Sunday, October 21, 2012

मेरो दशैं :

हाम्रो घर मा दसैं होस् वा अरु कुनै चाड-पर्ब मनाइन्छ तर काट्मार गर्ने चलन छैन । मासु खाहिन्छ तर बगरेको बाट किनेर । झन् खसी त काट्दै काटिदैन हाम्रोमा । 



भएछ के भने; त्यो बेलामा मेरो बुवा सानै उमेरको हुनुहुन्थ्यो रे । घरमा एउटा लाम्काने बाख्राको पाठो थियो रे । त्यो पाठोको नाम मेरो बुवाले 'अशोक' राखिदिनु भएछ । अशोक भनेर जस्ले बोलाये पनि खुरुक्क आइपुग्थ्यो रे । सानो-छुनुमुनु गर्दै, बुरुक्क-बुरुक्क उफ्रिदै घरका सबै केटाकेटीसँग खेल्थ्यो रे अशोक । परिवारको एउटा सदस्य थियो रे अशोक । जब अशोक हट्टा-कट्टा र बलियो भयो । हजुरबुवाले यसपाली को दशैमा यस्लाई काट्ने भन्न थाल्नु भयो रे । हजुरबुवाको बिरोध गर्ने आँट कसैसँग थिएन रे । नभन्दै दसैं पनि आयो । अब मार हान्नलाई सबै कुरा ठीक-ठाक पारीएछ । हतियार भेला पारीयो, पानी तताइयो अनी हजुरबुवाले 'खसी लिएर आइज' भनेर जेठो छोरो(मेरो बुवा)लाई अराउनु भएछ । अनी बुवाले 'अशोक' भनेर बोलाउने बित्तिकै खुरुक्क मार हान्ने ठाउँमा आइपुगेछ । हजुरबुवाले पूजा-पाठ गरेर अशोकलाई काट्नु भएछ । तर, घरका सबै केटाकेटी रोये रे । मासु त कसैले नि छोएन रे । घरका कसैले नखाएपछी मासु फ्याकियो रे । त्यसबेलादेखी हजुरबुवाले घरमा काट्मार बन्द गर्नुभएछ । अहिलेसम्मा हाम्रोमा काट्मार गर्ने चलन छैन ।

No comments: