Sunday, March 31, 2013

के नेपाली भाषा बोल्ने जती 'ग्वाँच' गाउँलेहरु हुन् त ?



नेपालमा एउटा ठुलो भ्रम छ; अङ्ग्रेजी भाषा अन्तररास्ट्रिय भाषा हो । यो भाषा नभए देशको बिकास हुन सक्दैन । अङ्ग्रेजी बोल्ने आधुनिक - नेपाली बोल्ने पुरातन 'ग्वाँच' गाउँलेहरु हुन् भन्ने । त्यसको जवाफमा केही आँकडा प्रस्तुत गर्दैछु -


#  बिश्वमा कुल १९४ देशहरु (केही देशहरु फुट्ने र जुट्ने क्रम चलिराखेको हुनाले यती नै हो भन्...ने ठोकुवा गर्न सकिन्न)छन् । त्यसमद्धे ८ वटा देशको मात्र राष्ट्रिय भाषा अङ्ग्रेजी हो ।
#  विश्वको जनसंख्याको आधारमा अङ्ग्रेजी बोल्ने कुल जनसंख्या ५.५% छन् ।
#  सबैभन्दा बढी बोलिने भाषा चाइनिज र दोस्रोमा स्पेनिश हो । तेस्रोमा अङ्ग्रेजी र चौथोमा हिन्दी हो ।
#  संयुक्त राज्य अमेरिकामा कुल ७०% ले अङ्ग्रेजी बोल्छन् । (अङ्ग्रेजी जान्दै नजान्नेहरु पनि उल्लेख्य मात्रामा छन् ।)
#  ल्यटिन अमेरिकाको कुल १ प्रतिशतले मात्र अङ्ग्रेजी बोल्न सक्छन् ।
#  युरोपको ८ प्रतिशतले मात्र अङ्ग्रेजी बोल्न सक्छन् ।
#  अङ्ग्रेजी भाषामा जम्मा १२००० वटा शब्द मात्र मूल शब्दहरु हुन् । बाँकी अन्य भाषाबाट तानतुन गरिएको हो ।
#  टेक्निकल र इन्जिनियरिग सम्बन्धी पुस्तकहरु सबैभन्दा बढी रसियन भाषामा लेखिएको छ ।

चीन, जापान, कोरिया, फ्रान्स, स्पेन, जर्मनी, इटाली, स्विट्जरलेन्ड, बेल्जियम, नेदरल्यान्ड, नर्वे, स्विडेन, फिन्ल्यान्ड लगायतका विश्वका अती बिकसित देशमा अङ्ग्रेजी बोलिदैन । उनिहरुले आ-आफ्नो भाषामा पाठ्यक्रम बनाएका छन् र आफ्नो भाषालाई अन्तररास्ट्रिय रुपमा उभ्याउन कम्मर कसेर लागेका छन् ।

के उल्लेखित देशहरुले अङ्ग्रेजी भाषा जानेको हुनाले बिकास गरेका हुन् त ? अङ्ग्रेजी भाषा अन्तररास्ट्रीय भाषा हो त ? हामी किन अङ्ग्रेजी भाषाका लागि आफ्नो मात्रिभाषाको बली चढाउने ? नेपाली भाषा बोल्न र लेख्न यत्रो हीनताबोध किन ?
- योगेश कुमार खपाङगी

No comments: