Monday, May 6, 2013

जीवन दर्शन !


रजनीशले 'भिंडको बुद्धी हुँदैन' भन्थे । हिटलरले पनि यो कुरा राम्रोसँग बुझेका थिए । हिटलरले भिँडको राजनीति गर्न महारथ हासिल गरेका थिए । उन्ले प्रोपोगान्डा क्रिएट गर्न पाउल जोसेफ गोयबल्सलाई मन्त्री राखेका थिए । जब हिटलर डरलाग्दो र भयानक शैलीमा भाषण गर्थे; गोयबल्सले भाडामा राखेका मान्छेले भिंडको चारै तिरबाट ताली बजाउँथे । एउटाले ताली बजाए पछी अरुले पनि बजाउने भिंडको चलन नै हो । अनी भिंडले हिटलरको शब्द-शब्दमा ठुलो गड्गडाहटकासाथ ताली बजाउँथ्यो । हिटलरले 'मर्न जाऊ' भनेर आदेश दिए पनि भिंड तयार हुन्थ्यो ।

तपाईंले पनि बिचार  गर्नु भएको होला, भिँडको पछी लागियो भने आफु कहाँ पुगियो, कती हिंडियो, के-के गरियो; केही थाहा हुँदैन अनी खाना-पिना, भोक-प्यास- सुद्धी-बुद्धी सब हराउँछ । एउटाले 'ठोक-ठोक' भन्यो भने भिंडले ठोक्छ । अनी अर्कोले 'ढुङ्गा हानौं' भन्यो भने भिंडले 'किन हान्ने ?' भनेर प्रश्न गर्दैन । बरु जतापायो त्यतै ढुङ्गा हान्न थाल्छ ।

त्यसैले भिंडले के भन्दैछ ? त्यो नसुन्नुहोस् अनी तुरुन्तै नपत्याउनुहोस् । भनिन्छ सबको आत्मामा भगवान छ । तपाईंको आत्माले के सही र सत्य हो भन्छ; त्यही मात्र सुन्नुहोस् । बहुसंख्यकले भनेको भन्दैमा त्यो नै ठीक र सत्य हो भन्ने छैन । 'अरुले के भन्लान् !' भन्ने रोगबाट मुक्त हुन जरुरी छ । भरसक आफुलाई भिंडबाट अलग राख्नुहोस् ।

- योगेश कुमार खपाङ्गी

No comments: