Tuesday, April 2, 2013

धनीको खेल क्रिकेट, गरीबको खेल डन्डीबियो


क्रिकेट खेलको शुरुवात बेलायतका राजा एड्वर्डका फुच्चे छोराले गरेका रहेछन् सन १५९८ मा (विकिपेडियाका अनुसार)। त्यसबेला दरबारमा राजा-महाराजाहरुको हरहमेसा काम त हुँदैहुदैनथियो । फुच्चेहरुले खेल्थे, समय कटाउन राजा हेरेर बस्थे । पछी-पछी राजालाई मनपर्ने खेल भनेर जनताले पनि खेल्न थालेछन् । बिस्तारै-बिस्तारै क्रिकेट खेल बेलायतको राष्ट्रिय खेल भएछ । पछी साम्राज्यबादी बेलायतीहरुले जुन-जुन देश कब्जा गरे त्यहाँ-त्यहाँ खैरेहरु पुग्थे । अर्थोक काम केही हुन्नथ्यो । त्यसैले उनिहरु क्रिकेट खेल्ने बस्ने काम गर्थे । के गर्ने खाना त पचाउनै पर्‍यो ! एउटै खेल सात-सात दिन सम्म खेल्थे उनिहरु ।

हरेक नोकरलाई मालिक भन्ने लालशा त हुन्छ नै । मालिकले जस्तो लगाउनु, मालिकले जस्तो बोल्नु र मालिकले जस्तो खेल खेल्नु नै उनिहरुको चाहना हुन्थ्यो । त्यसैले जुन-जुन देश बिगतमा बेलायती उपनिवेश थियो, त्यही देशका जनताले क्रिकेटलाई मरिहत्ते गरेर खेल्न थाले । जनताको त काम थियो । सात-सात दिनसम्म खेल खेलेपछी खान-लाउन त कसैले नि फोकटियामा त दिदैन नै थियो । अनी खेलको अवधी घटाएछन् । त्यसपछी 'वनडे म्याच' खेल्न सुरुवात भएछ । आज पनि हेर्नुस् बेलायत र बेलायतका पूर्वदाश देशले मात्र क्रिकेट खेल्छन् । जस्तो - भारत, अस्ट्रेलिया, दक्षिण अफ्रिका, पाकिस्तान, बङ्लादेश, श्रीलंका, नुजिलेन्ड, वेष्ट इन्डिज आदी ।

त्यसमद्धे भारतमा हेर्नुस् । क्रिकेट म्याच हुन थाले पछी त्यो देशको समय थामिन्छ । क्रिकेट खेल अवधीभर त्यहाँ उद्द्योगधन्दा-ब्यापार र काम-काज सबै ठप्प हुन्छ । सरकारी कार्यालयको समय नै परिवर्तन गर्नुपर्ने हुन्छ खेलको लागि । त्यती मात्र नभएर करोडौंको रकममा बाजी थाप्ने, म्याच फिक्सिङ गर्ने, ड्रगको कारोबार गर्ने, बेस्याब्रित्ती गराउने जस्ता अनैतीक काम हुनथालेको छ आजको भारतमा । त्यहाँ रातारात बिदेशी लगानीको अखबार र टि.भी च्यानलले क्रिकेटरहरुलाई महान सेलिब्रेटी बनाइदिन्छ । अनी भारतीय जनताले उनिहरुको पूजा गर्न थाल्छ । कपिल देव र सचिन तेन्दुकर महान ब्यक्तिहरु कहलाइन्छन । आज भारतको कुनै पनि बच्चा बैज्ञानिक, चिकित्सक, इन्जिनियर, समाजशास्त्री, शिक्षक, नेता बन्न चाँहदैन । कपिल तेन्दुल्कर बन्न चाहन्छ कि त शहरुख खान । केटी छन् भने केट्रिना कि करिना वा सन्नी लियोनी । अनी तेन्दुल्कर र खानहरुले के गर्छन् थाहा छ ? कि कोक-पेप्सी, आलु चिप्स, बुस्टको बिज्ञापन गर्छन् । 'डरके आगे जित है । बुस्ट इज द सिक्रेट अफ माइ इनर्जी ।' वा यस्तै भन्दै अन्य सामान बेच्छन् - भारतका आइकोनहरुले । स्वदेशमा बसेर बिदेशी मालको प्रचार गर्छन् केट्रिना-शाहरुख-सैफ र तेन्दुलकरहरुले । जनता त के हो र ! रातको दिन देखाए पछी त एकदिन न एक दिन त बिज्ञापनको चँगुलमा फँसीहाल्छ नि ! त्यसैले यो खेलको बिरोधमा अहिले भारतभरीका सचेत नागरिकहरु उठ्न थालेकाछन् ।

हेर्नुस् बिडम्बना, हाम्रो नेपालले पनि यो खेलमा खुब राम्रो शुरुवात गर्न थालेको छ । जो कहिले कसैको दाश थिएन । तर अब क्रिकेटप्रतीको बढ्दो उत्साह र जनसहभागीता हुन थालेको छ । अब बिस्तारै-बिस्तारै सरकारलाई एककिसिमको मनोबैज्ञानीक प्रेशर पर्न थाल्छ - क्रिकेटको बिकासको लागि बजेट छुट्याउने ।  यो खेल बेलायती दब्दबाको निशानी हो । त्यसैले खेल नै त हो भन्ने कदापी सोच्नु हुन्न । यो त्यस्तो खेल हो जहाँबाट देशमा अराजकता भित्रिन्छ । यो खेल हाम्रो होइन - यो हाम्रो माटो सुहाउंदो छैन । बरु डन्डी बियो खेले हुन्छ तर क्रिकेटमा लगानी गर्नु बालुवामा पानी हाले सरह हो ।
- योगेश कुमार खपाङगी
Post a Comment