनि बिगौती खान पाये पुग्यो !
पर्मानन्द : बोकाको मुखमा कुभिन्डो !
माकुने : अड्को फड्को तेलको धुप !
झल्नाथ : उल्फाको धन फुपुको स्राध्ध !
फोरम यादव : लात्तले हानेको कुकुर टांडमा !
खड्ग : ओलिको बोली बन्दुकको गोली !
गनगने : मेरो पालो कहिले आँउछ?
राम्बहादुर : तित्राको मुखै बैरी !
सुबथा : कुनिकेको को कुकुर घर न घाटको !
कट्वाल : घरतिर जाँदा बनतिर मुख, बनतिर जाँदा घरतिर मुख !
बाब्राम : गर्नेभन्ने कालु, मकै खाने भालु !
मोन्बैदे : बोल्योकी पोल्यो !
कमल्थापा : मरेको मान्छेलाई जुम्राले पनि छोड्छ !
पत्रकार महासंघ : भालुको मन खन्योउ माथि !
नेपाल प्रहरी : सबै काम छोडेर लुतोमा हात !
मानवधिकार आयोग : बाँदर्को पुच्छर लौरो न हथियार !
वाइस्याल : मेरो गोरुको बारै टक्का !
युथ्फोर्स : हाँसको चाल न बकुलाको चाल !
नाग्रीक समाज : हात्तीको देखाउने दाँत र चपाउने दाँत अर्कै हुन्छ !
कानुन : नेपालको कानुन दैब जानुन !
कर्मचारी : कुकुको पुच्छर बार्ह बर्ष ढुँग्रामा हाले पनि बाङगको बाङै !
विद्यार्थी : करायो करायो दक्छिणा हरायो !
पत्रकार : जता मल्को, उतै ढल्को !
न्यायालय : पुत्रो न पुत्री !
लोकतन्त्र : दशधार्नी अदुवा खायो तितो न टर्रो !
नेपाली जनता : झर्ला र खाँउला !

अपराधीहरुको मुन्टो लुकाउने थलो नबनोस पत्रकारिता !

दक्षिण एसियामा 'कम्म्युनिटी रेडियो' चलाऊने देश हाम्रै पहिलो हो रे ! रंगिन टिभी र डिजिटल फोन चलाऊनेमा हामी भारतभन्दा अघी रे ! बिक्रम संबत २०४६ साल पछी हामीले सबैभन्दा बढी बिकास गरेको मिडिया छेत्रमा नै हो । च्याउसरी पत्रिका निस्किन थालेको त्यसैबेला देखी हो । एसबाट हाम्रो देशबासीले सबै किसिमका सुचना पाएका छन भने थुप्रै नवपत्रकारले रोजगारी समेत पाएका छन । यो अत्यन्त राम्रो कुरा हो .

बिगत केही समयदेखी नेपाली पत्रकार र पत्रकारिता नै समाचार बनीरहेको छ । राम्रो नराम्रो दुबै कारणले चर्चित रह्यो आमसन्चार क्षेत्र । खास्गरी ॠषि धमला कान्डले धेरै बद्नाम बनायो पत्रकारितालाई अहिले । एसबाट अहिले सिङगो पत्रकारिताजगत नै दुई खेमामा बाडिएको छ; धमलाको समर्थन गर्ने र नगरनेमा ! अहिले केही पत्रकारहरु नांगो रुपमा धमलाको पक्षमा उत्रिएका छन भने भने केही बिरोधमा ।

नेपाली पत्रकारहरुलाई लेख्न त धेरै आउँछ तर के लेख्नुपर्छ भन्ने हेक्का छैन, आम पाठकले भन्न थालेका छन अचेल । वास्तवमा भन्ने हो भने स्वतन्त्र पत्रकारिता गरेको खोइ हामीले ! कोही काँग्रेसी खेमाका रे ! कोही एमाले, कोही माओबादी, कोही राजतन्त्रबादी त कोही भारतबादी रे ! अमेरिकाबादी, चिनबादी इत्यादी । 'कागले कान लग्यो भनेर कागको पछी दगुर्ने' हामीमा खै त चेत ? 'स्कुप' मार्ने दाउमा हामी 'मुतेकोलाई हग्यो, हगेकोलाई छेर्यो र छेरेकोलाई मर्यो' (एकदम 'रफ लाङ्वेज' प्रयोग गरेकोमा माफि चाहन्छु) भनी समेत लेखछन हाम्रा पत्रकार बन्धुहरुले । देशले अती गोप्य राख्नुपर्ने जानकारी पनि 'सुचना हाम्रो अधिकार' भन्दैमा छरपस्ट पार्याछन ! कसैको बिल्कुलै निजी कुरापनी छापेर सामाजिक मर्यादा समेतको ख्याल राखेनन पत्रकारले ! तर, धमलाहरुको कुक्रित्य थाहा पाएर पनि बगलिमा सुटुक्क 'चिया खर्च' हालिदियो भन्दैमा उसैको अनुहार देखिनेगरी 'फ्रोन्ट्पेज'मा फोटो छाप्ने र टिभिमा 'क्लोजअप सट' मा उसैलाई देखाउने हामी पत्रकार भनौदाले खै त धमलाको स्वतन्त्र छानबिन गरेको ? उल्टै बिना आधार नक्कली भन्ने र पत्रकारिताको बखान गर्ने? यो पितपत्रकारिता नभएर के हो त? बरु ॠषि धमला साँच्चैको अपराधी हो कि होइन भनी किटान गर्न नेपाल प्रहरिलाई सघाऔँन हामीले । के 'टाइकुन'हरुले भने बमोजिम समाचार लेख्नु मात्रै लक्ष्य हो त हाम्रो ? कि पत्रकारिता हाम्रालागी फगत एक पेसा मात्र हो त ? राष्ट्रप्रती हाम्रो केही जिम्मेदारी छैन त हाम्रो ? त्यसै त निजी संचारमाध्यमलाई कालो धनलाई सेतो धनमा परिवर्तन गर्ने भाँडो हो भन्ने आरोप लाग्ने गरेको छ । त्यसमाथी यदी यस्तै तरिकाले अपराधीहरुलाई (मेरो आशय धमला अपराधी नै हुन भन्ने होइन, एसबारेमा अहिलेनै ठोकुवा गर्न सक्दिन) पत्रकारिताको आवरण ओढेकै भरमा संरक्षण दियौं भने भोलिका दिनमा पत्रकार महासंघ अपराधीहरुको मुन्टो लुकाउने थलो बन्नेछ । पत्रकारिता एउटा बदनाम पेशा बन्ने छ ।

- योगेश खपांगी

Saturday, January 10, 2009

भारतसँगको नाता !


भारतसँग हाम्रो सम्बन्ध वास्तवमा नङ र मासुको जस्तो मात्रा होइन त्यो भन्दा पनि ठुलो । रगत र रगतको छ । मेरो कुरा गर्ने हो भने मेरा धेरै आफन्तजनहरु त्यतै छन । भारतको राजधानी नयाँ दिल्लीमा सानीमा हुनुहुन्छ भने मुरादाबादमा ठुलि आमाको परिवारै छ । ठुला बा यादव थरका नाम चलेका डाक्टर हुनुहुन्थ्यो । उवाहरु बकैदा भारतीय नागरिक हो । त्यसैगरी फुफुदिदी राजस्थानमा, फुपुहरु दार्जेलिङको खरसाङमा, बडाबा, काका बिर्पाडामा, सिक्किम्मा दिदि-भिनाजु, मुम्बईमा दिदि-भिनाजु, दुवर्समा मामाको परिवारहरु हुनुहुन्छ । अझै थाहा नपाएकाहरु कत्ती होलान कत्ती ।

मेरोजस्तै भारतमा आफन्तहुनेहरु प्रसस्त हुनुन्छ नेपालमा । उग्र भन्दा उग्र हाम्रा नेताहरु पनि जीवनमा एक पटक न एकपतक भारत जानु नै भ्एको होलान । चाहे मिटिङमा होस् वा उपचार तथा अन्य कुनै कामले प्राय: सबै त्यहा पुगेकै छन । खासगरिकन उत्तर भारतीयहरुसँग हाम्रो खानपान, रहनसहन, धर्म, सम्सक्रिती सबै नै मिल्छ । त्यसैले हाम्रो छिमेकी मुलुक चीन र भारतमधे भारत नै नजिकको हो भन्नुपर्छ ।

तर, तर के भन्नुहोस् न ? भारत हाम्रो 'बडे भाई' होइन । छिमेकी मात्र हो । त्यस्भन्दा केही होइन । हामी पनि औटा स्वन्त्र मुलुक, उ पनि स्वतन्त्र मुलुक । हामी पनि यूएनका सार्भभौमसत्ता सम्पन्न देश, भारत पनि त्यस्तै हो । अर्थात विश्वकोलागी भारत र नेपाल बराबर हैसियतका हौ । खै हामीले कुरा बुझेको ?

कहिले हाम्रो राजधानीको मुटु क्षेत्र बानेस्वर सम्म आएर भारतीय प्रहरीले धर्पकड गर्छ, कहिले सुस्तामा सिमा मिच्ने काम गर्छ, कालिपानिमा सेना त राखेकै छ, मेचीतर्फको तराइ बर्सेनी मिचछ, पशुपतिमा पूजारी को राख्ने भन्ने सम्मा तय उसैले गर्छ । त्यतिमात्र हैन एउटा सचिव सरह मात्रको भारतीय राजदुतले हाम्रो सरकार गिराइदिन्छु भन्ने हैसियत राखछन । के हो एस्तो ?

एउटा कबितामा भने झै 'हामी बुद्धु छौ, त्यसैले हामी वीर छौ' । के त्यस्तै हौ त ? यो कस्को कम्जोरी हो ? हामी जनताको वा राजनीतिक पर्टिहरुको ? अब भारतसङको नाता कस्तो राख्ने वा नयाँ नेपाल बनाउन कम्मर कसेका हामी नेपालीले सोच्न ढिला बैसक्यो !

Wednesday, January 7, 2009

आफ्नै मलामी जानेहरु ...


अन्तत: अदालतले पशुपतिनाथमा आँफैलाई हराएर छाड्यो ! पटक-पटक देशलाई हराउनु एस्को पुरानै बानी हो । एकादेशको कथामा भने झै सिममा भात पकाउने चुम्का जुराउने शास्त्रका पट्ठु पन्डाले झै एस्ले कानुन बाहेक अर्थोक जानेन । के गर्दा देश र जनाताको भलाई हुन्छ एस्लाई के मतलब ? 'भाड्मे जाये देश!' कानुन, कानुन, कानुन र कानुन !

पशुपतिमा नेपाली मुल पुरोहित नियुक्त हुँदा खुशीले दङ परेको थिए । अब आफ्नो देशकै छोरोले मुलुकै सबैभन्दा ठुलै र संसारमै प्रसिद्ध तथा हिन्दूहरुको पवित्र मन्दिर पशुपतिनाथमा पूजा गर्न पाउनेभये । अब त्यहाको आम्दानी त पारदर्सी हुने नै भयो, त्यसमाथी पशुपतिनाथको सर्बोच्च पदमा नेपाली पुत्र पुग्नेछ भन्ने ठुलो आस लागेको थियो । तर, अदालतको यो आदेशले अत्ती खिन्न बनायो । एस्ले जातिपाती कानुनी रुपमै अन्त्य भाईसकेको 'नया नेपाल' (?) दलित लगायत अन्य हिन्दू जातिको सबैको त्यो सर्बोच्च पदमा पुग्ने बाटो भात्काइदिएको छ । त्यतिमत्र होइन नेपालीहरु अरु त के कुरा पूजा समेत गर्न जान्दैनन भन्ने सन्देस दिएको छ यो आदेशले विस्वलाई । अच्चम्म त के छ भने यो फैसलाको पक्षमा खुशी भएर बिजय जुलुस सम्म निकाल्ने पनि रहेछन मुलुकमा ! बधाई छ देशलाई हराउनेहरुलाई ! बधाई छ आफ्नै मलामी जानेहरुलाई !

तस्बिर नेटबाट लीइएको हो जस्को लेखसँग कुनै सम्बन्ध छैन । - योगेश खपांगी

जात्रा पशुपतिको !


'पशुपतिलाई राजनीतिभन्दा माथि राख्न' सल्लाह दिदै पूर्व राजा ज्ञानेन्द्रले नयाँ राजनीतीक अध्याय सुरु गरेका छन । प्रस्ट छ यो उन्को 'पानी धमिलो पारेर माछा मार्ने दाउ' हो ।

सयौ बर्ष देखी नेपाली राजनीतिक, धार्मिक, साम्स्कृतिक लगायत आन्तरिक मामालामा समेत नचाहिएको सुझाव दिने गरेको छ भारत्ले हामीलाई । पशुपतिनाथको मामालामा त पूर्व राजासङै गर्दन मिलाएर एक कदम अघी बडेको छ । भलै धर्मको सवालमा हाम्रो आन्द्रा भारतसँग जोडीएको होला तर पशुपतिमा पूजारी को राख्ने भन्ने निर्णय हाम्रो हुनुपर्छ । राष्ट्रियताको बिषयमा सबैले ब्यक्तिगत स्वार्थ त्यागेर एक हुनुपर्छ ।


वार्षिक करोडौ आम्दानी हुने संस्थामा देशको अर्थतन्त्र जोडीएको हुन्छ । त्यसमाथी पशुपतिनाथ त अर्थ र धर्म दुबैसँग गासिएको छ । त्यस्तो गम्भिर बिषयलाई हल्का रुपमा लिनु हुँदैन । अहिले नै ठीक निर्णय गरौ । एस्लाई धार्मिक र राजनीतिक जन्जालमा नजेलौ । सरकारले गरेको नेपाली पुरोहित राख्ने निर्णय बिल्कुल ठीक छ । आवस्यकता परे बेलायतमा झै कानुन पनि परिवर्तन गर्नु पर्छ । राष्ट्रबाद्को सलमा एक हुनु नै सबैको स्वार्थ हुनुपर्छ । यो बिषयमा नेपाली काग्रेसले पूर्व राजासँग गर्दन जोडनपुग्नु राष्ट्रियताको खिलाफमा छ । बेलैमा चेतना भया ।