Showing posts with label Journalism. Show all posts
Showing posts with label Journalism. Show all posts

Monday, February 9, 2009

अपराधीहरुको मुन्टो लुकाउने थलो नबनोस पत्रकारिता !

दक्षिण एसियामा 'कम्म्युनिटी रेडियो' चलाऊने देश हाम्रै पहिलो हो रे ! रंगिन टिभी र डिजिटल फोन चलाऊनेमा हामी भारतभन्दा अघी रे ! बिक्रम संबत २०४६ साल पछी हामीले सबैभन्दा बढी बिकास गरेको मिडिया छेत्रमा नै हो । च्याउसरी पत्रिका निस्किन थालेको त्यसैबेला देखी हो । एसबाट हाम्रो देशबासीले सबै किसिमका सुचना पाएका छन भने थुप्रै नवपत्रकारले रोजगारी समेत पाएका छन । यो अत्यन्त राम्रो कुरा हो .

बिगत केही समयदेखी नेपाली पत्रकार र पत्रकारिता नै समाचार बनीरहेको छ । राम्रो नराम्रो दुबै कारणले चर्चित रह्यो आमसन्चार क्षेत्र । खास्गरी ॠषि धमला कान्डले धेरै बद्नाम बनायो पत्रकारितालाई अहिले । एसबाट अहिले सिङगो पत्रकारिताजगत नै दुई खेमामा बाडिएको छ; धमलाको समर्थन गर्ने र नगरनेमा ! अहिले केही पत्रकारहरु नांगो रुपमा धमलाको पक्षमा उत्रिएका छन भने भने केही बिरोधमा ।

नेपाली पत्रकारहरुलाई लेख्न त धेरै आउँछ तर के लेख्नुपर्छ भन्ने हेक्का छैन, आम पाठकले भन्न थालेका छन अचेल । वास्तवमा भन्ने हो भने स्वतन्त्र पत्रकारिता गरेको खोइ हामीले ! कोही काँग्रेसी खेमाका रे ! कोही एमाले, कोही माओबादी, कोही राजतन्त्रबादी त कोही भारतबादी रे ! अमेरिकाबादी, चिनबादी इत्यादी । 'कागले कान लग्यो भनेर कागको पछी दगुर्ने' हामीमा खै त चेत ? 'स्कुप' मार्ने दाउमा हामी 'मुतेकोलाई हग्यो, हगेकोलाई छेर्यो र छेरेकोलाई मर्यो' (एकदम 'रफ लाङ्वेज' प्रयोग गरेकोमा माफि चाहन्छु) भनी समेत लेखछन हाम्रा पत्रकार बन्धुहरुले । देशले अती गोप्य राख्नुपर्ने जानकारी पनि 'सुचना हाम्रो अधिकार' भन्दैमा छरपस्ट पार्याछन ! कसैको बिल्कुलै निजी कुरापनी छापेर सामाजिक मर्यादा समेतको ख्याल राखेनन पत्रकारले ! तर, धमलाहरुको कुक्रित्य थाहा पाएर पनि बगलिमा सुटुक्क 'चिया खर्च' हालिदियो भन्दैमा उसैको अनुहार देखिनेगरी 'फ्रोन्ट्पेज'मा फोटो छाप्ने र टिभिमा 'क्लोजअप सट' मा उसैलाई देखाउने हामी पत्रकार भनौदाले खै त धमलाको स्वतन्त्र छानबिन गरेको ? उल्टै बिना आधार नक्कली भन्ने र पत्रकारिताको बखान गर्ने? यो पितपत्रकारिता नभएर के हो त? बरु ॠषि धमला साँच्चैको अपराधी हो कि होइन भनी किटान गर्न नेपाल प्रहरिलाई सघाऔँन हामीले । के 'टाइकुन'हरुले भने बमोजिम समाचार लेख्नु मात्रै लक्ष्य हो त हाम्रो ? कि पत्रकारिता हाम्रालागी फगत एक पेसा मात्र हो त ? राष्ट्रप्रती हाम्रो केही जिम्मेदारी छैन त हाम्रो ? त्यसै त निजी संचारमाध्यमलाई कालो धनलाई सेतो धनमा परिवर्तन गर्ने भाँडो हो भन्ने आरोप लाग्ने गरेको छ । त्यसमाथी यदी यस्तै तरिकाले अपराधीहरुलाई (मेरो आशय धमला अपराधी नै हुन भन्ने होइन, एसबारेमा अहिलेनै ठोकुवा गर्न सक्दिन) पत्रकारिताको आवरण ओढेकै भरमा संरक्षण दियौं भने भोलिका दिनमा पत्रकार महासंघ अपराधीहरुको मुन्टो लुकाउने थलो बन्नेछ । पत्रकारिता एउटा बदनाम पेशा बन्ने छ ।

- योगेश खपांगी