Friday, November 23, 2012
Friday, November 16, 2012
भिंडतन्त्र
- योगेश कुमार खपाङगी
त्यस्तै घटना मलाई पनि जनआन्दोलन भाग-२ मा भयो । त्यतीखेर म 'गोरखापत्र'मा काम गर्थें । कुनै पनि कर्मचारी आन्दोलनमा लागेमा 'जाच' (जागिर चट्ट) सम्म हुनेछ भनेर अफिसले उर्दी जारी गर्या'थ्यो । तापनी आन्दोलनमा सरिक हुन मेरो पायकको ठाँउ गोङगबुसम्म पुगें । भींडमा सामेल भएको एक्कै छिन मात्र भा'थ्यो । एउटा डेढअक्कलीले मलाई त 'सरकारी जासुस' पो भन्यो । अनी मैले त्यसै बेला झल्यास्स सुरेश अंकललाई सम्झें । अनी कुलेलम ठोकें ।
ओशोले भनेका छन् - 'भिंड्के हिस्सा मत बनो । क्यों कि भिंडके पास बुद्धी नही होते हैं ।' ठिकै भनेका होलान् । वास्तवमा लोकतान्त्रिक ब्यवस्थाको सबै भन्दा नराम्रो पक्ष भनेकै यही हो; 'भिंडको निर्णय ठीक भन्नु पर्छ, चाहे त्यो गलत नै किन नहोस् ।'
हुनत विश्वपरिस्थिती हेर्दा लोकतन्त्र भन्दा अरु गतिलो ब्यवस्था नै छैन । तापनी लोकतन्त्रको भनेको 'भिंडतन्त्र' पनि हो भन्दा गलत नै चैं नहोला कि ।▪
Tuesday, November 13, 2012
लोककथा
आहारिसेलाई सजाय !
कुनै गाउँमा दुई किसान दाजु-भाइ थिए । बाउले अंशमा बराबर खेत र बचेखुचेको सम्पत्ती दिएको भये पनि भाईको घरमा सुखै-सुख, दाईको घरमा दु:खै-दु:ख थियो । दाईचैंको एउटा घोडा थियो । त्यसैले खनजोत गरेर हात-मुख जोर्दै थियो । अभागी मोरोलाई जताबाट पनि दु:खै-दु:ख; एउटा भएको घोडा पनि मर्यो । खेत जोत्न खाँच्चै परेपछी भाईसँग घोडा माग्न गयो ।
भाईले भन्यो - 'पहिला मेरो खेत जोतिदे अनी मात्र तेरो जोत्न लैजा ! काम सकिने बित्तिकै घोडालाई दाना-पानी ख्वाएर खुरुक्क ल्याउलास् !'
'हस् !'- दाईले बिन्ती बिसायो ।
मरी-मरी भाईको खेत जोतिरहेको थियो । त्यसैबेला कसैले खित्का छोडेर हाँसेको सुन्यो । दांया-बाँया हेर्यो कोही थिएन ।
डराउँदै दाईचैंले भन्यो - 'को हो यसरी मलाई खिल्ली उडाएर हाँस्ने ? अगाडि देखा पर !'
एउटा डरलाग्दो आक्रिती देखा पर्यो र भन्यो - 'म तेरो दुर्भाग्य हो ! तेरो घरमा मेरो बास छ । तँलाई म अत्ती मनपराउँछु । त्यसैले तँलाई म जिन्दगी भर छोड्दिन बुजिस् !' भनेर त्यो डरलाग्दो आक्रितीले फेरी अट्टहास गर्यो ।
डरले हतार-हतार भाईको खेत जोतीसकेर आफ्नो खेत जोत्न थाल्यो ।
गरीब भए पनि सधैं हाँसी-खुशी रहने दाईलाई आज अत्ती दुखी देखेर कसैले सोध्यो - 'के भो ? आज किन यती दुखी छौ ?'
फेरी भयभित हुंदै दाई सोध्यो - 'पहिला भन, को हो तिमी ?'
एउटा सानो बाँसको छेस्का देखा पर्यो र भन्न लाग्यो - 'म तिम्रो भाग्य हो ! के भो तिमीलाई ? बताऊ !'
अभागी दाईले सबिस्तार सबै कुरा सुनायो ।
उपाय सुझाउंदै बाँसको छेस्काले भन्यो - 'कुनै उपाय गरेर त्यो दुर्भाग्यलाई बोरामा हालेर घरभित्र नै पुरिदेऊ । अनी मलाई लिएर शहर जाऊ, अनी ब्यापार गर !'
अभागी दाईले छेस्काले भने अनुसार नै गर्यो र शहरमा गएर टूथपिक (दाँत कोट्याउने बाँसको छेस्का) लगायतको ब्यापार गर्यो । ब्यापार चम्किएर दाई चैं शहरकै नामी धनी बन्यो ।
दाई चैं धनी भएर आफु समान भएको थाहा पाएर भाई चैंलाई रात भरी निन्द्रा लागेन । अनी धन कमाएको रहस्य थाहा पाउन एकदिन भाई चैं दाइको घरमा पाहुना लाग्न गयो । खानपान गरिसकेपछी भाईले दाईलाई रहस्य बताउन अनुरोध गर्यो । सोझो दाईले सबै कुरा सबिस्तार सुनायो । रहस्य थाहा पाएर मक्ख पर्दै गाँउ फर्कियो । अनी दाईको घरमुनी बोरामा गाडीएको दुर्भाग्यलाई निकालेर स्वतन्त्र गर्दियो । अट्टाहास गर्दै खुशी भएर दुर्भाग्यले भाई चैंलाई धन्यवाद दियो ! त्यसपछी भाईले भन्यो - 'ए मेरा प्यारा दुर्भाग्य ! तिम्रा मालिक अहिले शहरमा छन् ! जाऊ अब उन्कोमा ! तिमीलाई मैले स्वतन्त्र गर्दियें !'
दुर्भाग्यले खुशी हुँदै भन्यो - 'चिन्नु न जान्नुको ठाउँमा अब म कता जाउँ । मेरो मालिक यो संसारमा कोही छैन । म नै आफ्नो मालिक हुँ । मलाई जता मन लाग्यो त्यतै बस्छु । तिमी यती असल मान्छे रहेछौ । अब म तिमीलाई जिन्दगीभर छोड्ने छैन !'
यती भनेर दुर्भाग्यले फेरी अट्टहास गर्यो !▪
Monday, November 12, 2012
'नेगेटिव थिन्किङ'को परिणाम !
- योगेश कुमार खपाङगी
साइकल सिक्दा नलढ्ने मान्छे को होला ? कसै-कसैले त मान्छे समेत ठोकेका होलान् । मैले पनि ठोकेको छु । त्यस्तो किन हुन्छ ? जुन कुरा हामीले चाहेका थिएनौं । तर त्यही कुरा किन हुनुपरेको होला ? मेरो बिचारमा 'नेगेटिव थिन्किङ'को कारण हो । हामी कुनै कुरा 'कसरी राम्रो गर्न सकिन्छ' भन्दा पनि त्यो कुरालाई 'नराम्रो हुनबाट कसरी बचाउने' भन्ने तिर लाग्छौं । त्यसै कारण हामीले चलाएको साइकल-मोटरसाइकलले मान्छे, पशु वा बिजुलिको पोल ठोक्छ ।
हामी कुनै काम शुरु गर्नुपूर्व नै भगवान गणेशको पुजा गर्छौ; ता कि काम शुरु गरेपछी नबिग्रियोस्, बिघ्नबाधा नआवोस् भनेर । तर यदाकदा मात्र हामीले थालेको काम सफल हुन्छ । किन ? उत्तर हो -'नेगेटिव थिन्किङ'! हामीलाई आफुमाथी नै पट्टकै भरोसा छैन, झन् अरुमाथी त हुने कुरै भएन । हामीलाई त कथित देवता माथी मात्र भरोसा छ । अनी देवता खुशी पार्न पट्टी मात्र ध्यान छ हाम्रो ।
काम गर्नेको इज्जत छैन हाम्रोमा । स्वदेश वा बिदेशमा मिहिनेत-मजदुरी गर्नेलाई-'भाँडा माझ्नेहरु, कुखुरा काट्नेहरु, फोहोर सोर्नेहरु, चिहान खन्नेहरु, लेबरहरु, खातेहरु' भनेर हियाएर बोल्छौ । तर रामनामी गेरुवस्त्र लगाउने वाक्पटुहरुलाई चैँ 'श्री १०८ गुरु' भनेर साष्टाङगदन्डवत्, मान-सम्मान गर्छौ हामी नेपाली । अनी कसरी बन्छ त हाम्रो देश ? हाम्रो सामाजिक ढाँचा देखेर पनि दिक्क लागेर आउँछ मलाई त !▪
साइकल सिक्दा नलढ्ने मान्छे को होला ? कसै-कसैले त मान्छे समेत ठोकेका होलान् । मैले पनि ठोकेको छु । त्यस्तो किन हुन्छ ? जुन कुरा हामीले चाहेका थिएनौं । तर त्यही कुरा किन हुनुपरेको होला ? मेरो बिचारमा 'नेगेटिव थिन्किङ'को कारण हो । हामी कुनै कुरा 'कसरी राम्रो गर्न सकिन्छ' भन्दा पनि त्यो कुरालाई 'नराम्रो हुनबाट कसरी बचाउने' भन्ने तिर लाग्छौं । त्यसै कारण हामीले चलाएको साइकल-मोटरसाइकलले मान्छे, पशु वा बिजुलिको पोल ठोक्छ ।
हामी कुनै काम शुरु गर्नुपूर्व नै भगवान गणेशको पुजा गर्छौ; ता कि काम शुरु गरेपछी नबिग्रियोस्, बिघ्नबाधा नआवोस् भनेर । तर यदाकदा मात्र हामीले थालेको काम सफल हुन्छ । किन ? उत्तर हो -'नेगेटिव थिन्किङ'! हामीलाई आफुमाथी नै पट्टकै भरोसा छैन, झन् अरुमाथी त हुने कुरै भएन । हामीलाई त कथित देवता माथी मात्र भरोसा छ । अनी देवता खुशी पार्न पट्टी मात्र ध्यान छ हाम्रो ।
काम गर्नेको इज्जत छैन हाम्रोमा । स्वदेश वा बिदेशमा मिहिनेत-मजदुरी गर्नेलाई-'भाँडा माझ्नेहरु, कुखुरा काट्नेहरु, फोहोर सोर्नेहरु, चिहान खन्नेहरु, लेबरहरु, खातेहरु' भनेर हियाएर बोल्छौ । तर रामनामी गेरुवस्त्र लगाउने वाक्पटुहरुलाई चैँ 'श्री १०८ गुरु' भनेर साष्टाङगदन्डवत्, मान-सम्मान गर्छौ हामी नेपाली । अनी कसरी बन्छ त हाम्रो देश ? हाम्रो सामाजिक ढाँचा देखेर पनि दिक्क लागेर आउँछ मलाई त !▪
Thursday, November 1, 2012
नीतीकथा
पाप र धर्म
तर छिमेकीले खुच्चिङ मान्दै भनेछ -
'कुन जन्ममा पाप गरेको थियो, एउटा भएको घोडा पनि हरायो !'
केही समय पछी छोडेर हिंडेको घोडाले सातवटा जङगली घोडा लिएर घर फर्केछ ।
आठवटा घोडा पाये पनि गाँउले दङग थिएन ।
तर छिमेकीले आरिश गर्दै भनेछ -
'कुन जन्ममा धर्म गरेको थियो, हराएको घोडाले समेत सातवटा जङगली घोडा लिएर फर्कियो !'
एकदिन गाँउले सानो छोरो जङगली घोडामा चढ्दा पिठ्युबाट लडेर खुट्टा भाँचेर लंगडो भएछ । गाँउले बिचलित भएन ।
तर छिमेकीले खुच्चिङ मान्दै भनेछ -
'कुन जन्ममा पाप गरेको थियो, एउटा भएको छोरा पनि लंगडो भयो !'
पछी देशमा युद्ध सुरु भयो । सबै युवाले अनिबार्य सैनिकहरुसंग लडाँइमा जानुपर्ने भयो । गाँउलेको छोरो लंगडो भएको हुनाले लडाँइमा जानु नपर्ने भयो । फेरी पनि गाँउले दङग परेन ।
तर छिमेकीले दिक्क मान्दै भनेछ -
'कुन जन्ममा धर्म गरेको थियो, पराइको त छोरोपनी कती भाग्यमानी ! युद्धमा जानै परेन !'▪
- ताओ नीतीकथा
Sunday, October 21, 2012
मेरो दशैं :
पाराखोपीका किराना पसले पाजुले दसैंमा जहिले पनि दुई छोराहरुलाई पन्चायतकालिन पुलिस ईन्सपेक्टरको जस्तो रेडिमेड लुगा किन्दिन्थे । त्यो लुगामा एउटा सिट्टी, नक्कली बन्दुक र नक्कली मेडलहरु हुन्थ्यो । अनी क्याप पनि सेटमै आएको हुनेरहेछ ! खै किन हो पाजुले जुनसुकै दसैंमा पनि केटाहरुलाई त्यही लुगा किन्दिन्थे ।
'त्यस्तै लुगा लगाएर बन्दुक पड्काउँदै हिंड्न पाये!'- मलाई रहर लाग्थ्यो । किन-किन मलाई त्यो लुगा अत्यन्तै आकर्षक लाग्थ्यो ।
आमालाई त्यस्तै लुगा किन्दिन जिद्दी गरें । तर बुवाले 'त्यस्तो लुगा पनि लाउँछन् ? लाज पो हुन्छ त !' भन्नुभयो र कहिले किन्दिनु भएन ।
'बरु बाबु तलाईं म 'ली'को पेन्ट र 'वारीयर' जुता किन्दिन्छु'- आमाले भन्नु भयो ।
त्यो बेलामा लीको पेन्ट सितिमिती केटाकेटीले लाउन पाउँदैनथे त्यसमाथी वारीयर जुत्ता ! हेर्दा अहिलेको गोल्डस्टार जस्तै मोडलको हुन्थ्यो वारीयर जुत्ता । म बल्ल-बल्ल राजी भयें । अनी त्यो पालीको दसैंमा म लीको पेन्ट, वारीयर जुत्ता र पहेंलो रङको गोलगलाको टि-शर्टमा ठाँटिएर हिंड्न पाँये । तर मलाई पाजुका छोराहरुले लाये जस्तो ईन्सपेक्टरको लुगाले आकर्षित गरिराख्यो !
अहिले सम्झिँदा तीं रहरहरु, त्यो पाराखोपी टोल, त्यो बालापन अनी त्यो दशै खुब रमाइलो लाग्छ !▪
'त्यस्तै लुगा लगाएर बन्दुक पड्काउँदै हिंड्न पाये!'- मलाई रहर लाग्थ्यो । किन-किन मलाई त्यो लुगा अत्यन्तै आकर्षक लाग्थ्यो ।
आमालाई त्यस्तै लुगा किन्दिन जिद्दी गरें । तर बुवाले 'त्यस्तो लुगा पनि लाउँछन् ? लाज पो हुन्छ त !' भन्नुभयो र कहिले किन्दिनु भएन ।
'बरु बाबु तलाईं म 'ली'को पेन्ट र 'वारीयर' जुता किन्दिन्छु'- आमाले भन्नु भयो ।
त्यो बेलामा लीको पेन्ट सितिमिती केटाकेटीले लाउन पाउँदैनथे त्यसमाथी वारीयर जुत्ता ! हेर्दा अहिलेको गोल्डस्टार जस्तै मोडलको हुन्थ्यो वारीयर जुत्ता । म बल्ल-बल्ल राजी भयें । अनी त्यो पालीको दसैंमा म लीको पेन्ट, वारीयर जुत्ता र पहेंलो रङको गोलगलाको टि-शर्टमा ठाँटिएर हिंड्न पाँये । तर मलाई पाजुका छोराहरुले लाये जस्तो ईन्सपेक्टरको लुगाले आकर्षित गरिराख्यो !
अहिले सम्झिँदा तीं रहरहरु, त्यो पाराखोपी टोल, त्यो बालापन अनी त्यो दशै खुब रमाइलो लाग्छ !▪
मेरो दशैं :
भएछ के भने; त्यो बेलामा मेरो बुवा सानै उमेरको हुनुहुन्थ्यो रे । घरमा एउटा लाम्काने बाख्राको पाठो थियो रे । त्यो पाठोको नाम मेरो बुवाले 'अशोक' राखिदिनु भएछ । अशोक भनेर जस्ले बोलाये पनि खुरुक्क आइपुग्थ्यो रे । सानो-छुनुमुनु गर्दै, बुरुक्क-बुरुक्क उफ्रिदै घरका सबै केटाकेटीसँग खेल्थ्यो रे अशोक । परिवारको एउटा सदस्य थियो रे अशोक । जब अशोक हट्टा-कट्टा र बलियो भयो । हजुरबुवाले यसपाली को दशैमा यस्लाई काट्ने भन्न थाल्नु भयो रे । हजुरबुवाको बिरोध गर्ने आँट कसैसँग थिएन रे । नभन्दै दसैं पनि आयो । अब मार हान्नलाई सबै कुरा ठीक-ठाक पारीएछ । हतियार भेला पारीयो, पानी तताइयो अनी हजुरबुवाले 'खसी लिएर आइज' भनेर जेठो छोरो(मेरो बुवा)लाई अराउनु भएछ । अनी बुवाले 'अशोक' भनेर बोलाउने बित्तिकै खुरुक्क मार हान्ने ठाउँमा आइपुगेछ । हजुरबुवाले पूजा-पाठ गरेर अशोकलाई काट्नु भएछ । तर, घरका सबै केटाकेटी रोये रे । मासु त कसैले नि छोएन रे । घरका कसैले नखाएपछी मासु फ्याकियो रे । त्यसबेलादेखी हजुरबुवाले घरमा काट्मार बन्द गर्नुभएछ । अहिलेसम्मा हाम्रोमा काट्मार गर्ने चलन छैन ।▪
Friday, October 19, 2012
Saturday, October 13, 2012
दशै कस्को ?
- योगेश खपाङगी
सधैंको बर्ष झै यसपाली पनि संसारभरिका नेपालीलाई दशैले झ्याप छोपेको छ । सधैं झै यसपाली पनि शुभकामना दिने-लिने तथा खुशीयाली बाँड्ने क्रम शुरु भएको छ
तर केही भिन्न बिचार राख्नेहरु सधैं झैं 'दसैं बहिस्कार' आन्दोलनमा पनि लागिसके ।
आखिर किन हुन्छ त जहिले पनि दशैको बिरोध ! स्वाभाबिक छ । दशैलाई 'हिन्दूहरुको मात्र चाड' भन्ने गरिएको छ; त्यसैले हुन्छ दशैको बिरोध । तर बुझ्नुपर्ने कुरा के हो भने दसै कुनै अमुक जाति र हिन्दूहरुको मात्र पेवा होइन । यो त सबै धर्म मान्ने नेपाली जातिको साझा संस्क्रिती हो । पहिला दसैं भनेको चैतमा थियो । चैते दसैं भनेको थाहा छ होला नि ! ईतिहास साक्षी छ; चैतमा मौसम अनुकुल नभएको र कामको चटारो हुने बेला भएको हुनाले यस्लाई सफा र ठीक्कको मौसम न जाडो-न गर्मी अनी कामको चटारो पनि नहुने बेला असोजमा सारीएको हो । चैते दसैंलाई सानो दशै र असोजमा आउने दसैंलाई बडा दसैं भन्न थालिएको हो ।
पहिला दशै भनेको सारा नेपालीको साझा चाड थियो । पछी मात्र यस्लाई हिन्दूको चाडको रुपमा प्रचार गरिएको हो । दुर्गा माता र भगवान रामसँग हाम्रो साझा चाड दशैको बारहातको साईनो पनि थिएन र छैन पनि । समयक्रममा पछी यस्लाई ब्राह्मणीकरण गरिएको हो । तागाधारीले 'हाम्रो पेवा चाड' भनेपछी गैरतागाधारीहरुले 'तिमीहरुको चाड हामीले किन मान्ने' भनेर छाड्दै लगेको मात्र हो । बास्तवमा रामले रावणलाई मारेको खुशीयालीमा अथवा दुर्गामाताले महिशासुरलाई मारेको उपलक्ष्यमा हामीले दशै मान्न थालेको पनि होइन । अनी निधारमा लगाउने गरेको रातो चामलको अक्षता पनि कुनै महिशासुरको रगत मुछेर लगाउने गरिएको पनि होइन । बुढापाकालाई सोधे हुन्छ, दही र चामलमा रातो रङ राख्ने चलन त भर्खरै भित्रिएको मात्र हो । यो त हाम्रो नितान्त मौलिक र नेपाली मात्रको चाड हो । यदी यो चाड हिन्दूहरुको मात्र थियो भने खै त भारतीय हिन्दूहरुले मानेका ? भारतीय हिन्दूहरुको दशहरा भनेको दशमीदेखी नै सकिन्छ । जबकी हाम्रो खास रमाइलो दशै चैं दशमीदेखी शुरु हुन्छ । नातामा आफुभन्दा ठुलाबाट चामल र दहिमा मुछिएको टिका लगाउने, जमरा लगाउने आशिर्बाद लिने, सानालाई आशिर्बाद दिने, भेला भएर खानपान गर्ने, नयाँ कपडा लगाउने, दक्षिणा दिने, लिङगे पिङ खेल्ने लगायतका कामहरु सम्पूर्ण हिन्दूहरुले गर्दैनन् । त्यसैले पनि हामीले मानी आएको दशै हिन्दूहरुको पेवा भनिठान्नु ठीक हुन सक्दैन ।
हाम्रो साझा चाड दसैंको धार्मिक भन्दा पनि सांस्कृतिक महत्व बढी छ । काम र रोजगारीका लागि टाढा-टाढा पुगेका र लामो समयसम्म भेट नभएको परिवारलाई पुनर्मिलन गराउँछ दशैले । केटा-केटीहरुलाई पारिवारिक महत्व बुझाउँछ दशैले । देश-बिदेशमा रहेका सबै नेपालीलाई एकसुत्रमा बाँध्ने काम गर्छ दशैले ।
दशैलाई 'हिन्दूहरुको महान चाड बिजया दशमी' नभन्नुहोस्, सट्टामा बडा दशै वा दसैं मात्र भन्नुहोस् ।
सबैलाई बडा दशैको शुभकामना !
सधैंको बर्ष झै यसपाली पनि संसारभरिका नेपालीलाई दशैले झ्याप छोपेको छ । सधैं झै यसपाली पनि शुभकामना दिने-लिने तथा खुशीयाली बाँड्ने क्रम शुरु भएको छ
तर केही भिन्न बिचार राख्नेहरु सधैं झैं 'दसैं बहिस्कार' आन्दोलनमा पनि लागिसके ।
आखिर किन हुन्छ त जहिले पनि दशैको बिरोध ! स्वाभाबिक छ । दशैलाई 'हिन्दूहरुको मात्र चाड' भन्ने गरिएको छ; त्यसैले हुन्छ दशैको बिरोध । तर बुझ्नुपर्ने कुरा के हो भने दसै कुनै अमुक जाति र हिन्दूहरुको मात्र पेवा होइन । यो त सबै धर्म मान्ने नेपाली जातिको साझा संस्क्रिती हो । पहिला दसैं भनेको चैतमा थियो । चैते दसैं भनेको थाहा छ होला नि ! ईतिहास साक्षी छ; चैतमा मौसम अनुकुल नभएको र कामको चटारो हुने बेला भएको हुनाले यस्लाई सफा र ठीक्कको मौसम न जाडो-न गर्मी अनी कामको चटारो पनि नहुने बेला असोजमा सारीएको हो । चैते दसैंलाई सानो दशै र असोजमा आउने दसैंलाई बडा दसैं भन्न थालिएको हो ।
पहिला दशै भनेको सारा नेपालीको साझा चाड थियो । पछी मात्र यस्लाई हिन्दूको चाडको रुपमा प्रचार गरिएको हो । दुर्गा माता र भगवान रामसँग हाम्रो साझा चाड दशैको बारहातको साईनो पनि थिएन र छैन पनि । समयक्रममा पछी यस्लाई ब्राह्मणीकरण गरिएको हो । तागाधारीले 'हाम्रो पेवा चाड' भनेपछी गैरतागाधारीहरुले 'तिमीहरुको चाड हामीले किन मान्ने' भनेर छाड्दै लगेको मात्र हो । बास्तवमा रामले रावणलाई मारेको खुशीयालीमा अथवा दुर्गामाताले महिशासुरलाई मारेको उपलक्ष्यमा हामीले दशै मान्न थालेको पनि होइन । अनी निधारमा लगाउने गरेको रातो चामलको अक्षता पनि कुनै महिशासुरको रगत मुछेर लगाउने गरिएको पनि होइन । बुढापाकालाई सोधे हुन्छ, दही र चामलमा रातो रङ राख्ने चलन त भर्खरै भित्रिएको मात्र हो । यो त हाम्रो नितान्त मौलिक र नेपाली मात्रको चाड हो । यदी यो चाड हिन्दूहरुको मात्र थियो भने खै त भारतीय हिन्दूहरुले मानेका ? भारतीय हिन्दूहरुको दशहरा भनेको दशमीदेखी नै सकिन्छ । जबकी हाम्रो खास रमाइलो दशै चैं दशमीदेखी शुरु हुन्छ । नातामा आफुभन्दा ठुलाबाट चामल र दहिमा मुछिएको टिका लगाउने, जमरा लगाउने आशिर्बाद लिने, सानालाई आशिर्बाद दिने, भेला भएर खानपान गर्ने, नयाँ कपडा लगाउने, दक्षिणा दिने, लिङगे पिङ खेल्ने लगायतका कामहरु सम्पूर्ण हिन्दूहरुले गर्दैनन् । त्यसैले पनि हामीले मानी आएको दशै हिन्दूहरुको पेवा भनिठान्नु ठीक हुन सक्दैन ।
हाम्रो साझा चाड दसैंको धार्मिक भन्दा पनि सांस्कृतिक महत्व बढी छ । काम र रोजगारीका लागि टाढा-टाढा पुगेका र लामो समयसम्म भेट नभएको परिवारलाई पुनर्मिलन गराउँछ दशैले । केटा-केटीहरुलाई पारिवारिक महत्व बुझाउँछ दशैले । देश-बिदेशमा रहेका सबै नेपालीलाई एकसुत्रमा बाँध्ने काम गर्छ दशैले ।
दशैलाई 'हिन्दूहरुको महान चाड बिजया दशमी' नभन्नुहोस्, सट्टामा बडा दशै वा दसैं मात्र भन्नुहोस् ।
सबैलाई बडा दशैको शुभकामना !
Thursday, October 4, 2012
जातीय राजनीति र अबको बाटो !
- योगेश खपाङगी
१० हजार बर्ष अघी जस्लाई अहिले हामी हिन्दू धर्म भन्छौं त्यो धर्म थिएन; एउटा संस्कार थियो । ठुलो-सानो जात ब्यवस्था थिएन । जब भ्रिगु ॠषिले आदीराजा मनुले लेखेको भनेर 'मनुस्म्रिती' ग्रन्थको पुनर्लेखन गरे, त्यसपछी मनिसलाई ब्राह्मड, क्षत्रीय, बैश्य, शुद्र गरी चार जातमा बिभक्त गरे । त्यस्पछी जस्लाई उँचो जातको पगरी भिराइयो उनिहरुले जातिप्रथालाई बढाउन अझ मलजल गरे । एकातिर हेपिए भने आफुभन्दा सानो भनिएकालाई अझ काठोर तरिकाले हेप्न-पेल्न शुरु गरियो । स्त्रीलाई अझ दबाइयो । दोस्रो दर्जाको ठानियो अनी धर्म कर्ममा लगाइयो र मुलराजनीतीबाट हटाइयो । निषेधको राजनीती सुरुवात भयो । त्यहींबाट हिन्दू धर्मको नाशहुने क्रम पनि शुरु भयो ।
मनुले रोपेको बिषब्रिक्ष बढदै र झाँगिदै गयो । साथसाथै हिन्दूबाट अहिन्दू हुने क्रम पनि शुरु भयो । हिन्दू धर्ममा बिभिन्न गुट र उपगुट बन्न थाले । जस्लाई सानो जात, म्लेच्छ भनियो; उनिहरुले धर्म परिवर्तनमा जोड दिन थाले । सामाजिक एकता भङग हुन थाल्यो । वास्तवमा मनु र भ्रिगु हिन्दू संस्कारका अपराधीहरु हुन् । जस्ले सम्रिद्ध र अनुशासित हिन्दू संस्कारलाई हिन्दू धर्म बनाए अनी धर्मलाई राजा र ब्राह्मडबादको चंगुलमा फसाये । जातिपाती, छुवाछूत प्रथा भित्र्याउने मनु र भ्रिगुलाई ॠषि भन्दै अहिले हामीले भगवानको दर्जा दिएका छौं । तर जातीप्रथा (खासगरी ब्राह्मणबाद)को बिरोध गर्नेलाई नास्तिक भन्दै तिरस्कार किन गरिएको हो र कस्कालागी त्यसो गरिन्छ भन्ने बुझ्न प्रयास गरेमा त्यती गाह्रो छैन !
एमाले, काँग्रेस लगायतका पार्टीहरुबाट छुटेकाहरुको पनि राजनीतिक लक्ष्य जातिपाती र ब्राह्मणबाद बिरोधी हो भने त ठिकै हो । नत्र पद, पैसा र राजनीतिक भागबन्डाको लागि पार्टी खोल्ने तर्खर गर्या हो भने त यिनिहरुको पतन पनि निश्चित छ । यदी अशोक राईहरुको बुद्दी छ भने अझै पनि आ-आफ्नो मुल पार्टिमा बसुन् । अनी अब खोल्ने भनिएको पार्टीलाई एउटा शशक्त प्रेसरग्रुपमा रुपान्तरण गरुन् । त्यसो भएमा मङोल मात्र होइन, गैह्र मङगोल, दलित, गैह्र हिन्दू को पनि त्यस्तो प्रेसरग्रुपमा आकर्षण बढ्ने छ । आखिर लोकतान्त्रिक ब्यवस्थाको मेरुदन्ड भनेको चुनाव न हो । चुनावमा राजनीतिक पार्टीहरुसंग प्रसस्त बार्गेनिङ गर्न सकिन्छ । अहिलेभन्दा सजिलो बाटोबाट आफ्न एजेन्डाहरु लागू गराउन सकिन्छ । प्रेसरग्रुपको फाईदा के पनि छ भने; आफ्न समुहको मान्छे जुनसुकै पार्टिमा त हुने नै भये । त्यसमाथी राजनीतिक पार्टिहरु ठुलो भोटबैंक हो भनेर सधैं भरी डराइराख्ने र जतिसक्दो धेरै प्रलोभनहरु दिनेछन् ।
झट्ट हेर्दा जातिबादी राजनीती गरेको वा पार्टी खोलेको गैरब्राह्मणहरुको नजरमा राम्रो देखिये पनि अन्तत: यस्ले सामाजिक संरचना र गठबन्धनलाई चकनाचुर पार्ने छ । आपसी जातीय भेदभाव अझ्झ बढेर जाने छ । जातिययुद्ध शुरु हुनेछ । देशको बिकास, मानिसको चेतनास्तर अझै पछाडि धकेलिने छ । जातको नाम नलीई कसैले असल बिचार राखेर राजनीती गर्न सक्ने छैन । बिचारको होइन, जातको राजनिती हुनेछ अनी भारत, बर्मा र सोमालियामा जस्तै एक जातिको मान्छेले अर्को जातिको मान्छेको रगत खानेछन् । त्यसैले आजको आवश्यकता जातिबादी पार्टी होइन, जातीबिरोधी प्रेसरग्रुपको हो ।▪
Friday, September 28, 2012
Tuesday, September 25, 2012
प्रिन्टमिडिया भर्सेज रेडियो, टिभी र ईन्टरनेट !
(चेतावनी : तपाईं इन्टर्नेट क्रेजी हुनुहुन्छ भने यो छोटो लेख तपाईंलाई मननपर्न सक्छ !)
- योगेश खपाङगी
'अब त टि.भी आयो रेडियो र पत्रिका सखाप!' भन्थे मान्छेहरु, सुरुमा टिभी आउँदा ! अचेल 'इन्टर्नेट आयो रेडियो, टिभी र पत्रिका सखाप!' भन्न थाल्या छन् मान्छेहरु !
मानिलिऔं तपाईंको पास्पोर्ट हरायो ! सुचना टिभीमा देखायो रे ! वा रेडियोमा पनि फुक्नु भो रे ! तपाईं सिडियो कार्यालमा जानुभयो अनी मैले रेडियोमा सुचना दिएको थिएँ भन्नुभयो भने उनिहरुले भन्नेछन्- 'खै त लिखित प्रमाण !' तपाईंको अन्तर्वाता रेडियोले प्रसारण गर्यो रे ! खै त प्रमाण ? त्यसै गरी 'थाइलेन्डमा नारिलता भन्ने बोटको फल ठ्याक्कै नारिको रुपमा फल्छ रे !'- अन्लाइन मिडिया भन्छ ! खै के छ प्रमाण ! त्यस्को अधिकारिकता कस्ले लिने ? अन्लाईनको म्याटर आज छ, भोली छैन । ह्याकरले तपाईंको अन्लाईन पेजमा जे पनि राखिदिन सक्छ । त्यस्को जिम्मेवारी तपाईं लिन सक्नुहुन्छ ? टिभीमा पनि कहाँको फोटो कहाँ ल्याएर देखाउन सक्नुहुन्छ ! पुरुषको आवाज महिलाको जस्तो पारेर पनि बजाउन सक्नुहुन्छ रेडियोमा । प्रबिधीले धेरै फडको मारिसक्यो । तर प्रिन्ट मिडियामा त्यस्तो हुँदैन ! तपाईंले छापेको म्याटर हरेकको हातमा पुगेको हुन्छ ! त्यो प्रमाण तपाईंले नष्ट गरे पनि अरुसँग सुरक्षित हुनसक्छ । जस्ले गर्दा तपाईं छाप्नु पूर्व त्यस्को बारेमा १० पटक सोच्नु हुन्छ ! जसले गर्दा तपाईंले लेखेको हरेक सामाग्री जिम्मेवारीका साथ मात्र तपाईं प्रिन्ट मिडियामा दिनुहुन्छ वा छाप्नुहुन्छ ! प्रिन्ट मिडियामा जहिले पनि जनबिश्वास कायम रहेको छ र रहनेछ ! हुनत अचेल पत्रपत्रिका र किताबमा पनि इन्टर्नेटके सामाग्री तोड्मरोड गरेर नछाप्ने होइन । तर तपाईं कुनै पनि बेला छाप्ने पत्रीका र लेखकको कठालो समाउन सक्नुहुन्छ । त्यसैले अन्लाईन मिडिया र रेडियोले कहिले पनि प्रिन्ट मिडियालाई पछार्न सक्नेछैन । प्रिन्ट मिडियाको भबिष्य सकिएको छैन र सकिने छैन अनी सकिन दिनु पनि हुन्न !
मलाई त प्रिन्ट मिडियावालाहरु कालिदाश जस्तै लाग्न थाल्या छ । जो बढी जान्ने भएर आफु बसेको हाँगो आँफै काट्थे रे ! अजासुहरु छाप्न पाएको छैन अन्लाइनमा पोस्ट गर्ने हतारो गर्छन् ! उनिहरुको कुबुद्दिले अरुलाई त कुन्नी इन्टरनेट सेवा प्रदायक, कम्पुटर उत्पादक र संसारकै मेन सर्बर राखेको अमेरिकालाई चैं पक्कै फाईदा भएको छ । संसारभरीका सबै गोप्य सुचना र महत्वपूर्ण ज्ञान र जानकारीहरु अमेरिकाले भन्डारण (सेभ) गरिराख्या छ ! कुनै दिन उस्ले चाहेमा ठप्प पारीदिन सक्छ !
मेरो बिचारमा समाज भन्ने कुरा अग्रगामी हुनुपर्छ । पश्चगामी त हुनुनैहुन्न । तापनी इन्टर्नेटले गर्दा हाम्रो आफ्नो गोप्य भन्ने केही पनि छैन भन्ने कुरा बुझ्नु जरुरी छ । सरकारी कामकाजमा अझसम्म रेडियो, टिभी र ईन्टरनेटको प्रमाणलाई मान्यता छैन । अझ हामी सरकारी सम्पूर्ण काम ओनलाइनबाट हुनुपर्यो भन्दै छौं । खै हामीले बुज्या ? हाम्रा विद्वानहरु र प्रिन्ट मिडियावालाहरुको घैंटामा घाम कहिले लाग्ने होला !▪
- योगेश खपाङगी
मानिलिऔं तपाईंको पास्पोर्ट हरायो ! सुचना टिभीमा देखायो रे ! वा रेडियोमा पनि फुक्नु भो रे ! तपाईं सिडियो कार्यालमा जानुभयो अनी मैले रेडियोमा सुचना दिएको थिएँ भन्नुभयो भने उनिहरुले भन्नेछन्- 'खै त लिखित प्रमाण !' तपाईंको अन्तर्वाता रेडियोले प्रसारण गर्यो रे ! खै त प्रमाण ? त्यसै गरी 'थाइलेन्डमा नारिलता भन्ने बोटको फल ठ्याक्कै नारिको रुपमा फल्छ रे !'- अन्लाइन मिडिया भन्छ ! खै के छ प्रमाण ! त्यस्को अधिकारिकता कस्ले लिने ? अन्लाईनको म्याटर आज छ, भोली छैन । ह्याकरले तपाईंको अन्लाईन पेजमा जे पनि राखिदिन सक्छ । त्यस्को जिम्मेवारी तपाईं लिन सक्नुहुन्छ ? टिभीमा पनि कहाँको फोटो कहाँ ल्याएर देखाउन सक्नुहुन्छ ! पुरुषको आवाज महिलाको जस्तो पारेर पनि बजाउन सक्नुहुन्छ रेडियोमा । प्रबिधीले धेरै फडको मारिसक्यो । तर प्रिन्ट मिडियामा त्यस्तो हुँदैन ! तपाईंले छापेको म्याटर हरेकको हातमा पुगेको हुन्छ ! त्यो प्रमाण तपाईंले नष्ट गरे पनि अरुसँग सुरक्षित हुनसक्छ । जस्ले गर्दा तपाईं छाप्नु पूर्व त्यस्को बारेमा १० पटक सोच्नु हुन्छ ! जसले गर्दा तपाईंले लेखेको हरेक सामाग्री जिम्मेवारीका साथ मात्र तपाईं प्रिन्ट मिडियामा दिनुहुन्छ वा छाप्नुहुन्छ ! प्रिन्ट मिडियामा जहिले पनि जनबिश्वास कायम रहेको छ र रहनेछ ! हुनत अचेल पत्रपत्रिका र किताबमा पनि इन्टर्नेटके सामाग्री तोड्मरोड गरेर नछाप्ने होइन । तर तपाईं कुनै पनि बेला छाप्ने पत्रीका र लेखकको कठालो समाउन सक्नुहुन्छ । त्यसैले अन्लाईन मिडिया र रेडियोले कहिले पनि प्रिन्ट मिडियालाई पछार्न सक्नेछैन । प्रिन्ट मिडियाको भबिष्य सकिएको छैन र सकिने छैन अनी सकिन दिनु पनि हुन्न !
मलाई त प्रिन्ट मिडियावालाहरु कालिदाश जस्तै लाग्न थाल्या छ । जो बढी जान्ने भएर आफु बसेको हाँगो आँफै काट्थे रे ! अजासुहरु छाप्न पाएको छैन अन्लाइनमा पोस्ट गर्ने हतारो गर्छन् ! उनिहरुको कुबुद्दिले अरुलाई त कुन्नी इन्टरनेट सेवा प्रदायक, कम्पुटर उत्पादक र संसारकै मेन सर्बर राखेको अमेरिकालाई चैं पक्कै फाईदा भएको छ । संसारभरीका सबै गोप्य सुचना र महत्वपूर्ण ज्ञान र जानकारीहरु अमेरिकाले भन्डारण (सेभ) गरिराख्या छ ! कुनै दिन उस्ले चाहेमा ठप्प पारीदिन सक्छ !
मेरो बिचारमा समाज भन्ने कुरा अग्रगामी हुनुपर्छ । पश्चगामी त हुनुनैहुन्न । तापनी इन्टर्नेटले गर्दा हाम्रो आफ्नो गोप्य भन्ने केही पनि छैन भन्ने कुरा बुझ्नु जरुरी छ । सरकारी कामकाजमा अझसम्म रेडियो, टिभी र ईन्टरनेटको प्रमाणलाई मान्यता छैन । अझ हामी सरकारी सम्पूर्ण काम ओनलाइनबाट हुनुपर्यो भन्दै छौं । खै हामीले बुज्या ? हाम्रा विद्वानहरु र प्रिन्ट मिडियावालाहरुको घैंटामा घाम कहिले लाग्ने होला !▪
Monday, September 24, 2012
आलुजस्ता नेपाली, ब्वाँसोजस्तो नेता !
- योगेश खपाङगी
एउटा उखान छ नि 'सौताको रिसले लोग्नेको काख हग्ने' ! नेताको रिसले नव-राजावादी बन्न सुरु गरेकाहरु तिनै हुन् !
संसारमै सबै भन्दा स्मरणशक्ती कम्जोर भएका प्राणीहरु नेपाली नै हुन् । किनभने २४० बर्षसम्म राजसंस्थाको नाममा पञ्चे र मन्डलेले मुलुकलाई चुसी-चुसी खाएको, पढेलेखेका र फरक बिचार राख्ने बुद्दिजिवीबर्गलाई अनाहकमा काँग्रेस वा कम्युनिस्ट भन्दै अत (अराष्ट्रियतत्व)को बिल्ला भिराएको अनी सक्नेको हत्या गर्ने नसक्नेलाई जेल हालेको, गरीबलाई सामन्तीको कमारा बनाएको अनी छोरी-चेलीको अस्मिताम्याथी खेलबाड गरेको । राष्ट्रिय सम्पत्तिलाई निजी पोल्टामा राख्दा समेत चुँ गर्न नपाएको, बोल्दा पनि साउती गरेर बोल्नु परेको, राजाको अगाडि निउरीमुन्टी लाएको । नेपाली जनताले यती चाँडै बिर्सिसकेछन् ! लु हिजो राजाले खाएर उब्रिएको जुठो खान पाएकाहरुले त ज्ञानेन्द्र शाहको जय-जयकार गर्नु ठिकै हो तर सचेत भनौदाहरु चैं के भा'का !
'नेपाली जनतालाई उन्नान्सय चोटि कोर्रा हानेर अन्तिममा एकमुठी चामल दियो भने खुशी भैहाल्छ रे !'- कसैले ठीकै भनेछन् !
वास्तवमा भन्ने हो भने हामी नेपालीहरु भनेका आलु हौं ! बोरामा हुन्जेल एकढिक्का हुन्छौं, बोराको मुख खोलेको दिन गूडकिएर जता पनि पुग्छौं । अब फेरी हामी एकढिक्का बनौं । हिजोका अन्याय र अत्याचारलाई बार-बार सम्झिराखौं । एउटा सक्ती बनौं । फेरी कुनै ब्वाँसोजस्तो जालीलाई देशको बागडोर जिम्मा नलगाऔं ।
संसारमा अरु मुलुकले आर्थिक उन्नती गरेर कती माथि पुगिसके ! हामी चैं अझैसम्म झन्-झन् गरीब किन भएका ? हाम्रा युवाहरुले कहिलेसम्म बिदेशीको लात्ती र मुक्का खाँदै भरिया बन्नु पर्ने हो ? विश्वको गरीबहरुमद्धेको पनि गरीब बन्नु परेको कस्ले गर्दा हो ? सोच्ने हो कि !
बिज्ञानले कस्ता-कस्ता भौतिक सुख सुबिधाका साधनहरु बनाइसक्यो ! हामीले कहिले तिं सुबिधाको प्रयोग गर्न पाउने हो ? आम नेपाली को घरमा कहिले वासिङ मेसिन, रेफ्रिजरेटर, माइकोवेब ओभन, एयरकन्डिसन, टिभी, कम्प्युटर अनी कहिले गाडी हुने हो ? हाम्रो बिडम्बना भनौ हामी त पानी, बत्ती, अन्न र न्यानो कपडाजस्ता अत्ती आधारभूत कुरामै रुम्मल्लिनु पर्या छ !
(राजनितीको कुरा नगरुँ भन्यो, कन्पारो तातेर आइहाल्छ अनी के गर्नु त !)
फोटो: 'भरिया म बिसाये भारी' गीतको म्युजिक भिडियो बाट
Saturday, September 15, 2012
Tuesday, September 11, 2012
Monday, September 10, 2012
महाभारतमा कृष्ण
- अभय श्रेष्ठ
यो वर्ष कृष्णाष्टमीताक मेरो गाउँ खासै होहल्लामय भएन। कारण थियो, बत्ती आउने समयमा पनि बारम्बार अघोषित लोडसेडिङ। बिहान ८ देखि १ बजेसम्म बत्ती आउने समयबीच कम्तीमा पाँचपटक बत्ती निभ्थ्यो। नत्र अघिल्ला वर्षहरूमा कृष्णाष्टमी आउनु पाँच दिनअघिदेखि वरपरका पाँच गाउँ हल्लनेगरी भजन, नाचगान हुन्थेे। ‘हे कृष्ण देऊ हाम्रो सारी, कदमको रूखैलाई भो भारी’ भनेर गाउनेमा पुरुष पनि हुन्थे। पुरुष पनि मानौँ कुब्जा, राधा वा गोपिनीजस्तै कृष्णका प्रेमिका बन्न लालायित हुन्थे। ‘दानधर्म’ खुबै चल्थ्यो। कृष्णाष्टमी मनाउन मानिसहरू उदार मनले चन्दा दिन्थे।
••••
हिन्दु धर्ममा कृष्ण विष्णुका आठौँ अवतार मानिन्छन्। समाजशास्त्रीय आँखाले हेर्ने हो भने सनातन समाजका यी आदर्श पुरुष महत्वाकांक्षालाई निरन्तर पछ्याइरहने अत्यन्त चलाख, बौद्धिक र कूटनीतिक व्यक्ति हुन्। उनको जन्म पाँच हजार वर्षअघि भएको अनुमान छ। त्यतिखेर आर्य जाति उत्तर भारतका नदी किनारतिर फैलिएर त्यहाँका बासिन्दासँग घुलमिल भइसकेको थियो। स-साना गणराज्य थिए। जरासन्ध, कंस, शिशुपाल, द्रुपदलगायत राजा थिए। अहिलेको नयाँ दिल्लीमा सबैभन्दा समृद्ध, शक्तिशाली र व्यवस्थित राज्य हस्तिनापुर थियो। खेती र गाईपालन मुख्य व्यवसाय थिए। युद्धका मुख्य हतियार धनुषवाण र गदा थिए। सवारीका रूपमा रथ र घोडाहरूको उपयोग हुन्थ्यो।
पहिले शौरसेन गणराज्य थियो। त्यहाँका गणपति उग्रसेन थिए। मगधमा गणतन्त्र मासेर जरासन्धले निरंकुश राजतन्त्र लादिरहेका थिए। उनका दुई छोरी अस्ति र प्राप्तिको बिहे उग्रसेनका छोरा कंससँग भयो। निरंकुश राजाका यी दुई छोरीले पतिलाई पनि शौरसेनमा निरंकुश राजतन्त्र चलाउन प्रेरित गरे। फलस्वरूप आफ्नै पितालाई अपदस्थ गरेर कंस निरंकुश राजा भए। अपदस्थ राजा उग्रसेनका भाइ देवक, उनकी छोरी देवकी र ज्वाइँ वसुदेवलाई यो कुरा बिझिरहेको थियो। उनीहरू कंसलाई राज्यच्युत गर्ने गोप्य योजना बनाइरहेका थिए। देवकीलाई पाल्कीमा राखेर वसुदेवकहाँ पुर्याउन लाग्दा कंसलाई यो गोप्य सूचना प्राप्त भयो। तत्काल उनले बहिनी-ज्वाइँलाई ‰यालखाना हालिदिए। उनीहरूबाट जन्मेका शिशु मारिदिए।
भाद्र कृष्ण अष्टमीको रात कृष्णको जन्म भयो। चलाखीपूर्वक देवकले कंसका एक प्रहरीलाई मदिरा खुवाएर बेहोस बनाइदिए र वसुदेवले कृष्णलाई यमुना नदी तारेर ब्रजवासी आफ्ना मित्र नन्दकहाँ पुर्याए। सट्टामा नन्द र यशोदाले केही दिनअघि मात्र जन्मेकी छोरी वसुदेवलाई दिए। देवकीले छोरी जन्माएको खबर मध्यरातमा कंसकहाँ पुग्यो। जेलको शिलाखण्डमा रहेकी शिशुलाई कंसले मार्न खोज्दा बत्ती निभ्यो। फेरि अर्को बत्ती ल्याउँदा एउटा प्रहरीले शिशुलाई गायब गरिदियो।
अत्यन्त सुन्दर, चलाख, चञ्चल र प्रिय बालसुलभताका कारण कृष्णले यशोदाको मनमात्र जितेनन्, पूरै ब्रजवासीलाई मोहित पारे। शिशु गायब भएपछि कंसलाई आफ्नै राज्यमा विद्रोहीलाई सघाउने नन्द हुन् भन्ने शंका थियो। तर, पर्याप्त प्रमाण थिएन। उनले देवकीपुत्र खोज्न पुतना, शंकटासुर, तृणावर्त, बत्सासुर, बकासुर, धेनुकासुर आदि गुप्तचर पठाए। कृष्ण र गोपालहरूले चलाखीपूर्वक सबैलाई मारिदिए।
कृष्ण सानैदेखि रसिक र चलाख थिए। युवतीलाई मोहित पार्थे। उनका अनगिन्ती पत्नी थिए। जनताले करस्वरूप कंसकहाँ लान लागेको दही, दूध, घिउ, मह खाइदिन्थे। खाइनसकेको नष्ट गरिदिन्थे। साथीहरूको मद्दतमा उनले यमुना किनारमा बस्ने नागजातिका राजा कालियको हत्या गरे जो कंसका हितैषी थिए। नागबस्ती पूरै ध्वस्त गरिदिए। एक दिन उनले बुढा मामा कंसको पनि बध गरे र आफ्ना बाआमालाई जेलमुक्त गराए। यसले उनको ख्याति र प्रभुत्व झनै बढ्यो। यसपछि उनमा अत्यन्त महत्वपूर्ण व्यक्ति बन्ने महत्वाकांक्षा बढ्दै गयो।
••••
भारतको प्रमुख सत्ता हस्तिनापुर अत्यन्त समृद्ध, संगठित र व्यवस्थित थियो। अन्धा भए पनि राजा धृतराष्ट्र अत्यन्त कुशल र उदार शासक थिए। उनले आफ्ना सय छोरा र स्वर्गीय भाइ पाण्डुका पाँचै छोरालाई द्रोणाचार्यबाट शिक्षा दिलाए। पाण्डुका जेठा छोरा युधिष्ठिरलाई उत्तराधिकारी तोके। कडा मिहिनेत र गुरुको कृपाले पाण्डुकै साहिला छोरा अर्जुन धनुर्विद्यामा गुरुपुत्र अश्वत्थामाभन्दा पनि निपुण भए। यो देखेर धृतराष्ट्र अत्यन्त खुसी भए। अर्जुनको नेतृत्वमा कौरव-पाण्डवले कुरु राज्यको संरक्षण गर्नेमा उनी विश्वस्त थिए। काका भीष्मपछाडि अर्जुनलाई नै उनी सेनाधिपति बनाउनेवाला थिए।
जनता सुखी थिए। विज्ञान र कलाको उन्नति हुँदै थियो। राज्यसभामा भीष्म, द्रोणाचार्य, कृपाचार्य र विदूर जस्ता अनुभवी, वीर, बुद्धिमान व्यक्तिहरू थिए। अर्जुन, भीम, दुर्योधन, युधिष्ठिर, दुःशासनजस्ता कर्मठ दोस्रो पुस्ता तयार भइसकेको थियो। यस्तो बेला हस्तिनापुरले प्रभुत्व स्वीकार नगरेसम्म कृष्णको महत्वाकांक्षा पूरा हुँदैनथ्यो।
••••
दुर्योधन वीर थिए। गदा युद्धमा भीमले पनि उनलाई जित्न सक्दैनथे। अर्जुन धनुर्विद्यामा सर्वश्रेष्ठ ठहरिए। पिता धृतराष्ट्रदेखि राज्यसभाका सबैले सदैव अर्जुन र पाण्डवहरूकै प्रशंसा गर्थे। यसले दुर्योधनको ईर्ष्या चुलियो। एक दिन राज्य सभा र सारा जनतासामु अर्जुनले अनुपम धनुर्विद्या प्रदर्शन गरे। उनलाई संसारकै सर्वश्रेष्ठ धनुर्धारी घोषणा गरियो। त्यसै सभामा कर्णले अर्जुनलाई चुनौती दिए। विचरा कर्ण ‘दलित’ भएकैले अर्जुनसँग प्रतिस्पर्धा गर्न योग्य मानिएनन्। वीरतालाई सम्मान गर्दै दुर्योधनले कर्णलाई अंगदेशको राजा बनाए। कृष्ण कुरुक्षेत्रका राजकुमारहरूबीचको यो द्वन्द्व नियालिरहेका थिए। यही मौका छोपेर उनी कूटनीतिका सोह्र कला प्रदर्शन गर्दै हस्तिनापुर छिरे।
••••
जनता अत्यन्त ‘धार्मिक’ थिए। बाहुन र सन्यासी देवताजस्तै पुजिन्थे। रनिवासमा समेत उनीहरूले बिनारोकतोक प्रवेश पाउँथे। जनता र राजाबीच उनीहरू नै माध्यमको भूमिका खेल्थे। तिनका हरेक कुरा अन्धश्रद्धाका कारण जनता सत्य ठान्थे। कृष्णले त्यतिखेर पुरोहितका नेता वेदव्यास र सन्यासीका नेता नारदको सहारा लिए। आफ्नो हत्या गर्न आउने पुतनालाई दूध चुसेरै मारिदिएको, यमुना किनारबासी नाग जातिका राजा कालियको वध, नागबस्ती ध्वंश, शिशुपाल बध, कंस वध, गोवर्द्धन पर्वतलाई औँलाले उठाएको, कुप्री बुढी कुब्जालाई मस्त तरुनी बनाइदिएका जस्ता चामत्कारिक खबर वेदव्यास र नारदको मुखबाट फैलाएर कृष्णले भारतवर्षमा आफूलाई ईश्वरका अवतार कहलाउन सफल भए। सत्य जाँच्ने कुनै माध्यम थिएन। ब्राह्मण र सन्यासीका कुरामा शंका गर्नु पाप ठानिन्थ्यो।
धर्मका नाममा उनले पाण्डवहरूमा कौरवविरोधी भावना फैलाए। ब्राह्मणमार्फत सबै गणराज्यमा कौरवप्रति घृणा र पाण्डवप्रति सहानुभूति बटुले। पहिला उनले फुपु कुन्तीलाई हात लिए। त्यसपछि अर्जुनलाई। दुर्योधनलाई यसको आभास भइसकेको थियो। परन्तु, आफूलाई सधैँ मूर्ख भनेर दुत्कार्ने राज्यसभा सदस्यसामु उनले यो कुरा राख्न सकेनन्। राखे पनि कसैले पत्याउने थिएनन्। यस्तो स्थितिमा उनले पाण्डवलाई नसिध्याए आफ्नो सत्ता नबच्ने ठाने। कृष्णले चाहेको आखिर यही थियो।
दुर्योधनले पाण्डवहरूलाई अत्यन्त विष्फोटक पदार्थहरूले बनेको घरमा जलाएर मार्ने योजना बनाए। विदूरबाट यो सुइँको पाएपछि पाण्डवहरूले एक मंगोल महिला र उनका पाँच छोरालाई राखेर लाहाको घर आफैँले जलाइदिए अनि सुरुङको बाटो भागे। कौरवले ती महिला र पाँच छोराछोरीको लास देखेर पाण्डव र कुन्ती मारिएको ठाने। जंगलमा उनीहरूले अनेक दुःख भोग्नुपर्यो। कति अवस्थामा उनीहरू दुर्योधनसँग सम्झौता गर्ने मनस्थितिमा पुग्थे। कृष्ण बारम्बार धैर्यको पाठ पढाउँथे।
द्रौपदीसित बिहेपछि पाण्डवहरूको शक्ति बढ्यो। कृष्णले युद्ध हुने धम्की दिएपछि दुर्योधनले परिस्थिति आकलन गरेर पाण्डवलाई इन्द्रप्रस्थ राज्य दिए । उनीहरूलाई बस्न त्यति बेलाको सबैभन्दा आधुनिक कलाद्वारा निर्मित महल बनाइदिए। यस्तो महल दुर्योधनकै पनि थिएन। एक दिन उनी पाण्डवको महल भ्रमण गर्न गए। महलको वास्तुकला अनुपम थियो। पानीजस्तो देखिने ठाउँमा जमिन र जमिनजस्तो देखिने ठाउँमा पानी थियो। दुर्योधन जमिन भन्ठानेर गएको ठाउँमा पानी थियो। त्यहाँ उनी डुबे। यो देखेर द्रौपदीले ‘अन्धाको छोरा पनि अन्धै रहेछ’ भनेर अट्टहास गरिन्। सुनेर पाण्डवहरू हाँसिरहे। दुर्योधनले बदला लिने प्रण गरे। कृष्णको कूटनीति अर्कोपल्ट फेरि सफल भयो।
••••
मामा शःकुनीको सहयोगले जुवा खेलेर दुर्योधनले युधिष्ठिरको राज्य, भाइहरू, द्रौपदी सबैलाई जितिदिए। धृतराष्ट्रले अत्यन्त उदार मन गरेर सबैलाई मुक्तमात्र गरिदिएनन्, फेरि राज्य फिर्ता दिए। फेरि पनि युधिष्ठिरले जुवामा सबै हारे। भाइहरू र द्रौपदीसहित वनबास गए। अत्यन्त कष्टकर वनबास सकिए पनि जितेको राज्य दुर्योधनले छाडेनन्। कृष्णको प्रेरणामा पाण्डवहरूले युद्ध घोषणा गरे। दुवैतर्फबाट युद्ध तयारी भयो। कौरव पक्ष अत्यन्त सुदृढ थियो। भीष्म, द्रोण, कर्ण, अश्वत्थामा, कृपाचार्यजस्ता महारथी उनीहरूसँग थिए। नकुल-सहदेवका आफ्नै मामा शल्य कौरवपट्टि लागेका थिए।
पाण्डव सेनाका सञ्चालक अर्जुनमात्र थिए। उनी आफ्नो कमजोर स्थितिप्रति पूरै सचेत थिए। उनको मनमा नानाथरीको कुरा खेल्न थाले। ठूला बा, उनका छोरा, द्रोणको माया, बाल्यकालको आपसी स्नेह सम्झँदा अर्जुनलाई युद्ध बेकार लाग्यो। भीष्म, द्रोण, कर्णजस्ता महारथीलाई धर्मयुद्धको नियमअनुसार मार्न सकिन्न भन्ने उनलाई थाहा थियो। यी जिउँदा रहुन्जेल युद्ध जित्न सकिन्नथ्यो। कसैगरी यिनीहरू मारिए हस्तिनापुरको सुदृढता भंग हुन्थ्यो। युधिष्ठिरको मूर्खतालाई न्यायोचित साबित गर्न थुप्रै निर्दोष व्यक्ति मारिन्थे।
दुर्योधनलाई द्रौपदीले अपमान गर्नु पितातुल्य धृतराष्ट्रको पनि अपमान थियो। त्यसका लागि पाण्डवहरूले माफी नमाग्नु अर्को गल्ती थियो। त्यसमाथि युधिष्ठिरले जुवा खेलेर राज्य, भाइहरू, आफू स्वयं र द्रौपदीलाई समेत हार्नु महाभूल थियो। त्यस्तोमा पनि कसैलाई ‰यालखाना नराखी त्यसै छाडिदिनु दुर्योधनको ठूलै उदारता थियो। युद्धमा वीरजति सबै मारिएपछि देशको सुरक्षा के होला? यस्तै सोचेर अर्जुनले धनुषवाण भुइँमा राखे र युद्ध नगर्ने घोषणा गरे।
कृष्ण यसका लागि पहिल्यैदेखि तम्तयार थिए। मनोविज्ञानको सहारा लिएर अर्जुनलाई कृष्णले पूरै बदलिदिए। जिते हस्तिनापुर र हारे स्वर्गको सपना देखाए। कहिले उच्च, कहिले नरम स्वरमा बोलेर उनले अनेक ब्रह्माण्डको काल्पनिक नक्सा बनाए र बिगारे। कृष्णको कुराले लएिका अर्जुनले कर्ण, भीष्म, जयद्रथ, द्रोण, दुर्योधन मरेको देखे। अर्जुनलाई कृष्ण नै सर्वसत्ताधारी ईश्वर हुन्, यो जगत् उनकै लीला हो, कुनै पनि कुरा टारेर टर्दैन भन्ने भान पारिदिए। द्रौपदीले दुर्योधनको अपमान गर्नु, युधिष्ठिरले जुवा खेल्नु सबै पूर्वनिश्चित थियो, अहिलेसम्म जे भयो, जे हुनेवाला छ, सबै कृष्णकै इच्छामा भर पर्छ भन्ने भ्रम दिन उनी सफल भए। यसरी अर्जुन युद्धका लागि तयार भए।
••••
कृष्णले भीष्म, विदूरलगायतलाई पनि आफू परमेश्वर भएको भान पारिसकेका थिए। उनी पाण्डवसँग भएपछि यो युद्ध जित्न असम्भव छ भन्ने बारम्बार भीष्म दुर्योधनलाई प्रत्यक्ष-अप्रत्यक्ष सुनाइरहन्थे। दुर्योधनले कौरव सेनापति बन्न आग्रह गर्दा सुरुमै भीष्मले तीन सर्त राखे, १) म सेनापति रहुन्जेल ‘सूतपुत्र’ कर्णले युद्ध गर्न पाउँदैन २) म कुन्तिपुत्रहरूलाई बध गर्दिनँ ३) शिखण्डीविरुद्ध कुनै अस्त्र चलाउँदिनँ।
सेनापतिले यसरी लडाइँ सुरु नहुँदै कौरव सेनाको पराजयको उद्घाटन गरिसकेका थिए। कर्णजस्ता महावीरले युद्धमा भाग लिन नपाउँदा कौरव पक्ष कमजोर हुने पक्का थियो। नभन्दै दसौँ दिनसम्म कौरव सेनाको तुलनामा पाण्डव सेना बलियो भइसकेको थियो। भीम, अर्जुनजस्ता महायोद्धाको अन्त्य नहुन्जेल कौरवको जित असम्भव थियो।
कृष्ण पाण्डव पक्षबाट सेनानीका रूपमा नलडी अर्जुनका सारथी हुनुमा विशेष कारण थियो। सेनानीजस्तै लड्न गएका भए उनी अर्जुनसँग हुने थिएनन् र भावनामा बगिरहने अर्जुनले विचार बदल्ने खतरा थियो।
आठौँ दिनसम्म कौरव सेनामा निकै क्षति भएपछि दुर्योधनले कर्णलाई युद्ध गर्ने अनुमित दिन दबाब दिए। नभए सेनापतिबाट भीष्मलाई बर्खास्त गर्ने चेतावनी दिए। बल्ल भीष्मले पाण्डव सेना ध्वस्त पारिदिने वचन दिए। नभन्दै भोलिपल्ट उनीसामु पाण्डव सेना डँडेलोमा परेको पत्करजस्तै भए। यो देखेर युधिष्ठिर आतंकित भए। कृष्णको सल्लाहअनुसार साँझ युद्धविरामपछि उनले भीष्मलाई भेटे। शिखण्डी लड्न आए हतियार त्याग्ने गोप्य भेद भीष्मबाट खुस्काए। युद्धको दसौँ दिन शिखण्डीलाई अगाडि राखेर अर्जुनले भीष्मलाई वाणैवाणको शैयामा सुताइदिए।
युद्ध सुरु हुनै लाग्दा कृष्णले कर्णलाई ‘तिमी कुन्तीपुत्र हौ, त्यसैले पाण्डव पक्षमा लाग’ भनेका थिए। यही रहस्य कुन्तीले कर्णलाई सुनाइसकेकी थिइन्। दुवैलाई कर्णलेे दुर्योधनको उपकारप्रति बेइमानी गर्न नसक्ने बताएका थिए। हो, उनले आफूलाई मर्ममै प्रहार गर्ने अर्जुनबाहेक चार दाजुभाइलाई नमार्ने वचन दिएका थिए। धृतराष्ट्रको पहिलो पुत्र युयुत्सु वैश्य दासी युवतीबाट जन्मेका थिए। यही कारण उनको युवराज हुने हक खोसिएको थियो। कृष्णको इशारामा कुन्ती र पाण्डव उनलाई उचालिरहेका थिए। युद्ध सुरु हुनै लाग्दा आफूलाई इच्छा लागेको समूहमा जान सबैलाई स्वतन्त्रता भएको उद्घोष गरियो। युयुत्सु कौरव सेना छाडी पाण्डव पक्षमा आए।
नकुल-सहदेवका मामा शल्यले कौरवलाई सघाउने थाहा पाएपछि कृष्णले कुन्तीलाई उचाले। कुन्तीले शल्यलाई खै गरिन्। शल्यले भने, ‘धन्ना नमान्नुस्, मौका मिल्नासाथ म कौरव सेनालाई कमजोर पारिदिन्छु।’ नभन्दै उनले ‘अर्जुनसामु तिमी केही छैनौ’ भनेर बारम्बार कर्णको मनोबल गिराइरहे।
••••
चक्रब्यूहमा पारी अर्जुनका छोरा अभिमन्युलाई महावीरहरू मिलेर युद्ध आचारसंहिताविरुद्ध मारेका थिए। अभिमन्यु हत्यामा धृतराष्ट्रका ज्वाइँ जयद्रथको दुष्टता अर्जुनले थाहा पाए। उनले भोलि सूर्य रहुन्जेल जयद्रथको हत्या गर्न नसके आफैँ चितामा जलेर मर्ने उद्घोष गरे। जयद्रथले भाग्न खोजे। द्रोणले अर्जुनलाई जयद्रथसम्म आइपुग्नै नदिने आश्वासन दिए। नभन्दै द्रोणको चक्रब्यूह तोडेर जयद्रथसम्म पुग्न अर्जुन सफल भएनन्। घाम डुब्यो। चिता बन्यो। वाण छाडेर अर्जुन चिता चढ्न तयार भए। कृष्णले सम्झाए, क्षत्रीय वीरले चितामा पनि धनुर्वाण छाड्नु हुँदैन। वाण लिएर अर्जुन चिता चढ्न तयार भए। दुर्योधनका मामा शःकुनीले जयद्रथलाई भने, शत्रु चितामा जलेर खरानी भएको हेरेर आत्मा शान्त पार। जयद्रथ टुप्लुक्किए। त्यही मौकामा कृष्णको इशारा पाएर अर्जुनले वाण प्रहार गरी जयद्रथको टाउको उडाइदिए। महाभारत कथाअनुसार भने अर्जुन मर्ने भए भनेर कृष्णले लीला गरे। सूर्य अस्ताउन एक घडी बाँकी हुँदै उनले सुदर्शन चक्रले सूर्यलाई छेकिदिए र अन्धकार पारिदिए। अर्जुनले जयद्रथको हत्या गर्नेबित्तिकै चक्र हटाइदिए। झलमल्ल घाम लाग्यो।
भोलिपल्ट पन्ध्रौँ दिनको युद्धमा द्रोणले पाण्डव सेनालाई सोत्तर पारिदिए। द्रुपद, विराटलगायत वीर राजालाई मारिदिए। कृष्णले सुझाए, ‘अश्वत्थामाको हत्या नगरी आचार्यलाई शान्त गर्न सकिन्न।’ भीमले कृष्णको आशय बुझेर दशार्थ देशका अश्वत्थामा नामक हात्तीलाई मारिदिए र द्रोणले सुन्ने गरी भने, ‘तपाईँ बेकारमा किन चम्किनुहुन्छ गुरुदेव? भर्खरै मैले तपाईँको छोरा अश्वत्थामालाई मारिसकेँ।’ द्रोणले पत्याएनन्। ‘युधिष्ठिरले भनेमात्र पत्याउँछु’, उनले भने। कृष्णको दबाबमा द्रोणका त्यति ठूला विश्वासपात्र युधिष्ठिरले अर्धसत्य बोले, ‘मान्छे हो वा हात्ती, अश्वत्थामा मारिए।’ ‘मान्छे हो वा हात्ती’ भन्ने वाक्यांश बोल्दा कृष्णले बेसरी शंख बजाए, भीमले ठूलो स्वरमा हल्ला गरे। द्रोणले ‘अश्वत्थामा मारिए’ भन्ने वाक्यमात्र सुने। उनी हतियार त्यागेर तुरुन्त योगासनमा बसे। धृष्टद्युम्नले द्रोणको शिर काटिदिए।
धनुर्विद्यामा कर्ण अर्जुनभन्दा कम थिएनन्। अत्यन्त वीरतासाथ लड्दालड्दै कर्णको रथको पांग्रा हिलामा भासियो। हतियारविहीन उनी पांग्रा उचाल्न गए। यस्तो बेला विपक्षमाथि प्रहार गर्नु युद्ध आचारसंहिताविरुद्ध थियो। कृष्णको आदेश पाएर यही मौकामा अर्जुनले वाण हानेर कर्णको बध गरे।
युद्धको अन्त्यमा कौरव पक्षका कृतवर्मा, अश्वत्थामा, कृपाचार्य र दुर्योधनमात्र बाँकी रहे। दुर्योधन भागेर द्वैपायन ह्रद नामक तलाउमा लुकेर बसे। युधिष्ठिरले चुनौती दिँदै भने, ‘दुर्योधन, तिमीजस्ता वीर यसरी लुक्न सुहाउँदैन, जिते सारा राज्य, मरे स्वर्ग जाने अवसर गुमाएर किन लुक्छौ? हामीमध्ये जोसँग चाहन्छौ, त्यसैसँग लड, आऊ।’ सुन्नेबित्तिकै पानीबाट बाहिर निस्केर दुर्योधनले भने, ‘मसँग लड्नसक्ने भीम हो। उसैसँग गदा युद्ध गर्छु।’ गदा युद्धमा दुर्योधनले भीमलाई आच्छुआच्छु पारे। कृष्णको इशारामा भीमले नियमविपरीत जाँघमा प्रहार गरे। दुर्योधनको कम्मर खन्द्रम्मै भाँचियो। नियमविपरीत प्रहार गरेको भनी कृष्णका दाजु बलराम स्वयं गदा उचालेर भीमलाई मार्न तयार भए। कृष्णले बलरामलाई थुम्थुम्याए। दिक्क हुँदै बलराम तीर्थयात्रामा हिँडे।
कृष्णकै दूरदर्शिता र चलाखीका कारण पाण्डवहरूले असम्भव युद्ध जिते र राज्य पाए। यी सबै ‘भगवान् कृष्णको लीला’ ठहरियो। उनै ‘ईश्वर’का सन्तान ५६ कोटी यदुवंशी आपसमा काटामार गरेर सकिए। एक व्याधाको वाण लागेर स्वयं कृष्णकै दुःखद् निधन भयो। यसलाई पनि ‘लीला’ भनियो।
••••
केहीअघि महाभारत द्वन्द्वलाई नेपालको आधुनिक राजनीतिसँग जोडेर मैले ‘महाभारत’ शीर्षक एउटा कथा लेखेको थिएँ। यसमा कृष्णको कूटनीतिक खेलमा परेर नेपालका सभासद्हरू मृतक उम्मेदवार दुर्योधनलाई प्रधानमन्त्री जिताइदिन्छन्। कृष्ण नेपालको राजनीति सबै प्रभुको लीला हो भन्ने भ्रम दिन सफल हुन्छन्। उनी भन्छन्, ‘डोन्ट वरी, ईश्वरको कृपाले एक दिन सबै ठीक हुन्छ।’
इच्छाहरूलाई निरन्तर पछ्याइरहने र प्रचारयन्त्र नियन्त्रणमा राख्ने हो भने असम्भव केही नहुने रहेछ।
(संक्षिप्त महाभारत भाग १, २ (गीता प्रेस, भारत), श्रीकृष्ण और गीता (सं- राकेशनाथ, भारत), हिन्दु धर्मका उत्थान औरत पतन (रजनीकान्त शास्त्री, भारत), संक्षिप्त भारत (चक्रपाणि चालिसे, साझा प्रकाशन) मा आधारित)
साभार : http://satyakura.wordpress.com/ * लेखकको अनुमतीमा
Wednesday, September 5, 2012
आफ्नै अन्तरबार्ता
(यो जुनीमा पहिलो पटक मेरा मित्र रमेश बिष्टले रेडियो सगरमाथाको कला कार्यक्रमका लागि मेरो अन्तरबार्ता मेरै आवाजमा प्रशारण गरेका थिए । फेरी अर्को अन्तरबार्ता दिने मौका पाँए । मेरोरिपोर्ट डट नेटले मलाई 'साताको ब्लगर' भनेर चुनेछ ! अन्तरबार्ता यस्तो छ :)
सूचनाको आदान-प्रदानमा सोसल मिडियाले चामत्कारिक भूमिका खेलेको छ : योगेश खपाङ्गी
स्थायी घर बिर्तामोड झापा भएका योगेश खपाङ्गी हाल युएइको राजधानी शहर अबु धाबीमा बस्छन् । योगेश पेशाले कार्टुनिस्ट र ग्राफिक्स डिजाइनर हुन् । नि:शुल्क, स्वतन्त्र र काँट-छाँट नहुने भएकोले ब्लगिङको माध्यमबाट आफ्नो विचार व्यक्त गर्छन् । उनी कार्टुनिङ, ब्लगिङ, फोटोग्राफी र आर्ट गर्न निकै रुचाँउछन् ।
सूचनाको आदान-प्रदानमा ब्लग लगायत अन्य सोसल मिडियाले चामत्कारिक भूमिका खेलेको बताउने योगेशलाई हामीले यस साताको ब्लगरको रुपमा फिचर गरेका छौँ :
दिनचर्या कसरी बित्छ तपाईंको ?
नेपालमा छँदा चित्रहरु बनाउने, आवरण डिजाइन तथ प्रेसमा काम गर्ने अनि फुर्सदमा मात्र ब्लगमा बिताउँथे । हाल यु ए इको प्रेसमा क्वालिटी कन्ट्रोलरको रुपमा काम गर्दैछु । ड्युटीबाट आएपछि पढ्ने, लेख्ने, फेसबुक चलाउने, विभिन्न इन्ट्रेस्टिङ वेभ साइटहरु भिजिट गर्ने जस्ता काम गरेर बित्ने गरेका छन् ।
ब्लगिङकै कुरा गरौँ । कसरी थाल्नु भयो ?
मैले नेपालमा हुन्जेल ब्लगिङ गर्ने फुर्सद कहिल्यै पाइन । यसअघि सन् २००७ मा सिँगापुर गएको थिएँ । त्यहिँ छँदै हाल चलाईरहेको ब्लग 'आकाशवाणी ' को शुरु गरेको हुँ । हुनत त्यो भन्दा अघि नेपालमा नै छँदा www.yogeshkhapangi.com डोमेन नेम राखेर साइट चलाएको थिएँ तर वर्षै पिच्छे रिन्यु गर्नुपर्ने र महँगो हुने तर यता नि:शुल्क ब्लग स्पेस पाइने हुनाले ब्लग नै ठीक भन्ने लाग्यो र अन्तत: डट कम बन्द गरेर ब्लग स्पट चलाउन थालेको हुँ ।
के कुराले ब्लगिङ गर्न प्रेरित गर्यो ?
मेरो पत्रकारिता यात्राको शुरुवात मेची क्याम्पस भद्रपुरको भित्ते पत्रिकाको सम्पादक भएर सुरु भएको हो । त्यसपछि मैले विभिन्न पत्र-पत्रिकामा कलुम्निस्टको रुपमा काम गरेँ । कान्तिपुर पब्लिकेशनको साप्ताहिकमा तीन वर्षदेखि निरन्तर कार्टुन स्तम्भ कोरिरहेको छु ।
जागिरको सिलसिलामा कयौँ पटक आफ्नो कार्टुन सम्पादकको सेन्सरमा पर्यो । कति पटक त आफूले एउटा कुरा लेखेर फर्कियो भोलिपल्ट अर्कै कुरा प्रकाशित हुने । एउटा कार्टुनिस्टलाई आफूले भन्न खोजेको कुराको मर्म मरेको जस्तो नराम्रो अरु केहि हुँदैन । त्यतिबेला आफ्नै पत्रिका भइदिएको भए, आफै प्रकाशक भइदिएको भए जस्तो लाग्थ्यो र त्यसको विकल्प खोज्दै जाँदा ब्लगिङ गर्न थालेँ ।
बिशेषगरी आफ्नो ब्लगमा कस्ता कुराहरु उल्लेख गर्नुहुन्छ ?
म आफ्नो ब्लगमा बढी मात्रामा कार्टुनहरु पोस्ट गर्छु । तर कतिपय समाचार र विचारहरु कार्टुनबाट व्यक्त गर्न सम्भव नभएका बेला चाँही लेखेर पोस्ट गर्छु ।
तपाईंको ब्लग 'आकाशवाणी'को बारेमा केही बताइदिनुस न ?
हाम्रो देशमा गरिबी, अन्धविश्वास, कुरिती, जातियताको आधारमा भेदभाव जस्ता कुराहरुले जरो गाढेर बसेका छन् । त्यसैले मैले यस्तो विकृतिको विरुद्दमा आवाज उठाउन घुमाइफिराइ तिनै कुराहरु व्यक्त गर्ने प्रयास गरेको हुन्छु ।
ब्लगिङ गर्दा के के कुराहरुमा ध्यान दिनुपर्छ ?
ब्लगिङ गर्दा नियमित हुनुपर्छ र निरन्तरता दिनुपर्छ । त्यसमाथि चाख लाग्दा विषयवस्तुको छनौट र दिक्क लाग्दा लामा – लामा लेख लेख्नुहुन्न। अचेल मानिसहरु एकै बसाइमा पढेर भ्याउने लेख रचना मन पराउँछन् त्यसैले म भरसक छोटो लेख्छु ।
अहिले नेपाल र विश्वमा ब्लगिङको कस्तो ट्रेन्ड रहेको छ ?
अहिलेको विश्वव्यापी ब्लगिङ ट्रेन्डको कुरा गर्दा प्रशस्त फोटो र उदाहरण भएका अनि छोटो मिठो ब्लगहरु भेटिन्छन् । तर हामी कहाँ कम फोटो भएका र लामा लामा लेखहरु र आफ्नै जीवनी लेखिएका ब्लगहरु बढी भेटिन्छन् ।
ब्लगले के प्रभाव पारेको छ ?
ब्लगले युवा जमातमा सकारात्मक प्रभाव पारेको छ। राजनैतिक , शैक्षिक र व्यवसायीक क्षेत्रमा राम्रैसँग प्रभाव पर्न थालेको छ । कुनै पनि बेला ब्लग सुरु गर्न सकिन्छ त्यो पनि नि:शुल्क । ब्लगले देशमा थिन्क ट्यान्क उत्पादन गर्न मद्दत गर्छ जस्तो लाग्छ मलाई ।
के ब्लगिङले आफ्नो छुट्टै पहिचान बनाउन मद्दत गर्छ ?
अवश्य पनि ब्लगिङले छुट्टै पहिचान बनाउँछ । कुनै पनि बेला, कुनै घटनाको तस्बिर र त्यससँग सम्बन्धित विचार तथा खबर पोस्ट गर्न ब्लगर स्वतन्त्र छ ।
ब्लगिङले स्वतन्त्र अभिव्यक्तीमा के भूमिका खेल्छ ?
ब्लग नहुने हो भने कसैको विचार पनि विशुद्ध र निष्पक्ष रुपमा कसैले पनि पढ्न र थाहा पाउन सक्ने थिएनन् । टेलिभिजन र पत्र-पत्रिका मार्फत विचार प्रस्तुत गर्दा पनि काँट- छाँट हुने भएकोले भाषिक स्वाद हुँदैन । जहिले पनि औपचारिक भाषा मात्र सुन्नुपर्ने हुन्थ्यो ।
ब्लगिङ र मुलधार मिडियामा के फरक छ ?
ब्लग बिल्कुल स्वतन्त्र छ भने मुलधार मिडिया कुनै न कुनै राजनैतिक दल, नेता, व्यवसायीक घरानाको प्रभावमा परेको हुन्छ ।
आफूलाई मन परेको ब्लग पोस्ट ?
मलाई मन परेको ब्लग पोस्ट मेरो बुवा भक्त खपाङ्गीले लेख्नु भएको कथा 'जागित्रले बोलाएपछि' हो ।
ब्लगबाहेक तपाईँ अरु कुन-कुन सोसल मिडियामा हुनुहुन्छ?
ब्लग बाहेक अन्य सोसल मिडिया मध्य फेसबुक , ट्विटर र गुगल प्लसमा सकृय छु ।
अहिले सोसियल मिडिया पनि प्रभावशाली बन्दै गैरहेको छ । त्यसको भूमिकालाई कसरी हेर्नुहुन्छ ?
ब्लगको प्रभाव त अहिले विश्वभरी नै परेको छ । सामाजिक चेतना बृदि गर्न र ठूला - ठूला राजनैतिक परिवर्तन गर्न समेत ब्लगले भूमिका खेलिरहेको छ । तर ब्लगरहरु स्वन्त्रत रहनुपर्छ र निष्पक्ष रहनुपर्छ ।
परिवर्तनका लागि ब्लगिङ र सोसियल मिडियाको भूमिका के रहेको छ ?
मेरो लागि सोसल मिडिया समय कटाउने माध्यम मात्र नभएर एक जिम्मेवारी हो । यदी सोसल मिडिया हुन्थेन भने अहिले विश्वभरी चलिरहेको स्वन्त्रताको आन्दोलनलाई सैनिक र पैसाको आडमा दबाइन्थ्यो । शासकहरु झन् – झन् बलियो र आम जनता अन्यायलाई टुलुटुलु हेर्न बाध्य हुने थिए ।
सूचनाको आदान प्रदानमा सोसल मिडियाले के भूमिका खेलेको छ ?
सूचनाको आदान-प्रदानमा सोसल मिडियाले चामत्कारिक भूमिका खेलेको छ । विश्वको कुनै पनि कुनामा रहेका साथीहरु अब टाढा छैनन् । हरेक सूचना एकैछिन्मा सेयर भइसकेका हुन्छन् । अहिले सूचना लुक्ने र लुकाउने भन्ने हुँदैन । हरेक व्यक्ति राष्ट्रको पहरेदार भएको छ ।
मेरोरिपोर्टडटनेटको लिङ्क: http://meroreport.net/page/6365517:Page:89673
Tuesday, August 28, 2012
Sunday, August 12, 2012
Tuesday, July 24, 2012
Sunday, July 15, 2012
धर्मको नाममा...!
– योगेश खपांगी
जुनसुकै साल पनि धर्म गर्न हिंडेका तिर्थयात्रीको नै अकालमा ज्यान किन जान्छ ? चाहे त्यो कैलाशको यात्रामा जानेहरुको होस् या बोलबम धाममा जानेहरुको होस् ! किन ? किनकी धर्मगर्न जतिसक्दो शरीरलाई दु:ख दिनु पर्छ भन्ने हाम्रो धार्मिक मान्यताका कारण !
हामीले जहिले पनि प्रतिकुल मौसममा नै तिर्थ जाने समय राखेका छौं । असाध्यै बिकट ठाँउमा मात्र हामीले मन्दिर बनाएका छौं । भरसक खाली खुट्टा र भोक-भोकै यात्रा गर्दा भगवान खुशी हुन्छन् भन्ने विश्वाश छ् हाम्रो । यस्तो धर्म पनि के धर्म जहाँ पाहिला-पाहिलामा खतरा र दु:ख होस् ! हामीले दु:ख पाउँदा खुशी हुने भगवान पनि के भगवान ! के हामीले धर्मको परिभाषा अब त बदल्नु पर्दैन ? त्यसैको सट्टामा बरु गरीब-अशायहरुको हितहुने काम गरे धर्म हुन्न र ? मठ-मन्दिर र शिवलिङग बनाउने पैसाले स्कुल, पार्क, धर्मशाला, सार्वजनिक सौचालय, धारा, आपतकालिन सेल्टर, हस्पिटल बनाये हुन्न ?
अरु मुलुकमा उत्खनन् गरेमा सुन, चाँदी, हिरा, तेल लगायतका खानी फेला पर्छन् । हाम्रो देशको जहाँ खने पनि शिवलिङ्ग र देवीदेवताका मुर्ति बाहेक केही फेला पर्दैन । विगतमा हाम्रा पुर्खाले आफुसँग भएको पैसाले मठ–मन्दिर बनाउने बाहेक केही गरेनन् । बरु खाल्डो खनेर धनसम्पत्ती गाडे तर उत्पादक काम केही गरेनन् ।
जता हेरे पनि मन्दिर र मुर्ति बाहेक केही भेटिदैन नेपालमा । गरिबलाई एक रुपियाँ भिख दिनुपरेमा दाँतबाट पसिना चुहाउने हामीहरु ब्राह्मणलाई छपन्नभोग भोजन गराउन पाउँदा धर्म हुन्छ भन्ठान्छौं । पच्चीस हजार तिरेर फ्रिज किन्छौ अनि घरसम्म लैजान भरियाले पच्चीस रुपियाँ माग्यो भने पाँच रुपियाँ भए पनि घटाउँछौं हामीहरु ।
गरीब जनता एउटा सिटामोल किन्ने पैसा नभएर मर्न बाध्यछन् तर हाम्रो मठ–मन्दिरमा सुनको गजुर चढाउन लाखौं दान दिन हरपल तयार छौं हामीहरु । सडकको खाल्डो अझ गहिरो होस् कसैलाई मतलब छैन तर नयाँ मन्दिरको बनाउन मरिमेटेर लाग्न तयार छौं हामीहरु । पशुपतीनाथ लगायत मुलुकका विभिन्न मन्दिरमा करौडौं रकम फ्रिज भएर थन्किराखेको छ तर भत्किएको पुल चैं सरकारले नै बनाओस् भन्ठान्छौं हामीहरु ।
सरकार र छरछिमेकीहरुसँग हाम्रो गुनासो बाहेक केही पनि छैन तर हामी भगवानसँग खुसी छौं । कोही साथी वा छिमेकी रिसाए रिसाओस् तर सनी देवता चैं रिसाउनु हुन्न भन्ने हाम्रो मनसाय हुन्छ । डाक्टरले भनेको बरु हामी मान्दैनौं तर मन्दीरको पुजारीले भनेको अक्षरस पालना गछौं हामी । गरीबलाई एक मुठी चामल दिनुभन्दा हामी मन्दिरमा गएर क्विन्टलका–क्विन्टल सतबिज छर्छौंं । सानो कुरामा पनि नेताको सत्तोसराप गर्ने हामीहरु आफु चैं समाज र राष्ट्रका लागि सिन्को पनि भाँच्न तयार छैनौं ।
हाम्रो देश त्यसै गरीब भएको होइन रहेछ ! धर्मले गरीब र पछौटे बनाएको रहेछ ! अझै पनि मन्दिर बनाउने र धर्मको लागि अन्न, घिऊ र द्रवलाई ’स्वाहा‘ भन्दै भष्म पार्ने काम गरिरहेकै छौं हामीहरु । हामी अझ गरीब र झन दिशाहीन भइरहेछौं ।
अझै समय छ । भावी पिढीलाई सही बाटो देखाऔं । अब पनि कोही धर्मको नाममा मन्दिर, चर्च र मस्जीत तथा गुम्बा बनाउने भन्दै चन्दा माग्न आउँछ भने एक पैसा पनि दान नदिऔं । धर्मको नाममा बली दिने तथा आफु र अरुलाई दुःख दिने काम बन्द गरौं । जात र धर्मभन्दा माथी उठौं । उत्पादक काम गरौं, सकारात्मक सोचौं, सकारात्मक बनौं ।
Thursday, July 5, 2012
Thursday, June 28, 2012
Monday, June 18, 2012
Tuesday, June 5, 2012
Tuesday, May 29, 2012
Monday, May 28, 2012
कथा :
जागित्रले बोलाएपछि
- भक्त खपाङ्गी
“भारी पुग्यो बाजे ?”
मुठीको घाँस अघि काटेको थुप्रामा राखेर फेरि चियाको बुटामुनि घाँस काट्न घोप्टिएका रामप्रसाद बाजेका कानमा अनायास यो नारीस्वर गुन्जियो ।
काट्न समातिसकेको घाँस छाडेर झन्डैझन्डै छातीसम्म पुग्ने चियाका बोटभन्दा अग्लो भएर र दक्षिणतिर पहेंला-पहेला देखिने हरिया चियाका मुना डुब्न लागेका घामको टक परेर उज्याला देखिन्थे । झ्याम्म परेका अग्लाअग्ला सिरिसका रुखहरु लामालामा छायाँ तिनै मुनामाथि पारेर ठिङ्ग उभिइरहेका थिए । उत्तरतिर खोल्सो थियो । पारिपट्टि बाक्लो बाँसघारी स्तब्ध थियो बाँसघारी । पर्तिर पनि बगान निकै परसम्म फैलिएको कुरा बाजेलाई थाहा थियो ।
कतै केही चालचुल थिएन, मनमा चिसो पस्यो । आँट गरेर फेरि घाँस काट्ने विचारले चियाका बोटमुनि हात लम्काए । तर हात काम्न लागेझैं भयो । आङ ढक्क फुलेर आयो । मुटु ढुकढुक गर्न थाल्यो । ‘आइमेको सोर हो त्यो त’ भन्ने ठाने । नानाभाँतिका कुरा खेल्न थाले मनमा । फेरि उठेर चारैतिर हेरे । बगानका धुरा र वस्ती-गाउँ) कतैबाट पनि नजिक नपर्ने, बगानको सबैतिर डरलाग्दो ठाउँ ‘छतिउन गाछी’ । कतैबाट पनि नजिक नपर्ने, बगानको सबैभन्दा डरलाग्दो ठाउँ ‘छतिवन गाछी’मा आइपुगेको अवगत भएपछि भने बाजेका खुट्टा काम्न थाले । गाँठैैगाँठा भएको, झ्याम्म परेको डरलाग्दो कहानी बोकेको कुख्यात छतिवनको रुखनेर आफूलाई पाएपछि राम्रैसँग उनको हंसले ठाउँ छोड्डो । दुईवटा ज्यान लिइसकेको ‘जिउदो भूत’ त्यो रुखसँग अब साँच्चै डर लाग्न थाल्यो । पोहोर मात्र रहस्यमय ढङ्गले मरेकी साइँली तामाङ्नीको लास उनका आँखा अगाडि नाच्न थाल्यो । अघिको स्वर ठ्याक्कै उसैको हो भन्ने लाग्यो । सिकार भेटेको खुसीमा आकाशै ढाक्ने गरी आफ्नो आकार बढाउँदै अट्टहास गर्न थाल्यो रुख । सोच्ने, सम्भिmने कुरो केही रहेन त्यहाँ । मुठा पारिएका घाँसमात्र बोकेर बाजे घरतिर हानिए ।
“के भो ? त्यस्तो गर्मीमा सिरक पो ओढ्नु भएछ ।” भित्र गएर असामान्य स्थितिको बोध हुनेबित्तिकै बाजेको निधार छाम्दै बज्यै बोलिन्- “जरो पो आइराखेको छ त !”
“तेरा बूढाका दिन सकिए बूढी अब !” आँखा नउघारी शिथिल स्वरमा बाले बोले ।
“के भन्नुहुन्छ ? हन, के भो ?” बज्यै आत्तिइन् ।
“अब म बाँच्त्तिन, मानो पुगेछ । सारै कचकच गरिरहन्छौ भन्थिस् अब मन बुझा ।”
बाजेले कान्छालाई “आज क्याम्पस नजानू” भने । बज्यै शुश्रुषामा तैनाथ रहिन् ।
……
“शान्तिपुरेले केई लछारपाटो लाएन । इरुङ्टारेलाई बोलाएर ल्याइदेओ न ।” हिजो लगाएको धामीप्रति अविश्वास देखाउदै अर्को धामी ल्याउन आग्रह गरे बाजेले ।
बज्यैले उनको इच्छा पुर्याइदिने विचारले छोरा कान्छालाई धामी बोलाउन पठाउन चाहिन् ।
“इरुङ्टारेजस्तो गरुङ (गह्रै) मान्छे यस्ता केटाकेटीले बोलाउँदा आउँदैन । तँ आफैँ जा ।” उनले बज्यैलाई नै पठाए ।
कान्छालाई छेउमा बोलाएर अप्ठ्यारो मान्दै बाजेले भने- “कान्छा, अब म बाँच्तिनँ होला ।”
“कस्तो कुरा गर्नु हुन्छ बुवा ! हिम्मततिलो हुनुस्न । भूत प्रेत, जागित्र-सागित्र सब वाइयात हुन् । तपाईँलाई भ्रममात्रै भ’को हो । तपाईंलाई केई हुँदैन ।” बाबुलाई आँट दिने कोसिश गर्यो कान्छाले ।
“म मरे पनि बाँचे पनि यौटा कुरो बताइराख्नु पर्यो ।”
एकछिन अडिएको देखेपछि कान्छाले सोध्यो- “के कुरो ?”
“फेरि उई कुरो । के फरक पर्छ र ?” दिक्क मान्यो कान्छाले ।
“कान्छा, म तँलाई खास कुरो भन्छु । बाइर गएर हेर् त । कोई छ कि ?” उनले एकान्त चाहे ।
“कोई छैन, निष्पिmक्री भन्नुस् ।” कान्छाले ढुक्क पार्यो ।
“तिमेरु तेसरी मिलेर हिँडडुल गरेको देख्ता मलाई मनमा बढो चिसो पस्छ । म मरिगएँ भने अनर्थ होला कि भन्ने डर छ मलाई अस्तिदेखि नै भनुँला भन्दाभन्दै तेत्तिकै भो । मौकै परेन ।”
बाबुको कुरा बुझेजस्तै लाग्यो कान्छालाई । भन्यो,
“सावित्रा दमिनी हो भनेर त्यसो भन्नु भाको ?”
“कुरो जात अजातको मात्तै होइन, अर्कै छ ।” छोराको अनुहारमा पुलुक्क हेर्दै भने ।
“कस्तो अर्को कुरो ? कुतूहल देखायो कान्छाले ।
रहस्योद्घाटन गरेझैं छोराको अनुहारमा हेर्दै भने उनले, “त्यो तेरी बैनी हो !”
“बैनी ! कसरी ?” छक्क पर्यो कान्छो ।
अतीतका पाना पल्टाउँदै बोल्न थाले बा- “तँ बषर्ीको थिइस् । तेरी आमा सारै भई बिरामले । तेतिखेर तेरी मावलीकी हजुरआमा जिउँदै थिइन् । पित्र भइसकेकी । छोरी लगिन् उतै । तेरो ठूल्दाई छुट्टसिकेको थियो । माइलो पर्देस लागिरथ्यो । तँ मावलै थिइस् । तेरा दिदीहरु पनि आ-आफ्ना घर गइसकेका थिए । घरमा कोइ थिएन । तेतिखेर त्यो सावित्राकी आमा सारै दुःख पाएर हाम्रैमा घाँस काटन, भाँडासाँडा मल्न बसेकी थिई । अनि…..त्यस्तै भो । त्यो सावित्रा भर्गमा आइछ । अइलेको तेसको बाउ यौटा मिसिन लिएर भक्खरभक्खर यो बर्नेझोडामा आइरथ्यो । अनेक तालमेल खेलेर सारै होसियारी साथ त्यसलाई जिम्मा लाइदिएँ । था’चै कसैले पाएन । तर….. त्यो केटी तेरी आफ्नै बैनी हो ।”
…..
“बेलुकातिर मत्तै मन्टिन्छ अरे त्यो इरुङटारे भनाउँदो ।” भन्दै बज्यै चाँडै फर्किन् ।
उल्टीबेलातिर एउटी ‘मदर’को ज्यान खाने बगानकी महिला मजदुर लच्छिमी पनि बाजेलाई हेर्न आई । बज्यैले सिकुवामा बसाइन् ।
“एक्ली मान्छे । छोराछोरी ससानै छन् । दिनभरि काममा बेलुकीखेर घाँस काट्न नगए त्यो यौडा भ’को गाई पनि मरिहाल्छ । के गर्नु, भ्याएनभ्याई छ । अगि ब्यान पो सुने बाजे सारै छन् भनेर । कामबड अलि छिट्टै आएर यता आइहालें । अइले बाजेलाई घकस्तो छ ?” ढिलो आउनुको कारण बताउँदै अहिलेको हालत बुझन चाही उसले ।
“उस्तै छ । इरुङटारेलाई आफैं गएर बोलाइरछु । अब त आउने बेला भयो कि ?” हरेस खाएझैं गरी बोलिन् बज्यै ।
“मान्छेको सरीर पनि केई होइनरछ । हिजो बेलुकीसम्म सन्चै घाँस काट्तै गरेको मैले देखेको ।” लच्छिमी आफ्नै धुनमा बोल्न थाली- “अब त बगानमा सप्पैले गाई पाल्ने भएर घाँस पाउनै गारो भइसक्यो । छतिवन गाछीतिर चै तेत्ति मान्छे नगएर होला पाइन्छ अलेलि । हिजो बेलुकाखेर बाजेलाई तेतै घाँस काट्तै गरेको देखेर मलाई पनि आँट आयो । तर म चैं निक्कै वर थिएँ । बाजे चै गाछीकै छेउछाउ काट्तै हुनुहुन्थ्यो । लोग्नेमान्छेको जात हामी आइमेजस्ता डरछेरुवा काँ हुन्छन् र ! हेर कसरी नडराइ घाँस काटिरा’का छन् भने मनमनै मलाई त लाग्दैथियो । तर बाजेलाई देखेर अलि ढुक्क लाग्थ्यो । परै भए पनि बोल्नु पर्यो भनेर अलि सारै बोलाएँ ‘भारी पुग्यो बाजे ?’ भनेर । मैले सोधी सक्ता नसक्ता बाजे स्वात्तै पसिहाल्नु भो बोटमुनि । मैले बोलाएको सुन्नु भएन छ क्यार भनेर म चैं भारी बान्न थालेँ । भारी बानिसकेर एक छिनमा त हिँडी पनि हालेँ । अघि ब्यान पो काममा गइसकेर था’ पाएँ बाजे बिरामी भ’को कुरा । भूतले बोलायो कि तर्सायो भन्थे मदिसिनीहरु ।”
चड्किलो स्वरमा लच्छिमीले बोलेको बाजेले भित्रैबाट सुने । उसलाइ भित्रै बोलाएर सोधे-
“हिजो मलाई भारी पुग्यो ? भनेर सोध्ने तिमी नै हौ ?”
“हो त । किन र ?” लच्छिमीले कुरो बुझेझैं गरिन् ।
(कथाकार खपाङ्गी झापाको बुधबारे उच्चमाविका प्रअ हुनुहुन्छ)
Wednesday, May 23, 2012
Sunday, May 20, 2012
Friday, May 18, 2012
Thursday, May 17, 2012
Subscribe to:
Posts (Atom)