Tuesday, September 25, 2012

प्रिन्टमिडिया भर्सेज रेडियो, टिभी र ईन्टरनेट !

(चेतावनी : तपाईं इन्टर्नेट क्रेजी हुनुहुन्छ भने यो छोटो लेख तपाईंलाई मननपर्न सक्छ !)

- योगेश खपाङगी

'अब त टि.भी आयो रेडियो र पत्रिका सखाप!' भन्थे मान्छेहरु, सुरुमा टिभी आउँदा ! अचेल 'इन्टर्नेट आयो रेडियो, टिभी र पत्रिका सखाप!' भन्न थाल्या छन् मान्छेहरु !

मानिलिऔं तपाईंको पास्पोर्ट हरायो ! सुचना टिभीमा देखायो रे ! वा रेडियोमा पनि फुक्नु भो रे ! तपाईं सिडियो कार्यालमा जानुभयो अनी मैले रेडियोमा सुचना दिएको थिएँ भन्नुभयो भने उनिहरुले भन्नेछन्- 'खै त लिखित प्रमाण !' तपाईंको अन्तर्वाता रेडियोले प्रसारण गर्‍यो रे ! खै त प्रमाण ? त्यसै गरी 'थाइलेन्डमा नारिलता भन्ने बोटको फल ठ्याक्कै नारिको रुपमा फल्छ रे !'- अन्लाइन मिडिया भन्छ ! खै के छ प्रमाण ! त्यस्को अधिकारिकता कस्ले लिने ? अन्लाईनको म्याटर आज छ, भोली छैन । ह्याकरले तपाईंको अन्लाईन पेजमा जे पनि राखिदिन सक्छ । त्यस्को जिम्मेवारी तपाईं लिन सक्नुहुन्छ ? टिभीमा पनि कहाँको फोटो कहाँ ल्याएर देखाउन सक्नुहुन्छ ! पुरुषको आवाज महिलाको जस्तो पारेर पनि बजाउन सक्नुहुन्छ रेडियोमा । प्रबिधीले धेरै फडको मारिसक्यो । तर प्रिन्ट मिडियामा त्यस्तो हुँदैन ! तपाईंले छापेको म्याटर हरेकको हातमा पुगेको हुन्छ ! त्यो प्रमाण तपाईंले नष्ट गरे पनि अरुसँग सुरक्षित हुनसक्छ । जस्ले गर्दा तपाईं छाप्नु पूर्व त्यस्को बारेमा १० पटक सोच्नु हुन्छ ! जसले गर्दा तपाईंले लेखेको हरेक सामाग्री जिम्मेवारीका साथ मात्र तपाईं प्रिन्ट मिडियामा दिनुहुन्छ वा छाप्नुहुन्छ ! प्रिन्ट मिडियामा जहिले पनि जनबिश्वास कायम रहेको छ र रहनेछ ! हुनत अचेल पत्रपत्रिका र किताबमा पनि इन्टर्नेटके सामाग्री तोड्मरोड गरेर नछाप्ने होइन । तर तपाईं कुनै पनि बेला छाप्ने पत्रीका र लेखकको कठालो समाउन सक्नुहुन्छ । त्यसैले अन्लाईन मिडिया र रेडियोले कहिले पनि प्रिन्ट मिडियालाई पछार्न सक्नेछैन । प्रिन्ट मिडियाको भबिष्य सकिएको छैन र सकिने छैन अनी सकिन दिनु पनि हुन्न !

मलाई त प्रिन्ट मिडियावालाहरु कालिदाश जस्तै लाग्न थाल्या छ । जो बढी जान्ने भएर आफु बसेको हाँगो आँफै काट्थे रे ! अजासुहरु छाप्न पाएको छैन अन्लाइनमा पोस्ट गर्ने हतारो गर्छन् ! उनिहरुको कुबुद्दिले अरुलाई त कुन्नी इन्टरनेट सेवा प्रदायक, कम्पुटर उत्पादक र संसारकै मेन सर्बर राखेको अमेरिकालाई चैं पक्कै फाईदा भएको छ । संसारभरीका सबै गोप्य सुचना र महत्वपूर्ण ज्ञान र जानकारीहरु अमेरिकाले भन्डारण (सेभ) गरिराख्या छ !  कुनै दिन उस्ले चाहेमा ठप्प पारीदिन सक्छ !

मेरो बिचारमा समाज भन्ने कुरा अग्रगामी हुनुपर्छ । पश्चगामी त हुनुनैहुन्न । तापनी इन्टर्नेटले गर्दा हाम्रो आफ्नो गोप्य भन्ने केही पनि छैन भन्ने कुरा बुझ्नु जरुरी छ । सरकारी कामकाजमा अझसम्म रेडियो, टिभी र ईन्टरनेटको प्रमाणलाई मान्यता छैन । अझ हामी सरकारी सम्पूर्ण काम ओनलाइनबाट हुनुपर्‍यो भन्दै छौं । खै हामीले बुज्या ? हाम्रा विद्वानहरु र प्रिन्ट मिडियावालाहरुको घैंटामा घाम कहिले लाग्ने होला !▪

No comments: