Friday, January 6, 2017

१० प्रेरणादायी पुस्तक जसले जीवन जीउने तरिका बदलिदिनेछ !

भर्खरै अन्तर्राष्ट्रिय नयाँ वर्ष २०१७ लागेको छ । सँधैको नयाँ वर्षमा झैं यसपटकको नयाँ वर्षमा पनि तपाईंले धेरै किसिमका संकल्प (resolution) गर्नुभएको हुनसक्छ । त्यसमध्ये अर्को संकल्प पनि थप्नु उचित हुन्छ – पुस्तक पढ्नु ।

थोरोले 'पुरानो कोट लगाऊ, नयाँ पुस्तक पढ' भनेका छन् । अझ म त भन्छु - सकिन्छ भने नयाँ कोट पनि लगाउने र नयाँ-पुरानो सबै पुस्तक पढ्नुपर्छ । पुस्तक पढ्नु राम्रो बानी हो । पुस्तक नै हो जसले तपाईंको ज्ञानको क्षितिजलाई फराकिलो बनाउँछ । जसले तपाईंको आगामी जीवन सफलता-उन्मुख त बनाउन सक्छ नै जीवन जीउने नयाँ तरिका पनि दिनसक्छ ।

यहाँ २०१७ का लागि केही अन्तराष्ट्रिय ख्याती कमाएका १० प्रेरणादायी पुस्तकको सूची दिइन्छ, जुन हरेक व्यक्तिले जीवनको जुनसुकै खण्डमा भए पनि पढ्नै पर्छ ।

HOW TO WIN FRIENDS AND INFLUENCE PEOPLE - DALE


नाम अनुसारकै यो पुस्तक प्रेरणादायी छ । पुस्तकमा विभिन्न व्यक्तिहरुको बिचमा तपाईंले आफ्नो अमिट छाप कसरी छोड्न सक्नुहुनेछ र उनिहरुलाई प्रभावित गर्न सक्नुहुनेछ भनि उदाहरण सहित लेखिएको छ ।

THINK AND GROW RICH – NEPOLEON

यो पुस्तक लेख्न लेखक नेपोलियनलाई २० वर्ष लागेको थियो । लेखकले यस पुस्तकमा आफ्नो समयको सफल व्यक्तिहरुको अनुभव सँगालेका छन् । प्रेरणादायी पुस्तकहरु मध्ये यस पुस्तकलाई विश्वमै उच्च कोटीमा राखिएको छ ।

LAWS OF SUCCESS - NAPOLEON HILL


यो पुस्तकलाई लेखक नेपोलियन हिलले सफलतासँगको सम्बन्धलाई स्थापित गरेका छन् । पुस्तकले भन्छ, मात्र सकारात्मक सोचले केही गर्दैन । सकारात्मक सोचका मेहनत पनि गर्न जरुरी हुन्छ ।

THE 7 HABITS OF HIGHLY EFFECTIVE TEENS - SEAN COVEY

यो पुस्तकलाई तपाईं आफ्नो जीवनसँग जोड्न सक्नुहुन्छ । किनकी यस्मा प्रत्येक अनुभवलाई उदाहरणका साथ दिइएको छ ।

AS A MAN THINKETH - JAMES ALLEN



यसमा पुस्तकका लेखक जेम्सले मान्छे एक माली र दिमाग एक बगैंचा हो भन्ने पुष्टि गरेका छन् । पुस्तक भन्छ – मालीले जस्तो बिउ रोप्छ, त्यस्तै फल पाउँछ ।

SEE YOU AT THE TOP - ZIG ZIGLAR


यो पुस्तकका लेखक जीगलेस्टेप बाई स्टेप सफल हुने तरिकाहरु सिकाएका छन् । पुस्तकले नराम्रो बानी कसरी छोड्ने र असल बानी कसरी समात्ने भन्ने बताउँछ ।

THE 80/20 PRINCIPLE - RICHARD KOCH



यस पुस्तकले दिएको सिद्धान्त संसारको सबै स्थानमा लागू हुन्छ । यसमा संसारको ८०५ सम्पत्ति २०५ व्यक्तिसँग छ भने २०५ सम्पत्ति ८०५ मान्छेहरुसँग छ भनेर तथ्यगत कुरा उजागर गर्छ ।

THE POWER OF LESS - LEO BABAUTA



यस पुस्तकले व्यवहारिक तरिकाले समयको सदुपयोग कसरी गर्ने भन्ने सिकाउँछ ।

BRAIN RULES - JOHN MEDINA



यो पुस्तकले दिमागले कसरी काम गर्छ र स्ट्रेसबाट कसरी बच्ने भन्ने सिकाउँछ ।

MASTERY - ROBERT GREENE



यस पुस्तक पढेपछि तपाईंले आफ्नो भित्री शक्ति चिन्न सक्नुहुनेछ । तपाईं कुन कुराको मास्टर हो र त्यसतर्फ कसरी काम गर्ने भन्ने सिकाउँछ ।
- प्रस्तुती : योगेश

No comments: