Tuesday, April 30, 2013

खेल, जात्रा, मनोरन्जन र देश



पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका 'हान्न' ईन्द्रजात्राको अवसर कुरेका थिए । 'जात्रा' उपत्यकाका नेवारहरुको कमजोरी हो भन्ने उन्ले राम्रोसंग बुझेका थिए । त्यसैले उन्ले त्यसै दिन उपत्यका माथि आक्रमण गरे अनी सहजै बिजय हासिल गरे(हुनत राम्रोगर्न चतुर-नितीको प्रयोग गर्नु पनि नराम्रो होइन )। तर यही सिद्धान्त पछ्याउँदै पूर्वराजा ज्ञानेन्द्रले पनि दैशैंको मौका पारेर छोरा पारसलाई युवराज घोषणा गरेका थिए ।

फेरी यही सिद्धान्तलाई नै हाम्रो छिमेकी देश चीनले पनि प्रयोगमा ल्याएको छ । क्रिकेट इन्डियनहरुको कमजोरी हो भन्ने बुझेर नै 'क्रिकेटका बाप' IPL को मौका छोपेर  चिनिया सेना भारतीय सिमाभित्र प्रबेश गरेको छ । आफ्नो देशको बीस किलोमिटर भित्र बिदेशी सेना छिरीसक्दा पनि भैयाहरु मनोरन्जन गर्नमै मक्ख छन् ।

त्यसैले अती खेल र मनोरन्जनप्रेमी पनि हुन ठीक छैन । हुनत कसै-कसैले भन्लान् 'खेलले त झन राष्ट्रियता पो जगाउँछ त !' । तर, कुरा त्यसो होइन; खेलबाट जागेको राष्ट्रियता पानीको फोको जस्तै मात्र हो । खेल अवधीसम्म मात्र रहने पनि के राष्ट्रियता !

हिन्दूस्थान भन्ने गरिएको भारतलाई अङ्रेजहरुले 'इन्डिया' बनाइदिए । अनी तिनै पश्चिमाको नाङगो संक्रितीको सिको गरेर अहिले 'हिन्दूस्थान' बाट 'पोर्निस्थान' भएको भारतीयहरुको सिको गरेर हाम्रा नेपाली पनि टाइ-सुट लगाएर आफुलाई आधुनिक भनाउनमा मक्ख छन् । स्त्रीले शरीर ढाक्यो भने 'ट्रेडिसनल' भइन्छ रे अनी नाङगीयो भने 'मोर्डन' भइन्छ रे । केही दिन अघी नेपाली अखबारहरुमा एउटा ट्याटुजात्राको मौका पारेर मोटरसाइकलको बिज्ञापन निस्किएको थियो - 'Be Nude, Get Ink' अर्थात ट्याटु लगाएर नाङिनु रे ! आखिर त्यस्तो बिज्ञापनले के सन्देश दिन्छ त ? सोच्ने बेला आएको छ ।

आज हरेक प्रमुख भारतीय मिडियाहरु हेर्नुस्; सन्सनीखेज र उत्ताउला समाचार मात्र छन् । उनिहरुको अहिले दुइटा मात्र समाचार बन्छ । खेल कि सेक्स । आज हरेक भारतीयहरु उनिहरुको राष्ट्रिय भाषा 'हिन्दी' बोल्न सरम मान्छ । कसरी हुन्छ आफुलाई युरोपियन जस्तो देखाउन तल्लिन छन् । सुट-टाइ, जिन्स वा छोटो र अस्लीलपाराको कपडा लगाएर पो हुन्छ कि ? अङ्रेजी बोलेर पो हुन्छ कि ? कालो छालालाई गोरो बनाएर पो हुन्छ कि ? वा केही सीप नलागे कालो कपाललाई खैरो बनाएर पो हुन्छ कि ? एनिहाउ युरोपिन र अमेरिकन जस्तो देखिनु छ कथित आधुनिक भारतीयहरुलाई । जस्ले गर्दा उनिहरुको चाल 'न हाँसको-न बकुलाको' जस्तो भएको छ । भाषा र संस्क्रिती कमजोर भएपछी स्वभावत: राष्ट्रियता पनि कमजोर हुन्छ । त्यसो हुनाले अहिले भारतीयहरुको राष्ट्रियता पनि एकदमै कमजोर भएको छ । राष्ट्रिय चिन्हमा तीनवटा शेर (सिंह) राखेको भारत आज कागजी शेर मात्र हुनपुगेको छ । युरोपियन र अमेरिकनको सिको गरेर भारतीयहरुको बिग्रिए । अनी भारतीयको सिको गरेर नेपाली बिग्रिने भए । चिन्ताको बिषय छ !

हाम्रालागी भारत र चीन बराबरीका छिमेकी हुन् । जसरी भारतले हाम्रो सिमाना मिच्दै ल्याउँदैछ । चीनले पनि भारतको सिमाना मिच्दै ल्याउँदै छ । कुनै पनि देशको सिमाना मिचिनु राम्रो कुरा होइन । अहिले चीनले भारतको सिमाना मिचिको हो होइन उनिहरुलाई नै थाहा होला ! यदी चीनले सिमाना मिचिको हो भने यो घटनाबाट पाठ सिकेर भारतले हाम्रो पनि सिमाना मिच्न छाडोस् ।

- योगेश कुमार खपाङ्गी

Monday, April 29, 2013

साप्ताहिक कार्टून


साप्ताहिक (कान्तिपुर पब्लिकेशन, काठमान्डु, नेपाल)मा प्रकाशित

Sunday, April 28, 2013

साताको कार्टून


पूर्वको लोकप्रिय अखबार 'प्रतिदिन दैनिक'मा प्रकाशित

Monday, April 22, 2013

साताको कार्टून


पूर्वको लोकप्रिय अखबार 'प्रतिदिन दैनिक'मा प्रकाशित

Monday, April 15, 2013

साताको कार्टून


पूर्वको लोकप्रिय अखबार 'प्रतिदिन दैनिक'मा प्रकाशित

Thursday, April 11, 2013

मंगलमय शुभकामना !

'आकाशवाणी'का सम्पूर्ण पाठकमित्रहरु, शुभचिन्तक 
तथा दाजु-भाई/दिदी-बहिनीहरुलाई 
नयाँ बर्ष २०७० सालको 
शुभ-उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना !


स्वाइन-फ्लु, बर्ड-फ्लु र ह्युमन फ्लु !


जनश्वास्थ्यमाथीको खेलबाड कहिले सम्म ?

मान्छेलाई प्रत्येक बर्ष लाग्ने फ्लु (Flu) लाई डाक्टरले भाईरल इन्फ्लुएन्जा र बोलचालको भाषामा रुघा-मार्गी भन्छौं । रुघा-मार्गीले मान्छे मर्ने भनेको रुघा-मार्गी धेरै बिग्रिए पछी निमोनिया लागेर हो नत्र ज्यानै चै जाँदैन । भनीन्छ साइन्सले अहिलेसम्म फ्लुको मेडिसिन बनाउन सक्या छैन । फ्लु जसरी आँउछ त्यसरी नै जान्छ पनि । आन्सरडट्कमका अनुसार सन २०१३ को अप्रिलसम्म विश्वभरमा बर्डफ्लु लागेर ३६० जना मान्छेको मात्र मृत्‍यु भयो । जबकी 'झाडा-पखलाले प्रतीदिन छ हजार बालबालिका मर्छन्'- WHO (World Health Organization) भन्छ । जसरी फ्लु लाग्ने बित्तिकै हजारौं हाँस/कुखुरा एक्कैपटक नस्ट गरिन्छ । त्यसैगरी रुघा-मार्गी लाग्या जती सबै मान्छेहरु मार्न थालियो भने के हुन्छ ? त्यो कुनै न्यायसंगत कुरा होला ? त्यसो भए बिचरा निर्दोश हाँस/कुखुरालाई चैं रुघा-मार्गी लाग्दैमा जिउँदै खाल्डोमा गाड्नु पर्छ भन्ने के छ ? त्यस्को बैकल्पिक उपाय छैन ? खै नेपालमा पशु अधिकारकर्मी बोलेको ? कि अर्काको धन जाँदा चैं बोल्नु हुन्न ?

मेरो बिचारमा यो सबै हौवा मात्र हो । नेपाल तथा भारतमा अहिलेसम्म हेपाटाइटिस बी फेला पर्या छैन र भबिस्यमा पनि लाग्ने सम्भावना छैन । भारतीय उच्चन्यालयको आदेश अनुसार भारत सरकारले हाल एन्टी हेपाटाइटिस बी भ्याक्सिनको बिक्री-बितरणमा रोक लगाइसक्यो । तापनी केही बर्ष अघी औषधी बेच्ने कम्पनीले चलाएको हल्लाको भरमा नेपालीले हेपाटाइटिस बी बिरुद्धको खोप लगाए । भ्याक्सिन बेच्ने कम्पनीले करोडौ कमायो । त्यो खोपको साइडइफेक्ट हालसम्म त देखा परेको छैन तर भबिष्यमा देखा पर्न सम्भावनालाई पनि नकार्न सकिन्न ।

हल्लाको पछी दगुर्नु ठीक होइन । अनेक थरी 'रोग आयो' भन्दै युरोप र अमेरिकि कम्पनीले खासगरी एसिया र अफ्रिकाका गरिब मुलुकहरुमा भ्याक्सिनहरुको परिक्षण गर्छन् । हाम्रो देशको सरकार पनि कस्तो ? 'फ्री'मा पायो भन्दैमा जे पनि 'हो-हो रे' को भरमा खुवाउन र घोच्ने अनुमती दिन्छ !

लिस्टभर्सडटकमका अनुसार एड्स  (HIV AIDS) भन्ने रोग मान्छेले चिम्पान्जीसँग यौनकृया गरेर आएको होइन । यो त अमेरिकन र बेलायती अनुसन्धाताले मान्छे माथि गरेको कुरुप परिक्षणको परीणाम हो । जुन परिक्षण अफ्रिकाको एक गरीब देश जिम्बाम्बेमा गरिएको थियो । कुनै रोगको निदान गर्न भनेर हजारौ अफ्रिकीलाई त्यो खोप लगाइयो जस्मा चिम्पान्जीको बिर्य मिसाइको थियो । जस्को परीणामस्वरुप (बाइप्रोडक्टको रुपमा) एड्स जस्तो प्राणघातक रोगको जन्म भयो । आज यो रोगको कारण विश्वभरमा तीस मिलियन मान्छेहरुको मृत्‍यु भइसक्यो । त्यसमद्धेमा मृत्‍युहुनेहरु अफ्रिकी नै बढी छन् । एड्स एउटा रोग मात्र होइन यो एउटा गोराहरुले मानवतामाथी गरेको अपराधको कहिले नमेटिने कालो धब्बा हो ।

अबदेखी हाम्रो नेपालले पनि हात्तीपाइले, दादुरा, स्वाइनफ्लु, बर्डफ्लु, हेपाटाइटिस लगायतका बिभिन्न रोगको औषधी बिदेशीले सहयोग स्वरुप सित्तैमा दियो भन्दैमा सर्वसाधारणको जीवनमाथी खेलबाड हुने गरी परिक्षण गर्न दिनुहुन्न । हाम्रा पिता-पुर्खाले 'खैरो आँखा हुनेहरु (अर्तात् गोराहरु) को कहिले विश्वाश नगरनु' भन्नुहुन्थ्यो । त्यसैले कुनै पनि औषधी, खोप वा अनेक किसिमको थोपोहरु जनतालाई खुवाउनुपूर्व पहिला नेपाली, भारतीय र चिनिया बिशेषग्य सम्मिलित बिशेष (स्पेसल) जाँच आयोग गठन गर्नु पर्छ र त्यस्ले 'हुन्छ' भने पछी मात्र खोप तथा औषधी खुवाउने अनुमती दिनुपर्छ । अन्यथा भोली एड्सभन्दा खतरनाक बिमारी नजन्मेला भन्न सकिन्न ।

- योगेश कुमार खपाङ्गी

Wednesday, April 10, 2013

बिचरा हाम्रा रैथाने कुकुरहरु !


अचेलका घरमा जर्मन शेफर्ड, बुल डग, अमेरिकन एस्किमो, अस्ट्रेलियन क्याटल डग आदी थुप्रै जातका बिदेशी कुकुरहरु पाल्ने फेशन चल्या छ । तर टोलका रक्षा गर्ने त आखिर रैथाने कुकुरहरु (अपमान गर्न 'भुस्याहा' भन्छन्) नै हुन् । जो सडकपेटीमा जन्मिन्छन् र सडकपेटीमै मर्छन् । थाहा छ ? यिनीहरुलाई तपाईं-हामीलाईभन्दा टोलको बारे बढी जानकारी हुन्छ । यिनले टोलका सबै मान्छे चिन्छन् । को नयाँ मान्छे - को पुरानो मान्छे यिन्लाई सबै थाहा हुन्छ । तर इन्लाई कसैले चिन्दैन । आज कता भतेर छ ? आज कता भेला छ ? इनिहरुलाई पहिले नै थाहा हुन्छ । अझ हाम्रा बुढापाकाले त यिनिहरुलाई टोल-छिमेकमा कसैको मृत्‍यु हुन लागेको छ भने पहिले थाहा हुन्छ रे भन्नुहुन्छ । यिनीहरुको घ्राणशक्ती (सुँघ्ने शक्ती) मान्छेहरुको भन्दा बढी छ, त्यसैले यिनिहरुले मृत्‍युको गन्ध पनि चाल पाउँदा हुन् । शायद तपाईंले पनि सुन्नु भा'को छ होला, त्यस्बेला यिनिहरु नराम्रोसँग रुन्छन् । अचम्मको शक्ती छ हाम्रा रैथाने कुकुरहरुमा !

भोक-भोकै हुन्छन् तर पनि टोलमा चोर पस्यो भने ठुलो हो-हल्ला गरेर टोलबासीलाई सचेत गराउँछन् यिनिहरु ! तपाईंले कहिले यिनलाई एक पुरिया बिस्कुट दिनु भा'को छ ? दिएर हेर्नुस् त; यिनीहरु कती खुशी हुन्छन् । भोलीदेखी तपाईं टोलमा पस्ने बित्तिकै यिनिहरु हर्श-भिभोर हुन्छन् । पुच्छर हलाउँदै आईपुग्छन् स्वागतार्थ ।

हामीले कहिले यिन्को कदर गरेनौं । तर यिन्ले हाम्रो जहिले नि कदर गर्छन् । यिनीहरु पेटभर्न तपाईं हामी जस्तो देश-बिदेश चाहर्दैनन् । बरु भोकै सुत्छन् तर अर्को टोलसम्म पनि जाँदैनन् । अनेक ताडना र लात सहँदै भए पनि यिनिहरु आफ्नो टोल छोड्दैनन् । यो हो वास्तवमा असली र सच्चा टोल प्रेम !

बिडम्बना नै मान्नु पर्छ, हाम्रै टोलमा बिनाशुल्क यती समर्पित र स्वामीभक्त कुकुर हुँदा-हुँदै पनि कथित आधुनिकहरुले लाखौं रुपियाँ खर्च गरेर बिदेशी कुकुरहरु मगाउँछन् । 'पेडिग्री' (कुकुरको लागि बनाइएको स्पेशल बिदेशी खाना) भोजन गराउँछन् । गगल्स, सुइटर र टाइ भिराइदिन्छन् । त्यस्का लागि स्पेसल साबुनले नुहाइदिन्छन् । कतिले त एउटा मान्छे (नोकर) नै पनि राखेका हुन्छन् बिदेशी कुकुरको आची सोहोर्न र चाकर गर्न । त्यस्को गालामा म्वाइ खानु, तस्बिर घरमा सजाउनु र सोसल मिडियामा फोटो र भिडियो पोस्ट गर्नु त सामान्य नै भयो । तर केही नेपाली सेलिब्रेटीहरुले त अचेल युरोपियन र अमेरिकिको देखासिकी महँगो बिदेशी कुकुर लिएर पार्टीमा 'शो' गर्न समेत जानथालेका छन् ।

यि बिदेशी कुकुरप्रेमीहरुको अर्को नाटक बुझी नसक्नुको छ; यिनीहरु मर्निङवाक वा इभिनिङवाकको नाममा बिदेशी कुकुर देखाउँदै हिंड्छन् । अनी हाम्रा लोकल/रैथाने कुकुरले भुके भने लट्ठीले मर्ने गरी हिर्काउँछन् वा लात्तले बजार्छन् । असाद्धै टिठ लागेर आउँछ । कठै बिचरा हाम्रा रैथाने कुकुरहरु !

- योगेश कुमार खपाङ्गी

Sunday, April 7, 2013

नेपाली भाषामा नै विन्डोज ८


जुन दिन विन्डोज ८ रिलिज भयो त्यसै दिनदेखि नै यसको नेपाली संस्करण उपलब्ध भएको छ । यसभन्दा अगाडी विन्डोज एक्सपी, भिस्टा र विन्डोज ७ को पनि नेपाली संस्करण रिलिज भएको थियो तर त्यहाँ संस्कृत शब्दहरूको समेत प्रयोग भएको र अङ्ग्रेजी भाषालाई नेपालीमा उल्था गर्दा अलिक अप्ठ्यारो परेको हुनाले धेरै नेपालीहरू विन्डोज ७ को नेपाली संस्करण रुचाएनन् ।
 त्यही कारणले गर्दा विन्डोज ८ मा आम बोलीचालीका शब्दहरू प्रयोग गरिएको छ । चिन, जापान, थाइल्याण्ड जस्ता मुलुकहरुले अङ्ग्रेजी भाषालाई भन्दा बढी आफ्नै भाषालाई महत्व दिएर त्यही भाषामा विन्डोज चलाइरहेका छन् तर नेपालीहरुमा अङ्ग्रेजी जान्नैपर्दछ भन्ने एक किसिमको भ्रम रहेको छ । त्यसैले गर्दा पनि होला सोचेजस्तो नेपाली संस्करण प्रयोग भएको छैन । त्यसको अर्को पनि कारण हुनसक्दछ । कम्प्युटर सिकेकाहरुले अङ्ग्रेजी संस्करणमा कम्प्युटर सिकेको हुनाले सुरुवाती अवस्थामा नेपाली अप्ठ्यारो लाग्न सक्दछ ।

अग्रेजी भाषाको ज्ञानमा कमी हुनेहरुको लागि विन्डोज ८ बरदान साबित हुनसक्दछ । त्यसैले कम्प्युटर सिक्नको लागि अङ्ग्रेजी भाषा नै जान्नुपर्दछ भन्ने छैन । अङ्ग्रेजी संस्करणको विन्डोजमा माईक्रोसफ्ट अफिस चलाउँदा अङ्ग्रेजी भाषाको शब्दहरू र व्याकरण गलत भएको खण्डमा रातो/निलो लाइन देखिएजस्तै नेपाली संस्करण चलाउँदा व्याकरणको शुद्धाशुद्धि पनि हेर्न सकिन्छ । नेपाली बृहत् शव्दकोष यसभित्र रहेको हुनाले गर्दा हश्व दीर्घ र शुद्धाशुद्धि राम्रोसँग हेर्न सकिन्छ । नेपाली बृहत् शव्दकोषमा नभएका शब्दहरू भने गल्ती देखिन्छन् ।

कसरी नेपाली भाषामा चलाउने ?

 नेपाली भाषामा विन्डोज चलाउनको लागि कन्ट्रोल प्यानबाट Language मा जानुहोस् । त्यसको लागि विन्डोज कि र थिचेस डाइलग बक्समा Control इन्टर थिच्नुहोस् । Language भित्र छिरे पछि माथिपट्टि Add a Lanugage भन्ने अप्सन देखिन्छ ।

त्यसलाई क्लिक गरेपछि विभिन्न भाषाहरु देखिन्छन् । अहिले हामीले नेपाली ल्याङवेज चलाउने हुनाले नेपालीमा क्लिक गर्नुपर्दछ । नेपाली Language Add गरिसकेपछि फेरी अप्सनमा क्लिक गर्नुपर्दछ । त्यहाँ नयाँ विन्डोजओपन हुन्छ । त्यसको तल डाउनलोड एण्ड इन्स्टल ल्याङवेज प्याक भन्ने भेटिन्छ । त्यसमा क्लिक गरेपछि ३.७० एमबीको नेपाली ल्याङवेज प्याक कम्प्युटरमा डाउनलोड हुन सुरु गर्दछ ।




 केही समयपछि तपाईँले इन्स्टलेसन कम्पलीट भन्ने डाइलग बक्स खुलेको भेट्नुहुनेछ । यसलाई बन्द गर्नुहोला । अब फेरी कन्ट्रोल प्यानबाट ल्याङवेज भित्र छिरेर अप्सनमा क्लिक गरेपछि Make this Primary Language भन्ने अप्सन  भेट्नुहुनेछ । आफ्नो प्राथमिक भाषा नेपाली बनाएपछि एकचोटी कम्प्युटर अग अफ हुन्छ । कम्प्युटर खोल्दा सुरुमा स्टार्ट भनेर देखिने अङ्ग्रेजी शब्दको ठाउँमा सुरुवात भनेर नेपाली शब्द भेटिन्छ । माईक्रोसफ्ट आफैँले बनाएका सबै प्रोग्राम वा एप्सको नाम नेपाली भाषामा आउँदछ भने त्यसबाहेकका अरू भने अङ्ग्रेजी भाषामा नै देखिन्छ । 


http://www.nepaliblog.net बाट साभार

Thursday, April 4, 2013

जय देश - जय किसान !


आधुनिकता भनेको के हो ? आधुनिकताको मापन के हो ? के गर्दा आधुनिक भईन्छ-के गर्दा पुरातन ? त्यस्को जवाफ कठिन छ । किनकी अठारौं शताब्दीका मान्छेले पनि आफुलाई आधुनिक नै भन्थे । अनी अहिलेको युगलाई पनि हामी आधुनिक नै भन्छौं । खास कुरा के हो त ! घोत्लिने हो भने बिज्ञानसम्मत र समय अनुसार आफुलाई ढाल्दै जानु नै आधुनिकता हो । यसै क्रममा एक जना मित्रले सकारात्मक सोचका साथ एउटा बिचार राखे - 'तपाई हामीले गरेको कृषिले केही नाफा हुदैन .... औधोगिक रूपमा कृषि औजार प्रयोग गरेर, उन्नत बिउ बिजन, अनुसन्धान, मल आदि सबै पुर्याउन ठूलो कम्पनिनै खोलेर खेतीपाती नगरी कसरी कृषिको बिकास होला र ?' कुरा ठिकै हो । तर हाम्रा पिता-पुर्खाले जुन तरिकाले खेतिपाती गर्थे त्यो पनि आधुनिक खेतीपाती नै हो । गोरु नारेर भूमी जोत्नु पनि आधुनिकता नै हो । पर्म (बाटर सिस्टम) लगाएर धान रोप्नु पनि आधुनिकता नै हो । तर अचेल केही यस्ता मान्छेहरु पनि छन् जस्ले आधुनिकताको परिभाषा बदलेका छन् । युरोपियन र अमेरिकिहरुको अन्धाधुन्द नक्कल गर्नु नै आधुनिकता हो भन्ठान्छन् । यस्तो बिचार फैलाउनमा पढेलेखेका आफुलाई शिक्षित भनाउने शहरी बर्ग, ब्यापारी र बिज्ञापन पाउने लोभमा मिडियाले गरेका छन् ।



उनिहरुले भने जस्तो आधुनिकताको चक्करमा पर्ने हो भने कृषिमा अहिले जती फाईदा छ त्यती पनि हुन्न । बरु उल्टो किसानलाई थप घाटा सहनु पर्ने तथा बिउ-बिजन र रासायनिक मलको लागि परनिर्भर हुनुपर्छ । एउटा उदाहरन दिन्छु - आधुनिकताको नाममा ट्राक्टर किन्नु पर्‍यो । सानो-तिनो रकमले ट्राक्टर किन्न पाइँदैन । त्यस्का लागि बैंकबाट रिन लिनुपर्‍यो । ब्याज बेला-बेलामा तिरेन भने बैंकले ब्याजको स्याज, स्याजको प्याज बनाउँछ । अन्त्यमा गरिखाने खेत पनि लीलाम गर्दिन्छ । जसो-तसो ट्राक्टर किनियो रे ।  ट्राक्टरलाई तेल नहाली चलाउन सकिदैन । त्यसकारण बिदेशबाट आयातित अत्यन्त महँगो डिजेल किन्नु पर्‍यो । बेला-बेलामा त्यस्को मर्म्मत पनि गर्नु पर्‍यो । त्यस्का लागि मेकानिकलाई पैसा बुझाउनु पर्‍यो । टायर खीईन्छ, किन्नु पर्‍यो । टायर कम पैसाले आउँदैन । अब आधुनिक कृषिका लागि बाली काट्ने औजार पनि त आधुनिक नै हुनुपर्‍यो । त्यस्का लागि पनि बैंकबाटै रिन लिनुपर्‍यो । अब गरीब किसानको टाउकोमा रिन माथि रिन थपिदै जान्छ । त्यो बाली काट्ने औजार पनि जसो तसो किनियो रे । तर त्यस्कोलागी पनि ट्र्याक्टरलाई जती खर्च गर्नुपर्थ्यो शायद अझ बढी गर्नुपर्ला तर कम्ती खर्चले त्यो पनि चल्दैन । अझ लगानी बढ्यो । फेरी अर्को कुरा ट्राक्टरले लगातार जोत्यो भने ४-५ बर्ष पछी जमिन बढी थिचिएर उब्जनी गर्नसक्ने शक्ती घट्छ । अनी बिउ पनि उन्नत चाहियो । उन्नत भन्नाले हाइब्रिड चाहियो । हाइब्रिड बिउ-बिजन पनि बिदेशकै भर पर्नु पर्‍यो । हाइब्रिड बिउ प्राय: नपुङ्सक हुन्छ । त्यस्मा आवश्यक प्रोटिन, खनिज लगायतका तत्व पनि हुन्नन । जस्ले गर्दा हाइब्रिड बिउबाट उत्पादित अन्न-बालीको माग विश्वमा घट्दो छ । त्यसैले बिउ किन्न सजिलै भए पनि राम्रो मुल्यमा बेच्न साह्रै कठिन छ । हाइब्रिड बिउलाई मल पनि युरिया लगायतका उन्नत नै चाहियो । त्यस्का लागि पनि बिदेशीकै मुख नताकी हुन्न । हाइब्रिड खेतीमा किटनासक हाल्नु पर्‍यो । त्यो पनि आधुनिक र उन्नत नै चाहियो । त्यस्को फ्याक्ट्री नेपालमा छैन । त्यो पनि बिदेशीकै मुख ताक्नुपर्‍यो । अब महंगोमा किनेको किट्नासक छर्कन पनि आधुनिक र बैज्ञानीक मेसिनहरु चाहियो । खर्चै-खर्च । त्यत्रो खर्च र दु:ख गरेर उब्जाएको अन्न बेच्दा आखिरमा किसानलाई केही फाईदा हुन्न । बिचौलियाले कौडीको भाउमा किनेर कुरुस्त नाफा कमाउँछ । जब कि किसान रिन माथि रिनमा पर्दै जान्छ । झन-झन उकासिनुको साटो किसान डुब्दै जान्छ । आखिर बैंक, आधुनिकता र बैज्ञानीक खेतीको चक्करमा परेर किसानको जमिन खोसिन्छ । त्यो जमिन कस्को हातमा पर्छ त ? धनी-पुंजीपतीको । देशको पैसा कहाँ जान्छ त ? - बिदेशमा । एकातिर आधुनिकताको चक्करमा किसान परनिर्भर हुन्छ । अर्कोतिर बाताबरणको बिनास पनि हुन्छ । त्यती मात्र नभएर पुरानो शिप र स्थानिय (लोकल)बिउ-बिजनको बिनाश पनि हुन्छ ।


यो भन्दा त हाम्रा पुर्खाले गर्ने खेती प्रणाली कता हो कता स्वाबलम्बी र बैज्ञानीक छ । किनभने हाम्रा पुर्खाले बिउ आफ्नै माटोमा उब्जिएको स्थानिय प्रयोग गर्थे । जस्का लागि युरोप-अमेरिकाको हिंजडा बिउको आश गर्नुपरेन । आफुसँग भएको बिउ प्रयोग गर्ने बित्तिकै लगानी घट्यो । जमिन जोत्न गोरु पाल्नुपर्छ । गोरुलाई ट्र्याक्टरलाई जस्तो इन्धन हाल्नु पर्दैन । खेतीमै भएको घाँस भए पुग्छ । त्यस्का लागि खर्च गर्नु परेन । फेरी लगानी घट्यो । अब मलको लागि त्यही गाई-गोरुको गोबर र सोत्तर भए हुन्छ । रासायनिक मलको लागि जस्तै बिदेशीको आश पनि गर्नु परेन । किटनाशकको रुपमा खरानी र गाईको पिसाब प्रयोग गर्थे । त्यस्का लागि पनि खर्च भएन । अनी अन्न बाली ओसार-पसार गर्न पशुले तान्ने गाडा प्रयोग गर्थे । न मेन्टेनेन्सको टन्टा न इन्धनको पिर । लोकल बिउ-बिजनबाट फलाईएको अन्न हाइब्रिड जस्तो चाँडो कुहुदैन । जती समय स्टोर गरेर राखे पनि हुन्छ । खानमा स्वादिलो र पोषिलो पनि हुन्छ । एकातिर श्वास्थ्य लाभ भयो अर्कातिर घरका सबैलाई रोजगारी पनि भयो । अब कम लगानी गरेर फलाएको अन्न बजारमा अलिकती सस्तो दाममै बेच्दा पनि खासै घाटा हुँदैन । सबैले श्वास्थ्यको महत्व बुझन थालेका छन् । त्यसैले हाइजेनिक अन्न, साग-पात, सब्जी र फलफुलको माग विश्वब्यापी रुपमा बढ्दोक्रममा छ ।  त्यसमाथी सरकारले आँफैले उचित दाममा किन्दिएर बिचौलिया हटाउने काम गरे त फाईदै-फाईदा !

त्यसैले आधुनिकताको नाममा युरोपियन र अमेरिकिहरुको अन्धाधुन्द नक्कल गर्न छोडौं । हाम्रा पिता पुर्खाले गरीआएको तरिका नै बैज्ञानीक, आधुनिक र दिगो छ । देशको पैसा देशमै राखौं- स्वाभलम्बी बनौं । जय देश - जय किसान !

- योगेश कुमार खपाङगी

Wednesday, April 3, 2013

व्यङ्ग्य : पाखे भर्सेज मोर्डन


नेपालीलाई अचेल एउटा गम्भिर खालको आँखाको रोगले च्याप्दै लगेको छ । त्यो रोग नेपाल भित्रिएको खासै धेरै नभए पनि यो एक किसिमको सरुवा रोग भएको हुनाले फैलँदो क्रममा छ । यो रोगको उत्पत्ति युरोपबाट भएको हो । यो भाषाको माध्यमले दिमागमा छिर्छ अनी आँखालाई कामै नलाग्ने बनाउँछ । त्यो रोगको नाम हो ‘अंग्रेजीमेनिया’ ।

यो रोगको मुख्य लक्षण युरोपियन र अमेरिकनहरुले गरेका हरेक काम आधुनिक र वैज्ञानिक देख्नु अनी आफ्नो पिता–पूर्खाले सिकाएका काम र ज्ञानजती सबै अवैज्ञानिक, पुरातन तथा पाखे देख्नु हो । यो रोगले धेरै गाँजेका मान्छेहरुको कुरा सुन्नु भयो भने तपाईंलाई पुरै नसके पनी अर्धपागल चैं बनाउँछन् ।

यो रोगले खासगरी युवा÷युवतीलाई बढी समात्छ । अचेल उनीहरुका अभिभावकलाई पनी यस्ले समात्न थालेको छ । उनीहरुको बिचारमा भुटेको मकै खायो भने पाखे होइन्छ । कसैले घरमा भएको मकै भुटेर सिनिमा हल वा सार्वजनीक ठाउँमा खायो भने लाज हुन्छ । तर त्यही मकैलाई कागजको बट्टामा राखेर ‘मकै होइन पपकर्न हो’ भन्यो भने चैं खान लाज हुँदैन ।

उनीहरुको केही सिद्धान्त छन् । ति यस्ता छन्; ढाका–टोपी-दौरा-सुरुवाल अनी साडी–चोली लायो भने पाखे । युवतीहरुले तिघ्रा देखिने गरी मिनीस्कर्ट वा टाइट जिन्स लगाए भने चैं मोर्डन पहिरन हुन्छ । अनी युवाहरुले चैं कट्टु देखाएर खुस्किन लाग्या जिन्स अनी ५ देखि १० हजार दाम पर्ने बिदेशी जुत्ता लगाए भने त्यो आधुनिक हुन्छ । तर भलादमी तरिकाको पहिरन लगाए पाखे । होटलमा मैदा सडाएर बनाइने पिज्जा, बर्गर र म्याकडोनाल्डको अखाद्य केमिकल राखेर तेलमा तारेको सडेको कुखुरा चैं आधुनिक खाजा अनी अरुले खाने गरेको चना र चिउराको खाजा चैं पाखे खाजा । कार्बोनेटेड वाटर अर्थात् 'ढ्याउ' डकार आउने कोक/पेप्सी चैं मोर्डन पेय अनी फलफुलको जुस वा दही–दुध चैं पाखे पेय । अंग्रेजीमा बोल्नु, टाइ लगाउनु, अंग्रेजी गीत गाउनु, हलिउडको कलाकारको कुरा गर्नु नै मोर्डन लाइफ स्टायल हो । नेपाली लोक वा आधुनिक गीत सुन्यो अथवा मोबाइलमा रिङटोन राख्यो भने पाखे ।

फेसबुक÷टुइटर को स्टाटस कनीकुथी भए पनी अंग्रेजीमै लेख्नु राम्रो । नेपालीमा लेख्यो भने पाखे । नेपाली साहित्य पढ्यो भने पाखे, अंग्रेजी उपन्यास पढ्यो भने स्ट्यान्डर । गोरो छाला राम्रो, कालो नराम्रो । कालो कपाल नराम्रो, गोल्डेन राम्रो । आमा–बुवा भनेको पाखे, मम्मी–ड्याडी भनेको मोर्डन । काका–काकी, मामा–माइजुलाई अंकल भन्यो भने मोर्डन नत्र पाखे । लेखेर पार नलाग्ने हुनाले आजलाई यत्ती नै । अस्तु ।

– योगेश कुमार खपाङ्गी

जिद्दीको अगाडी दैवले पनि हार्छ



एकजना मान्छेले आफ्नै मृत्‍यु भयो भन्ने ठानेछ । दुनियाँले सम्झाए - 'तँ मरेको छैनस् । जिउँदै छस् । किन आँफैले आफुलाई मरिसके भन्छस् !' उस्ले मानेन । उस्लाई डाक्टरकोमा लगियो । डाक्टरले पनि 'तपाईं जिँउदै हुनुहुन्छ । सत्य कुरा स्विकार्नुस् ।' भनेर सम्झायो । तर उस्ले मानेन । अन्त्यमा डक्टरले भन्यो - 'म तपाईंको शरीरमा कतै काट्छु । रगत आएछ भने तपाईं जिँउदै हुनुहुन्छ भनेर तपाईं मान्नुस् । रगत आएन भने म तपाईंको कुरामा सहमत हुन्छु । हुन्छ ?' । त्यो मान्छे डाक्टरको कुरा मान्न राजी भयो । अनी डाक्टरले उस्को हातमा काट्यो । रगत आयो । त्यो मान्छेले 'यहाँ मात्र काटेर हुन्न । अन्त पनि काट्नुहोस्' भन्ने आग्रह गर्‍यो । तर जती ठाउँ काट्यो त्यती ठाउँ रगत आयो । अनी त्यो जिद्दी मान्छेले अन्त्यमा के भन्यो थाहा छ ?

उस्ले भन्यो - 'माफ गर्नुहोस् डाक्टर साहेब, म गलत रहेछु । मरेको मान्छेको पनि रगत आउँदो रहेछ !'

सबैजना त्यो मान्छेसँग हार खाए ।

त्यस्ता मान्छेहरु समाजमा प्रसस्त छन् । मैले जानेबुझेको अनुभव र ज्ञानको आधारमा कतीपय ब्यक्तीलाई 'सत्य यो हो' भनेर सम्झाउँने प्रयास गर्छु तर उनिहरु मान्नेवाला छैनन् । त्यसैले कहिले-काँही म जानी-बुझी उनिहरुसँग हारिदिन्छु । सोंच्छु शायद उनिहरुले पनि मलाई त्यही सोच्दोहुन् जुन मैले उनिहरुको बारेमा सोंच्छु !

- योगेश कुमार खपाङगी

Tuesday, April 2, 2013

धनीको खेल क्रिकेट, गरीबको खेल डन्डीबियो


क्रिकेट खेलको शुरुवात बेलायतका राजा एड्वर्डका फुच्चे छोराले गरेका रहेछन् सन १५९८ मा (विकिपेडियाका अनुसार)। त्यसबेला दरबारमा राजा-महाराजाहरुको हरहमेसा काम त हुँदैहुदैनथियो । फुच्चेहरुले खेल्थे, समय कटाउन राजा हेरेर बस्थे । पछी-पछी राजालाई मनपर्ने खेल भनेर जनताले पनि खेल्न थालेछन् । बिस्तारै-बिस्तारै क्रिकेट खेल बेलायतको राष्ट्रिय खेल भएछ । पछी साम्राज्यबादी बेलायतीहरुले जुन-जुन देश कब्जा गरे त्यहाँ-त्यहाँ खैरेहरु पुग्थे । अर्थोक काम केही हुन्नथ्यो । त्यसैले उनिहरु क्रिकेट खेल्ने बस्ने काम गर्थे । के गर्ने खाना त पचाउनै पर्‍यो ! एउटै खेल सात-सात दिन सम्म खेल्थे उनिहरु ।

हरेक नोकरलाई मालिक भन्ने लालशा त हुन्छ नै । मालिकले जस्तो लगाउनु, मालिकले जस्तो बोल्नु र मालिकले जस्तो खेल खेल्नु नै उनिहरुको चाहना हुन्थ्यो । त्यसैले जुन-जुन देश बिगतमा बेलायती उपनिवेश थियो, त्यही देशका जनताले क्रिकेटलाई मरिहत्ते गरेर खेल्न थाले । जनताको त काम थियो । सात-सात दिनसम्म खेल खेलेपछी खान-लाउन त कसैले नि फोकटियामा त दिदैन नै थियो । अनी खेलको अवधी घटाएछन् । त्यसपछी 'वनडे म्याच' खेल्न सुरुवात भएछ । आज पनि हेर्नुस् बेलायत र बेलायतका पूर्वदाश देशले मात्र क्रिकेट खेल्छन् । जस्तो - भारत, अस्ट्रेलिया, दक्षिण अफ्रिका, पाकिस्तान, बङ्लादेश, श्रीलंका, नुजिलेन्ड, वेष्ट इन्डिज आदी ।

त्यसमद्धे भारतमा हेर्नुस् । क्रिकेट म्याच हुन थाले पछी त्यो देशको समय थामिन्छ । क्रिकेट खेल अवधीभर त्यहाँ उद्द्योगधन्दा-ब्यापार र काम-काज सबै ठप्प हुन्छ । सरकारी कार्यालयको समय नै परिवर्तन गर्नुपर्ने हुन्छ खेलको लागि । त्यती मात्र नभएर करोडौंको रकममा बाजी थाप्ने, म्याच फिक्सिङ गर्ने, ड्रगको कारोबार गर्ने, बेस्याब्रित्ती गराउने जस्ता अनैतीक काम हुनथालेको छ आजको भारतमा । त्यहाँ रातारात बिदेशी लगानीको अखबार र टि.भी च्यानलले क्रिकेटरहरुलाई महान सेलिब्रेटी बनाइदिन्छ । अनी भारतीय जनताले उनिहरुको पूजा गर्न थाल्छ । कपिल देव र सचिन तेन्दुकर महान ब्यक्तिहरु कहलाइन्छन । आज भारतको कुनै पनि बच्चा बैज्ञानिक, चिकित्सक, इन्जिनियर, समाजशास्त्री, शिक्षक, नेता बन्न चाँहदैन । कपिल तेन्दुल्कर बन्न चाहन्छ कि त शहरुख खान । केटी छन् भने केट्रिना कि करिना वा सन्नी लियोनी । अनी तेन्दुल्कर र खानहरुले के गर्छन् थाहा छ ? कि कोक-पेप्सी, आलु चिप्स, बुस्टको बिज्ञापन गर्छन् । 'डरके आगे जित है । बुस्ट इज द सिक्रेट अफ माइ इनर्जी ।' वा यस्तै भन्दै अन्य सामान बेच्छन् - भारतका आइकोनहरुले । स्वदेशमा बसेर बिदेशी मालको प्रचार गर्छन् केट्रिना-शाहरुख-सैफ र तेन्दुलकरहरुले । जनता त के हो र ! रातको दिन देखाए पछी त एकदिन न एक दिन त बिज्ञापनको चँगुलमा फँसीहाल्छ नि ! त्यसैले यो खेलको बिरोधमा अहिले भारतभरीका सचेत नागरिकहरु उठ्न थालेकाछन् ।

हेर्नुस् बिडम्बना, हाम्रो नेपालले पनि यो खेलमा खुब राम्रो शुरुवात गर्न थालेको छ । जो कहिले कसैको दाश थिएन । तर अब क्रिकेटप्रतीको बढ्दो उत्साह र जनसहभागीता हुन थालेको छ । अब बिस्तारै-बिस्तारै सरकारलाई एककिसिमको मनोबैज्ञानीक प्रेशर पर्न थाल्छ - क्रिकेटको बिकासको लागि बजेट छुट्याउने ।  यो खेल बेलायती दब्दबाको निशानी हो । त्यसैले खेल नै त हो भन्ने कदापी सोच्नु हुन्न । यो त्यस्तो खेल हो जहाँबाट देशमा अराजकता भित्रिन्छ । यो खेल हाम्रो होइन - यो हाम्रो माटो सुहाउंदो छैन । बरु डन्डी बियो खेले हुन्छ तर क्रिकेटमा लगानी गर्नु बालुवामा पानी हाले सरह हो ।
- योगेश कुमार खपाङगी

Monday, April 1, 2013

गाँठ भी गँवाना, बेवकुफ भी बनना !

एउटा संस्था छ - अन्तरराष्ट्रिय मुद्रा कोष । अमेरिकाको वासिङ्टन डिसीमा कार्यालय छ । त्यो यस्तो मालिक संस्था हो जस्लाई विश्वभरीका देशले लगेर पैसा बुझाँछन् । त्यस्ले रिन पनि दिने काम गर्छ । तर रिन दिदैं पिच्छे - 'तेरो पैसाको अवमुल्यन गर अनी दिन्छु' भन्दोरहेछ । अनी हाम्रो नेपालले चै त्यो कोषमा पैसा जम्मा गर्न थालेको सन १९८४ देखी रहेछ । अर्थात् २९ बर्ष भएछ पैसा जम्मा गर्न थालेको । खिलराज सरकारका अर्थ मन्त्री शंकर कोइरालाले भनिसके - 'विश्व मुद्रा कोशमा पैसा बुझाउनु छ । त्यसैले यसपालाको बजेट पूर्ण बजेट हुनेछ ।' हेर्नुस् हाम्रो बेवकुफी 'गाँठ भी गँवाना, बेवकुफ भी बनना !'- हिन्दी भनाइ) । एकातिर पैसा पनि जम्मा गर्नु छ । अर्का तिर रिन लिंदै पिच्छे आफ्नु पैसाको अवमुल्यन गर्नु पर्ने । त्यो पनि अमेरिकन डलर सँग !आज हाम्रो रुपिंयाको बिजोग हेर्नुस् त अमेरिकन डलर १ बराबर नेपाली ८७ रुपिंया छ । तर आश्चर्यको कुरा के छ भने खुद अमेरिकाले जनवरी १, १९८४ देखी त्यो कोशमा पैसा जम्मा गरेको छैन । अर्थात २९ बर्ष नै भएछ उस्ले पैसा जम्मा गर्न छोडेको । त्यसो भये हामी चैं बढी जान्ने भएर त्यो कोशमा नभएको पैसा रिन खोजी-खोजी किन बुजाउनु पर्ने । हेर्नुहोस् - अन्तरराष्ट्रिय मुद्रा कोषको वेबसाइटमा वास्तविकता ।

नेपालको ट्रान्जिक्सन -


अमेरिकाको ट्रान्जिक्सन -


- योगेश कुमार खपाङगी