Friday, January 6, 2017

‘कुरुप’ बंगलादेशी नायक अलोमबाट सिक्नुपर्ने केही कुरा !

चलचित्रको ‘हिरो’ भन्ने बित्तिक्कै अग्लो, हट्टा–कट्टा, सुन्दर, प्रभावशाली आवाज भएको कुनै व्यक्तिको छवि आउँछ । यस्तो छवि दिमागमा आउनु अस्वाभाविक कुरा पनि होइन, किनभने अहिलेसम्म विश्वकै चलिचित्रमा जमेका अभिनेता वा नायकहरुको हुलिया यस्तै नै छ । तर, यीं आम रेकर्ड तोड्दै बंगलादेशी ‘हिरो अलोम’ देखापरेका छन् ।



उनी हेर्दा होचो कदका ख्याउटे व्यक्ति छन् । सामान्यभन्दा बढी नै श्यामवर्णका छन् । न त उनी हिस्सी परेका छन्, न त खाइलाग्दा ज्यानका नै छन् । तापनि अहिले साउथ एसियन सोशल मिडियामा 'हिरो अलोम' ट्रेन्डमा छन् ।
इन्डियन मिडियाले सँधै ‘कुरुप’को संग्या दिएर खिल्ली उडाउने बंगलादेशी नायक/मोडेल अलोमका छोटो समयमै युट्युबमा १० हजारभन्दा बढी सब्सक्राइबर र लाखौं भ्युवर्स पुगिसकेका छन् । अलोम अहिलेसम्म पाँच सयभन्दा बढी म्युजिक भिडियोहरुमा देखापरिसकेका छन् । उन्को चर्चा–परिचर्चा कती छ भन्ने कुराको अनुमान बंगलादेशी क्रिकेटरहरुले समेत अलोमसँग सेल्फी लिएको बाट पनि अनुमान गर्न सकिन्छ । हालका दिनमा हिरो अलोम जता पुग्छन्, सेल्फी खिचाउनेको ओइरो नै लाग्न थालेको छ ।

सुरुवाती दिनमा हिरो अलोम चना–चटपटे बेच्ने काम गर्थे भने घर आएर अभिनयको अभ्यास गर्ने गर्थे । दश वर्षको हुँदा उन्का बुवाले दोस्रो श्रीमति बिहे गरे अनि उन्की आमालाई घरबाट निकालिदिए । चरम गरिबीको कारण यिन्ले पढाइ सानै उमेरमा छोडे, अनि काममा लागे । अनेकौं दुःख र हन्डर खाए तापनि आफ्नो चलचित्रमा हिरो बन्ने सपनालाई मर्न दिएनन्, जुन सपना अहिले आएर साकार हुन थालेको छ ।

अलोमले सन् २००८ मा आफ्नो पहिलो म्युजिक भिडियो बनाए अनि त्यसलाई स्थानीय केशल टिभीबाट प्रशारित गरे । जुन भिडियोलाई धेरैले तारिफ गरे । त्यसपछिका दिनमा उन्ले पछि फर्केर हेर्नुपरेको छैन । यद्दपी मोडलिङका सुरुवाती दिन पनि सजिलो थिएन । उन्को रंगरुप देखेर कुनै पनि युवती उनीसँग मोडलिङ गर्न राजी हुन्थेनन् । तापनि उन्ले कहिल्यै हरेस खाएनन् । त्यसबखत हिरोगिरीका अलावा उनी केवल टिभी अपरेटरको काम पनि गर्थे । आज उनीसँग धेरै सुन्दर युवतीहरु पनि सेल्फी खिचाउन र काम गर्न मरिहत्ते गर्छन् ।

अलोमले आफ्नो रुप–रंग, गरिबी र अपहेलनालाई कहिल्यै पनि आफ्नो कमजोरी बन्न दिएनन् र निरन्तर कलाकर्ममा जुटिरहे । हालसम्म उनी ठूलो पर्दामा नायक बन्ने अवसर पाएका छैनन् तर पछिल्ला दिनहरुमा उनी जबरजस्त सफल कलाकार बनेका छन् ।
वास्तवमै अलोमसँग साहस र आत्मविश्वास थियो, जुन कुराले उन्लाई सफलताको बाटोमा डोहोर्‍याइरह्यो ।
असर्फुर अलोम सइद नामका यीं बंगलादेशी युवाबाट सिक्नुपर्ने मुख्य कुरा छोटकरीमा :
१. आत्मविश्वास
२. निरन्तरता
३. मेहेनत
र,
२. ‘संसारले के भन्ला ?’ भन्ने रोगबाट मुक्ति !
– प्रस्तुती : योगेश

No comments: