Monday, September 24, 2012

आलुजस्ता नेपाली, ब्वाँसोजस्तो नेता !


- योगेश खपाङगी


एउटा उखान छ नि 'सौताको रिसले लोग्नेको काख हग्ने' ! नेताको रिसले नव-राजावादी बन्न सुरु गरेकाहरु तिनै हुन् !

संसारमै सबै भन्दा स्मरणशक्ती कम्जोर भएका प्राणीहरु नेपाली नै हुन् । किनभने २४० बर्षसम्म राजसंस्थाको नाममा पञ्चे र मन्डलेले मुलुकलाई चुसी-चुसी खाएको, पढेलेखेका र फरक बिचार राख्ने बुद्दिजिवीबर्गलाई अनाहकमा काँग्रेस वा कम्युनिस्ट भन्दै अत (अराष्ट्रियतत्व)को बिल्ला भिराएको अनी सक्नेको हत्या गर्ने नसक्नेलाई जेल हालेको, गरीबलाई सामन्तीको कमारा बनाएको अनी छोरी-चेलीको अस्मिताम्याथी खेलबाड गरेको । राष्ट्रिय सम्पत्तिलाई निजी पोल्टामा राख्दा समेत चुँ गर्न नपाएको, बोल्दा पनि साउती गरेर बोल्नु परेको, राजाको अगाडि निउरीमुन्टी लाएको । नेपाली जनताले यती चाँडै बिर्सिसकेछन् ! लु हिजो राजाले खाएर उब्रिएको जुठो खान पाएकाहरुले त ज्ञानेन्द्र शाहको जय-जयकार गर्नु ठिकै हो तर सचेत भनौदाहरु चैं के भा'का !

'नेपाली जनतालाई उन्नान्सय चोटि कोर्रा हानेर अन्तिममा एकमुठी चामल दियो भने खुशी भैहाल्छ रे !'- कसैले ठीकै भनेछन् !

वास्तवमा भन्ने हो भने हामी नेपालीहरु भनेका आलु हौं ! बोरामा हुन्जेल एकढिक्का हुन्छौं, बोराको मुख खोलेको दिन गूडकिएर जता पनि पुग्छौं । अब फेरी हामी एकढिक्का बनौं । हिजोका अन्याय र अत्याचारलाई बार-बार सम्झिराखौं । एउटा सक्ती बनौं । फेरी कुनै ब्वाँसोजस्तो जालीलाई देशको बागडोर जिम्मा नलगाऔं ।

संसारमा अरु मुलुकले आर्थिक उन्नती गरेर कती माथि पुगिसके ! हामी चैं अझैसम्म झन्-झन् गरीब किन भएका ? हाम्रा युवाहरुले कहिलेसम्म बिदेशीको लात्ती र मुक्का खाँदै भरिया बन्नु पर्ने हो ? विश्वको गरीबहरुमद्धेको पनि गरीब बन्नु परेको कस्ले गर्दा हो ? सोच्ने हो कि !

बिज्ञानले कस्ता-कस्ता भौतिक सुख सुबिधाका साधनहरु बनाइसक्यो ! हामीले कहिले तिं सुबिधाको प्रयोग गर्न पाउने हो ? आम नेपाली को घरमा कहिले वासिङ मेसिन, रेफ्रिजरेटर, माइकोवेब ओभन, एयरकन्डिसन, टिभी, कम्प्युटर अनी कहिले गाडी हुने हो ? हाम्रो बिडम्बना भनौ हामी त पानी, बत्ती, अन्न र न्यानो कपडाजस्ता अत्ती आधारभूत कुरामै रुम्मल्लिनु पर्या छ !


(राजनितीको कुरा नगरुँ भन्यो, कन्पारो तातेर आइहाल्छ अनी के गर्नु त !)

फोटो: 'भरिया म बिसाये भारी' गीतको म्युजिक भिडियो बाट

Post a Comment