Thursday, October 4, 2012

जातीय राजनीति र अबको बाटो !


- योगेश खपाङगी

१० हजार बर्ष अघी जस्लाई अहिले हामी हिन्दू धर्म भन्छौं त्यो धर्म थिएन; एउटा संस्कार थियो । ठुलो-सानो जात ब्यवस्था थिएन । जब भ्रिगु ॠषिले आदीराजा मनुले लेखेको भनेर 'मनुस्म्रिती' ग्रन्थको पुनर्लेखन गरे, त्यसपछी मनिसलाई ब्राह्मड, क्षत्रीय, बैश्य, शुद्र गरी चार जातमा बिभक्त गरे । त्यस्पछी जस्लाई उँचो जातको पगरी भिराइयो उनिहरुले जातिप्रथालाई बढाउन अझ मलजल गरे । एकातिर हेपिए भने आफुभन्दा सानो भनिएकालाई अझ काठोर तरिकाले हेप्न-पेल्न शुरु गरियो । स्त्रीलाई अझ दबाइयो । दोस्रो दर्जाको ठानियो अनी धर्म कर्ममा लगाइयो र मुलराजनीतीबाट हटाइयो । निषेधको राजनीती सुरुवात भयो । त्यहींबाट हिन्दू धर्मको नाशहुने क्रम पनि शुरु भयो ।

मनुले रोपेको बिषब्रिक्ष बढदै र झाँगिदै गयो । साथसाथै हिन्दूबाट अहिन्दू हुने क्रम पनि शुरु भयो । हिन्दू धर्ममा बिभिन्न गुट र उपगुट बन्न थाले । जस्लाई सानो जात, म्लेच्छ भनियो; उनिहरुले धर्म परिवर्तनमा जोड दिन थाले । सामाजिक एकता भङग हुन थाल्यो । वास्तवमा मनु र भ्रिगु हिन्दू संस्कारका अपराधीहरु हुन् । जस्ले सम्रिद्ध र अनुशासित हिन्दू संस्कारलाई हिन्दू धर्म बनाए अनी धर्मलाई राजा र ब्राह्मडबादको चंगुलमा फसाये । जातिपाती, छुवाछूत प्रथा भित्र्याउने मनु र भ्रिगुलाई ॠषि भन्दै अहिले हामीले भगवानको दर्जा दिएका छौं । तर जातीप्रथा (खासगरी ब्राह्मणबाद)को  बिरोध गर्नेलाई नास्तिक भन्दै तिरस्कार किन गरिएको हो र कस्कालागी त्यसो गरिन्छ भन्ने बुझ्न प्रयास गरेमा त्यती गाह्रो छैन !

एमाले, काँग्रेस लगायतका पार्टीहरुबाट छुटेकाहरुको पनि राजनीतिक लक्ष्य जातिपाती र ब्राह्मणबाद बिरोधी हो भने त ठिकै हो । नत्र पद, पैसा र राजनीतिक भागबन्डाको लागि पार्टी खोल्ने तर्खर गर्या हो भने त यिनिहरुको पतन पनि निश्चित छ । यदी अशोक राईहरुको बुद्दी छ भने अझै पनि आ-आफ्नो मुल पार्टिमा बसुन् । अनी अब खोल्ने भनिएको पार्टीलाई एउटा शशक्त प्रेसरग्रुपमा रुपान्तरण गरुन् । त्यसो भएमा मङोल मात्र होइन, गैह्र मङगोल, दलित, गैह्र हिन्दू को पनि त्यस्तो प्रेसरग्रुपमा आकर्षण बढ्ने छ । आखिर लोकतान्त्रिक ब्यवस्थाको मेरुदन्ड भनेको चुनाव न हो । चुनावमा राजनीतिक पार्टीहरुसंग प्रसस्त बार्गेनिङ गर्न सकिन्छ । अहिलेभन्दा सजिलो बाटोबाट आफ्न एजेन्डाहरु लागू गराउन सकिन्छ । प्रेसरग्रुपको फाईदा के पनि छ भने; आफ्न समुहको मान्छे जुनसुकै पार्टिमा त हुने नै भये । त्यसमाथी राजनीतिक पार्टिहरु ठुलो भोटबैंक हो भनेर सधैं भरी डराइराख्ने र जतिसक्दो धेरै प्रलोभनहरु दिनेछन् ।

झट्ट हेर्दा जातिबादी राजनीती गरेको वा पार्टी खोलेको गैरब्राह्मणहरुको नजरमा राम्रो देखिये पनि अन्तत: यस्ले सामाजिक संरचना र गठबन्धनलाई चकनाचुर पार्ने छ । आपसी जातीय भेदभाव अझ्झ बढेर जाने छ । जातिययुद्ध शुरु हुनेछ । देशको बिकास, मानिसको चेतनास्तर अझै पछाडि धकेलिने छ । जातको नाम नलीई कसैले असल बिचार राखेर राजनीती गर्न सक्ने छैन । बिचारको होइन, जातको राजनिती हुनेछ अनी भारत, बर्मा र सोमालियामा जस्तै एक जातिको मान्छेले अर्को जातिको मान्छेको रगत खानेछन् । त्यसैले आजको आवश्यकता जातिबादी पार्टी होइन, जातीबिरोधी प्रेसरग्रुपको हो ।▪

No comments: