Sunday, April 7, 2013

नेपाली भाषामा नै विन्डोज ८


जुन दिन विन्डोज ८ रिलिज भयो त्यसै दिनदेखि नै यसको नेपाली संस्करण उपलब्ध भएको छ । यसभन्दा अगाडी विन्डोज एक्सपी, भिस्टा र विन्डोज ७ को पनि नेपाली संस्करण रिलिज भएको थियो तर त्यहाँ संस्कृत शब्दहरूको समेत प्रयोग भएको र अङ्ग्रेजी भाषालाई नेपालीमा उल्था गर्दा अलिक अप्ठ्यारो परेको हुनाले धेरै नेपालीहरू विन्डोज ७ को नेपाली संस्करण रुचाएनन् ।
 त्यही कारणले गर्दा विन्डोज ८ मा आम बोलीचालीका शब्दहरू प्रयोग गरिएको छ । चिन, जापान, थाइल्याण्ड जस्ता मुलुकहरुले अङ्ग्रेजी भाषालाई भन्दा बढी आफ्नै भाषालाई महत्व दिएर त्यही भाषामा विन्डोज चलाइरहेका छन् तर नेपालीहरुमा अङ्ग्रेजी जान्नैपर्दछ भन्ने एक किसिमको भ्रम रहेको छ । त्यसैले गर्दा पनि होला सोचेजस्तो नेपाली संस्करण प्रयोग भएको छैन । त्यसको अर्को पनि कारण हुनसक्दछ । कम्प्युटर सिकेकाहरुले अङ्ग्रेजी संस्करणमा कम्प्युटर सिकेको हुनाले सुरुवाती अवस्थामा नेपाली अप्ठ्यारो लाग्न सक्दछ ।

अग्रेजी भाषाको ज्ञानमा कमी हुनेहरुको लागि विन्डोज ८ बरदान साबित हुनसक्दछ । त्यसैले कम्प्युटर सिक्नको लागि अङ्ग्रेजी भाषा नै जान्नुपर्दछ भन्ने छैन । अङ्ग्रेजी संस्करणको विन्डोजमा माईक्रोसफ्ट अफिस चलाउँदा अङ्ग्रेजी भाषाको शब्दहरू र व्याकरण गलत भएको खण्डमा रातो/निलो लाइन देखिएजस्तै नेपाली संस्करण चलाउँदा व्याकरणको शुद्धाशुद्धि पनि हेर्न सकिन्छ । नेपाली बृहत् शव्दकोष यसभित्र रहेको हुनाले गर्दा हश्व दीर्घ र शुद्धाशुद्धि राम्रोसँग हेर्न सकिन्छ । नेपाली बृहत् शव्दकोषमा नभएका शब्दहरू भने गल्ती देखिन्छन् ।

कसरी नेपाली भाषामा चलाउने ?

 नेपाली भाषामा विन्डोज चलाउनको लागि कन्ट्रोल प्यानबाट Language मा जानुहोस् । त्यसको लागि विन्डोज कि र थिचेस डाइलग बक्समा Control इन्टर थिच्नुहोस् । Language भित्र छिरे पछि माथिपट्टि Add a Lanugage भन्ने अप्सन देखिन्छ ।

त्यसलाई क्लिक गरेपछि विभिन्न भाषाहरु देखिन्छन् । अहिले हामीले नेपाली ल्याङवेज चलाउने हुनाले नेपालीमा क्लिक गर्नुपर्दछ । नेपाली Language Add गरिसकेपछि फेरी अप्सनमा क्लिक गर्नुपर्दछ । त्यहाँ नयाँ विन्डोजओपन हुन्छ । त्यसको तल डाउनलोड एण्ड इन्स्टल ल्याङवेज प्याक भन्ने भेटिन्छ । त्यसमा क्लिक गरेपछि ३.७० एमबीको नेपाली ल्याङवेज प्याक कम्प्युटरमा डाउनलोड हुन सुरु गर्दछ ।




 केही समयपछि तपाईँले इन्स्टलेसन कम्पलीट भन्ने डाइलग बक्स खुलेको भेट्नुहुनेछ । यसलाई बन्द गर्नुहोला । अब फेरी कन्ट्रोल प्यानबाट ल्याङवेज भित्र छिरेर अप्सनमा क्लिक गरेपछि Make this Primary Language भन्ने अप्सन  भेट्नुहुनेछ । आफ्नो प्राथमिक भाषा नेपाली बनाएपछि एकचोटी कम्प्युटर अग अफ हुन्छ । कम्प्युटर खोल्दा सुरुमा स्टार्ट भनेर देखिने अङ्ग्रेजी शब्दको ठाउँमा सुरुवात भनेर नेपाली शब्द भेटिन्छ । माईक्रोसफ्ट आफैँले बनाएका सबै प्रोग्राम वा एप्सको नाम नेपाली भाषामा आउँदछ भने त्यसबाहेकका अरू भने अङ्ग्रेजी भाषामा नै देखिन्छ । 


http://www.nepaliblog.net बाट साभार

1 comment:

rent in kathmandu said...

it is great news for nepali