Saturday, June 29, 2013

टोपी ब्यापारीको कथा

एकजाना टोपी ब्यापारी ब्यापारको दौरान कतै जाँदै रहेछ । हिंड्दा-हिंड्दा थकाई लागेर एउटा रुखको छाँयामा आराम गर्दा-गर्दै निदाएछ । ब्युँझिएर हेर्दा त आफ्नो पोकोमा भएको सबै टोपी त बाँदरले लगाएर रुख माथि पो चढेका रहेछन् । फसादै परेछ ! अनी उस्ले एउटा जुक्ती लगाएछ; आफुले लगाएको टोपी पनि फुकालेर भुँईतिर फालेछ ।

नक्कल गर्न सिपालु बाँदर पनि के कम; उनिहरुले पनि टाउकामा लगाएका सबै टोपी भुँईतिर फालेछन् ।
हतार-हतार टोपी बटुलेर चतुर ब्यापारी कुलेलम ठोकेछ ।

बाबुराम भट्टराइले 'त्याग देखाउन पार्टीको उपाध्यक्ष पदबाट रजिनामा दिएको' कथनले यो कथा फेरी याद आयो !

तर, कथा अझै सिद्धिएको छैन ।

अर्को भाग :
एकजाना टोपी ब्यापारी ब्यापारको दौरान कतै जाँदै रहेछ । हिंड्दा-हिंड्दा थकाई लागेर एउटा रुखको छाँयामा आराम गर्दा-गर्दै निदाएछ । ब्युँझिएर हेर्दा त आफ्नो पोकोमा भएको सबै टोपी त बाँदरले लगाएर रुख माथि पो चढेका रहेछन् । फसादै परेछ !

तर यसपटक त्यो ब्यापारी कत्ती पनि बिचलित भएनछ । उस्ले 'टोपी ब्यापारीको कथा' पढेको रहेछ ।
उस्ले पनि त्यही जुक्ती लगाएछ; आफुले लगाएको टोपी फुकालेर भुँईतिर फालेछ ।

तर 'टोपी ब्यापारीको कथा' बाँदरहरुले पनि पढीसकेका रहेछन् । त्यसैले एउटा बाँदर रुखबाट झटपट ओर्लिएर ब्यापारीले भुँईमा फाल्या टोपी लिएर रुखमाथी चढेछ ।

ब्यापारीले जमाना बदलीईसकेको थाहै पाएको रहेनछ !

Tuesday, June 25, 2013

अंग्रेजीको लागि नेपाली भाषाको बली !

- योगेश कुमार खपाङ्गी

अधिकांस सर्वसाधारण र गरीबहरुले पढने गरेको सामुदायिक बिद्यालय सुबिधासम्पन्न निजी बिद्यालयभन्दा कमजोर हुनु स्वाभाबिक हो । किनकी अंग्रेजी स्कुलहरुले विद्यार्थी भर्ना गर्नुपूर्व नै उस्को क्षमता जाँच गरेर मात्र भर्ना गर्छन् । अझ कतिपय नाम चलेका निजी बिद्यालयले त विद्यार्थीको त जाँच लिन्छन् नै, उनिहरुको अभिभावकको पनि आर्थिक र पढाई-लेखाइ बारे जानकारी लिदै पूर्वपरिक्षा लिन्छन् । बाबु-आमा अशिक्षित र गरीब छन् भने घुमारो भाषा प्रयोग गरेर भए पनि त्यस्ता विद्यार्थीको भर्ना नै लिंदैनन् । अनी अङ्रेजी स्कुलमा भर्ना नगराइएका लद्दुपाँड र गरीबहरु कता जान्छन् ? उही सामुदायिक बिद्यालयमा । धन्न पो अहिले जती विद्यार्थी पनि पास गराउँछ सामुदायिक बिद्यालय ।

सामुदायिक बिद्यालयका अधिकांस विद्यार्थीहरु फेल हुने भनेको अङ्रेजी बिषयमा हो । त्यस पछी मात्र गणितमा । सामुदायिक बिद्यालयका विद्यार्थीहरु नेपालीमा फेल भएको कहिले कसैले सुन्या छ ? छैन नै होला ! अंग्रेजी हाम्रो भाषा होइन, बिदेशी भाषा हो । यो हाम्रो गाउँघरमा जहाँ सुकै प्रयोगमा आइराख्ने भाषा पनि होइन । यस्को व्याकरण पनि नेपालीको जस्तो सजिलो छैन । जस्तो लेखिन्छ त्यस्तो पढदा पनि असुद्ध हुने भाषामद्धे अङ्रेजी पनि एक हो । जस्तो Do = डु हुन्छ, Go = गु हुँदैन; 'गो' भन्नु पर्छ रे । लेखिन्छ Busy (बुसी), भन्नु पर्छ बिजी । लेखिन्छ Physiology (फिसियोलोजी), भन्नु पर्छ साइकोलोजी । यस्को बिपरित नेपाली भाषामा जे लेख्या छ त्यही पढे अझ सुद्ध उच्चारण हुन्छ । तर अंग्रेजीमा त्यस्तो हुन्न । यस्तो लेख्ने एउटा, भन्नु पर्ने अर्को पनि कुनै बैज्ञानीक भाषा हुन्छ ? हुनत यो समस्या टार्न उनिहरुले 'फोनेटिक सिम्बोल (Phonetic symbol)  पनि नबनाएका होइनन् । तर सबैले यो फोनेटिक सिम्बोल बुझ्दैनन् पनि र यस्लाई पच्छयाएर साद्धे पनि लाग्दैन । त्यसैले अङ्रेजी दुरुह भाषा नै हो, शायद चाइनिज भाषाभन्दा पनि बढी ।

हुनत संसारका धेरै भन्दा धेरै भाषा जान्नु राम्रो कुरा हो । तर बिदेशी भाषाको बिकासको लागि लागि आफ्नो नेपाली भाषाको बली चढाउँनु हुन्न । अहिले नेपालीमा जती अंक ल्याउनु पर्छ, अंग्रेजीमा पनि उत्ती नै ल्याउनु पर्छ । झट्ट हेर्दा यो समानता जस्तो देखिए पनि असमानता हो । अङ्रेजीमा १५ अंक ल्याए पनि पास हुने (संस्क्रितमा जस्तै) ब्यवस्था गर्ने हो भने सामुदायिक बिद्यालयको कोही पनि फेल हुँदैन । अंग्रेजीभाषाको लागि ६० प्रतिशत विद्यार्थीलाई फेल गराएर निरास पार्नु, एसएलसी बाटै पढाई प्रती बितिष्णा जगाएर कुलत/ फटाइँको बाटो पक्रिने बनाउने अनी कतिलाई आत्महत्याको बाटोसम्म डोहोर्‍याउनु ठीक हुँदैहोइन ।

समस्या बिद्यालय र शिक्षकमा मात्र छैन । मूल कुरा त शिक्षा निती नै गलत छ । यस्लाई सुधार गर्नु पर्छ ।

Wednesday, June 19, 2013

साताको कार्टून



पूर्वको लोकप्रिय अखबार 'प्रतिदिन दैनिक'मा प्रकाशित

Monday, June 3, 2013

साताको कार्टून


पूर्वको लोकप्रिय अखबार 'प्रतिदिन दैनिक'मा प्रकाशित