Monday, March 4, 2013

हामी किन गरीब ?

- योगेश कुमार खपाङगी


अमेरिकी आर्थिक पत्रीका 'फोर्ब्स'को अर्बपतिहरुको सुचीमा नेपालका बिनोद चौधरी पनि परेछन् । यस अघी कुनै पनि नेपाली धनीहरुको लिस्टमा पर्न सकेका थिएनन् । बधाइ छ गरीब मुलुकका एक्ला धनी बिनोद चौधरीलाई ! यसबाट आमनेपाली खुशी नै छन् । तर प्रश्न यो छ - किन उनिमात्र धनी भये ? हामी किन हुनसकेनौं ? हाम्रो देश किन गरीब भयो ? 


धनी हुनु पनि एउटा कलाकारिताकै काम हो । कलाकार हुनु चानचुने कुरा होइन । त्यसकालागी ठुलो बुद्धी, परिस्रम र साधना चाहिन्छ । त्यसैले धन कमाउने कला अथवा म्याजिक जान्नु जो पायो त्यसको बशको कुरा हुँदैहोइन । तर असम्भव नै चैं भन्ने होइन ।


त्यसो भये हामी गरीब हुनुमा दोश कस्को छ ? कि हाम्रो भाग्य नै यस्तै हो त !

होइन हाम्रो भाग्यको दोश पटक्कै होइन । हाम्रो शिक्षा, संस्कार, हाम्रो धर्म र हाम्रो सोचमै खोट छ । कमजोरी हामी मै छ । काम र धनप्रती हामी कहिलै सकारात्मक भएनौं ।

हाम्रा महाकबीले भने -
'हातको मैला, सुनको थैला, के गर्नु धनले
साग र सिस्नो खाएको बेश आनन्दी मनले'

साथै कबिले 'गरिब' कबिता पनि लेखे र गरीबलाई जती आनन्द अरुलाई छैन भने । हाम्रो कोर्सबुकले लगौंटी मात्र लगाएर 'सादा जीवन' बिताउन प्रेरित गर्ने मोहनदाश करमचन्द गान्धीलाई आदर्श पुरुष भन्यो । हामीले पत्यायौं ।

यस्ता कुराले हाम्रो बालमस्तिष्कमा नराम्ररी डेरा जमायो । अनी हामी सानै देखी धनलाई तुच्छ ठान्न थाल्यौं ।

यतीले मात्र पुगेन हाम्रो धर्मले भन्यो -'यो संसार भनेको दु:खको सागर हो । यस बाट पार पाउन धर्म गर्नु पर्छ । दान गर्नु पर्छ ।' धर्मले दान गर्नु पर्छ त भन्यो तर धन कसरी कमाउने भनेन । यदी हामीसँग धन नै छैन भने के दान गर्ने ? फुँइय्या दान गर्नु ?

अनी पुरोहितहरुले भने- 'धर्म कमाउन यज्ञ गर्नु पर्छ । धान्याचल पर्बत खडा गर । ब्राह्मण भोजन गराऊ । काशी जाऊ । ॠषिकेश जाऊ । बनारस जाऊ । पन्डा-पुरोहितलाई खुशी तुल्याऊ । गंगा, त्रिबेणीमा नुहाऊ । अनी हुन्छ धर्म ।'
'जसो-जसो बाहुन बाजे उसो-उसो स्वाहा !' भन्दै हामीले आगोमा अन्न र घिउ जस्ता प्राकृतिक सम्पत्ती धर्म को नाममा डढाएर भष्म बनायौं । यज्ञ पनि कस्ता कस्ता - खोर्सानी यज्ञ रे ! कालसर्प यज्ञ रे ! अनी अश्व दान, गौदान, स्वर्ण दान । के-के हो के-के ? सबै स्वहा पार्नु पर्ने रे !
 
लाख बत्ती बालेर घिउ र कपासको नाश गर्यौ । शतबीज छर्ने भनेर हजारौं क्विन्टल अन्नको नाश गर्यौ । अनी कहाँबाट हुन्छ हामीसँग पैसा ?

पैसा उठाएर मन्दिर बनायौं, तर बाटो बनाएनौं । विश्वमा हाम्रोमा जती मठ-मन्दिर अन्त छैनन् । बिनोद चौधरीसँग के पैसा छ र ! जती पशुपतीनाथमा छ । मठ-मन्दिरमा करोडौं नगद, सुन-चाँदी त्यत्तिकै फ्रिज भएर बसेको छ । तर मुलुक गरीब छ । कर्णाली र हुम्ला-जुम्लाको के कुरा भो र ! काठमान्डुमै एकदिन काम भएन भने जहान-परिवारले भोकै सुत्नु पर्ने अनगिन्ती गरीब परिवारहरु छन् । त्यसमाथी बेला-बेला हुने 'नेपाल बन्द'ले त उनिहरुको मात्र नभएर अर्थतन्त्र नै तहस-नहस हुने गरेको छ ।

हामी गरीब छौं, त्यसैले हाम्रो सोच छ -'धनी हुन पाप नगरि हुन्न धनीजती गरीबको लुटेर धनी भएका हुन्' । ओशो भन्छन् -'गरिबसँग कहिले सम्पत्ती थियो र धनीले लुट्छ ?'

धनप्रती हामीले कहिलै सम्मान गरेनौं । देबी लक्ष्मीको पूजा आराधना त गर्यौ तर लक्ष्मी कमाउने जतिलाई तिरस्कार मात्र गर्यौ । देशको निती पनि धनीप्रती जहिले पनि नकारात्मक नै रहेको छ । कसरी हुन्छ बढी ट्याक्स लिने भन्ने ध्याउन्नमा मात्र सरकार लागि रह्यो । राजनितिक दलले पनि जनतालाई धन कमाउने अवसरभन्दा दिन्छौ भन्नु भन्दा धनीको धन लुटेर बाँडछौ । सबैलाई समान बनाउँछौ भन्दै आशा मात्र बाँडे ।
सम्पत्तीको नाममा कुखुरा समेत पाल्न नहुने, 'धनी हुनु अभिसाप हो' भन्ने चीनमा देङ स्याओ पिङले 'धनी हुनु राम्रो कुरा हो ।' भने पछीको चीन हेर्नुस् । आज कहाँ पुग्यो । हिजोको गरीब मुलुकहरु भारत, चीन, सिङगापुर, मलेसियाहरु आज संसारका सबभन्दा धेरै धनीहरु बस्ने मुलुकको रुपमा परिचय बनाएकाछन् ।
त्यती भएता पनि विश्व आँकडामा हामी नेपालीको 'ह्याप्पीनेश लेबल' बढी छ रे । आखिर किन ? हामीलाई धर्मले भनेको छ - 'सन्तोषम् परम शुखम् !' अर्थात जत्ती छ त्यत्तीमै चित्त बुजाऊ ।
Post a Comment