- भक्त खपाङ्गी
नेपालको संविधान २०६३ ले नेपाललाई गणतन्त्रात्मक मात्र होइन, धर्म निरपेक्ष राष्ट्रका रुपमा पनि स्थापित गरायो। दोस्रो जनआन्दोलन ताका नेपाली काङ्ग्रेस, एमाले जस्ता राजनीतिक दलले जनताको विश्वास लगभग गुमाइसकेका थिए। आँधी तुफानजस्तो भएर माओवादीको आगमन र उदय भइराखेको थियो। यस दललाई नेपाली जनताले एक चामत्कारिक शक्तिका रुपमा लिन थालेका थिए। लथालिङ्ग भएको राष्ट्रलाई अब कि त राजाले नै सम्हाल्न सक्छन् कि त माओवादीले भन्ने ठान्न थालिएको थियो। जनता यिनै दुई कित्तामा बाँडिसकेका थिए। सत्ताबाट पाखा लागेका काङ्ग्रेस, एमाले जस्ता दलहरु पनि यी दुई शक्तिमध्ये एकको समर्थन गर्न बाध्य बने। संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई अङ्गीकार गर्दै आएका यी दलहरुले राजतन्त्रका विरुद्धमा उभिएको माओवादी दललाई समर्थन मात्र गरेनन्, सक्रिय सहभागीका रुपमा समेत प्रस्तुत भए। नेपाली सञ्चारमाध्यमले त खुलेरै आन्दोलनकारीलाई साथ दिएकै थियो। दिनहुँजसो मारधाड, तोडफोड, आगजनी भइरहँदा पनि ‘शान्तिपूर्ण आन्दोलन’ भन्न सञ्चारमाध्यमहरुले छाड्दै छाडेनन्। भित्रभित्रै साथ दिँदै आएका विदेशी शक्तिहरु पनि खुलेरै राजतन्त्रका विरुद्धमा उभिए। राजतन्त्रवादी क्रमशः कमजोर हुँदै गए। उनीहरु हुलमुलमा जीउ जोगाउनु नै बुद्धिमानी हुने निक्योर्लमा पुगे। यस्तो परिस्थितिमा राजतन्त्रविस्थापित भई गणतन्त्र आउनु स्वाभाविकै थियो। हुनत काङ्ग्रेस, एमाले लगायत सातै दलले आफ्नो विजय ठानेँ। तर, वास्तविक विजेता चाहिँ नेकपा माओवादी नै थियो। जनताले उसैलाई साथ दिएका रहेछन् भन्ने कुरा संविधानसभाको निर्वाचनले पुष्टि गरिदियो। दुई ठूला दलले पाएको सीट सङ्ख्या जोड्दा उसको छेउमा पुग्न सकेनन्। यस्तो परिणामले माओवादीलाई उन्मत्त बनाइदियो। यद्यपि, उसको पनि संविधानसभा संसद्मा बहुमत हुन सकेन। त्यसैले मिलिजुली (गठबन्धन) सरकार बन्यो, जसको नेतृत्व माओवादीबाटै गरियो। माओवादी अध्यक्ष कमरेड पुष्पकमल दाहाल (प्रचण्ड) नेपालका पहिलो गणतान्त्रिक प्रधानमन्त्री बन्नुभयो। पहिलेदेखि अधोगतितिर लागिसकेको राष्ट्रले त्यसपछि त झन् तीव्र गति लियो। राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक क्षेत्रमा विचलन आयो, अस्तव्यस्तता बढ्दै गयो। नेपाली भाषालाई राष्ट्र भाषाको स्थानबाट घोक्रेठ्याक लगाइयो, दौरासुरुवाललाई सामन्ती पहिरन ठानेर विस्थापित गरियो, चन्द्रसूर्य अङ्कित राष्ट्रिय झण्डा फेनेर् दुस्साहस समेत भयो, कतिपय ठाउँमा यो डढाइयो। ‘नेपाल’ शब्दकै विकल्प खोज्न थालिएको भन्ने गाइँगुइँ हल्ला समेत सुनिन थालिएको थियो। यति हदसम्मको क्रियाकलापलाई नेपाली जनताले सहन गर्न सक्ने अवस्था नदेखिन थालेकाले यी दुस्प्रयासहरु त्यतिकै सेलाए। तर, समाजमा चौतर्फी अराजकता र अस्तव्यस्तता बढ्दै आयो। घुसखोरी, कमिसनखोरी, भ्रष्टाचार, महँगी त खपिनसक्नु गरी झाङ्गिदै आयो। तर, सबैभन्दा खतरनाक भएर आयो असुरक्षा। नेपालमा बन्दुके संस्कृतिको विकास हुन गयो। यसबाट मुलुकभरि खासगरी राजधानी र तराईमा थुप्रै सशस्त्र आपराधिक गिरोहहरु स्थापित भए। लुट, अपहरण, फिरौती, हत्याका घटना बाक्लै हुन थाल्यो। हामी अहिले यही आतङ्कित परिवेशमा जसोतसो बाँचिरहेका छौँ। यस स्थितिमा तत्कालै सुधार आउने सङ्केत देखिएको छैन।
यस्तो अव्यवस्था आउनुमा मूल कारण नेपाली राजनीति नै देखिएको छ। नेपाली राजनीति भनिए पनि यसमा विदेशी राजनीतिको पूर्ण प्रभाव रहेको दृष्टिगोचर हुन्छ। प्रमुख कारण राजनीति देखिए पनि गम्भीर कारणचाहिँ यसैले लिएको गलत धार्मिक नीतिलाई मान्न सकिन्छ। यसैका कारणबाट परम्परागत रुपमा स्थापित रहेको हिन्दु (अधि) राज्य नेपाललाई अनायसै धर्मनिरपेक्ष राष्ट्र घोषित गरियो। ‘कम्प्युटरको यस आधुनिक युगमा धर्मको महत्व नै के छ र !’ भन्ने विचारले ओतप्रोत कथित आधुनिक बुद्धिजीवी, विद्वान्हरुले यसलाई सहज रुपमा स्वीकार मात्र गरेनन्, आन्दोलनकै ठूलो ‘उपलब्धि’का रुपमा समेत लिए। अहिले पनि यसलाई ‘गुमाउन नहुने आन्दोलको उपलब्धि’ मान्नेहरु पर्याप्त छन्। यसमा पढेलेखेका, सुशिक्षित, आधुनिक, क्रान्तिकारी र प्रगतिशील विचारका भनिनेहरुको सङ्ख्या अत्यधिक देखिन्छ। ‘धर्म वैयक्तिक आस्थाको विषय भएको हुनाले राज्यले नै कुनै विशेष धर्मलाई राष्ट्रिय धर्मका रुपमा लिनु आवश्यक छैन, यसलाई व्यक्तिगत स्वतन्त्रताका रुपमा छाडिदिनुपर्छ, यो पूर्णतः ऐच्छिक विषय हो’ भन्ने मान्यता राखिने गरेको देखिन्छ। कुनै विशेष धर्म मान्न पाउनु मात्र नागरिकको स्वतन्त्रताको हक होइन, कुनै पनि धर्म नमान्न पाउनु पनि उसको मौलिक हक हो भन्ने विचारको स्थापना भइसकेको छ। धर्म वाहियात वस्तु हो, अनपढ, अशिक्षित, गँवार र सभ्यताबाट टाढा रहेकाहरु मात्र धर्मको पकडभित्र रहन्छन्, सबै कुरा बुझेको बुद्धिमान्ले त कुनै खासै धर्म स्वीकार गरिरहनु आवश्यक छैन भन्ने मान्यताको विकास भएको देखिन्छ। खास गरी वामपन्थी विचारमा डुबेका वामबुद्धिजीवीका लागि त धर्म शोषक र सामन्तवर्गले गरिब, निमुखा जनतालाई शोषण गनेर् साधन मात्र हो। तर, धार्मिक आस्था व्यक्तिबाट हटाउन गाह्रो हुने यथार्थलाई स्वीकादैर् यसलाई ‘अफिम’ ठान्छन्, उनीहरु। अफिमलगायत लागुपदार्थको कुलतमा फसेकालाई त्यसबाट छुटाउन निक्कै कठिन काम हो।
तर, धर्म उनीहरुले भनेजस्तो अस्वीकार्य र त्याज्य विषय होइन रहेछ। यसको अभावमा कुनै पनि समाज अराजक, अस्तव्यस्त र ध्वस्त हुने रहेछ। हाम्रै देशको अराजकताले यसलाई पुष्टि गदैर्छ। आज पनि विश्वमा धर्मनिरपेक्ष राष्ट्रको सङ्ख्या साह्रै कम रहेछ। थुप्रै देशहरु धर्म सापेक्ष राष्ट्रका रुपमा रहेका छन्। ७० भन्दा बढी मुलुकमा क्रिश्चियन धर्म, ४० भन्दा बढी मुलुकमा मुस्लिम धर्म, एक दर्जनभन्दा बढी मुलुकमा बौद्ध धर्म राष्ट्रिय धर्मका रुपमा रहेको देखिन्छ। नागरिकको ठूलो सङ्ख्याले मान्ने धर्म, त्यस देशको राष्ट्रिय धर्म हुने गरेको देखिन्छ। धर्म मान्नु व्यक्तिगत स्वतन्त्रता होइन, अनिवार्य रहेको पनि बुझिन्छ। जस्तो एउटा मुस्लिम धर्मावलम्बीले ‘म अब धर्म मान्दिनँ’ भन्न पाउने अवस्था हुँदो रहेनछ। अन्य धर्मकाले पनि आफ्नो धर्मलाई नकार्न सक्दा रहेनछन्। यसरी हेर्दा सबैभन्दा उदार धर्मका रुपमा हिन्दु धर्म नै देखिन्छ। यसको खुलेआम आलोचना गनेर् हिन्दुहरु प्रशस्त पाइन्छन्।
मानव विकास क्रमको इतिहासबारे सामान्य जानकारी राख्ने मान्छेलाई पनि थाहै छ, प्रारम्भिक अवस्थामा मान्छे जङ्गली अवस्थामा थियो। गुफामा बस्थ्यो, फलफूल र काँचै मासु खान्थ्यो, नाङ्गै हिँड्थ्यो, खुला यौन क्रियाकलाप गथ्योर्। त्यहाँ शासक थियो न शासित, न कोही शोषक न कोही शोषित। त्यसबखत पनि परिवारको ज्येष्ठ सदस्य, विशेषतः नारी सदस्यको निदेर्शन र नियन्त्रण हुन्थ्यो। तिनै नारीलाई हामी हिन्दुहरु आद्यशक्तिका रुपमा लिन्छौँ, माई भगवती पनि भन्छौँ। खुल्ला यौनका कारण बाबुको पहिचान नहुने तर आमा त नचिनिने कुरै भएन। कैयौँ पुस्ता आमा, हजुरआमा जस्ता नारीहरुकै नेतृत्वमा मानव समुदाय अघि बढ्यो। परिवार समूह समुदाय हुँदै समाजमा बद्लियो। यौन व्यवस्थित भयो। सक्षम योग्य पुरुष देखिँदै गए। प्रकृतिका गूढ रहस्यहरुको अर्थ खोजिँदै गयो। यसै क्रममा अग्नि (आगो), वायु (हावा), सविता (सूर्य), बरुण (पानीको देवता), सोम (जून), इन्द्र (शक्तिशाली अदृश्य शासक), मरुत् (हावा), उषा (झिसमिसे उज्यालो), रुद्र (डरलाग्दो प्रकृतिको रुप) आदि देवताका रुपमा स्थापित भए। समाज व्यवस्थित गर्न विभिन्न संहिता (नियमहरु) बनाइए। दण्डसजायको व्यवस्था गरियो। मानवीय दण्डसजाय मात्र पर्याप्त भएनन्। नैतिकता, चरित्र, विवेकले मात्र व्यक्ति नियन्त्रित, संयमित र अनुशासित बन्न सक्ने देखियो। यसै क्रममा धर्मको उत्पत्ति हुन गयो। धर्मले नै मानव समुदायलाई विकसित र सभ्य बनायो। अहिले पनि संसारकै मानव समुदाय कुनै न कुनै धर्ममा बाँधिएकै छन्। धर्मको अभावमा सभ्य मानव समुदायको कल्पना गर्नु निरर्थक हुनेरहेछ। धर्म शोषण गनेर् हतियार होइन, समाजलाई सुव्यवस्थित गराउने मूल तत्व हो।
विश्वको सबैभन्दा पुरानो धर्मका रुपमा हिन्दु धर्म नै देखिन्छ। बौद्ध, त्रिश्चियन, इस्लाम धर्मझँै यो कुनै विशेष महामानवबाट स्थापित भएको होइन। मानव विकास क्रमको लामो यात्रामा समयक्रमले नै यसको प्रादुर्भाव गरेको ठहर हुन्छ। चार्वाकेली दर्शनजस्तो नास्तिक विचार पनि यसभित्र अस्तित्वमा नआएको होइन तर यो एक आध्यात्मिक दर्शन नै हो। हिन्दु सामान्य धर्म मात्र होइन, गौरवशाली पूर्वीय दर्शन पनि हो। हुनत सबै धर्मले मानवतामाथि नै जोड दिन्छन् तर हिन्दु धर्म हिन्दुहरुको मात्र भलाइको कामना गदैर्न। सवेर् भवन्तु सुखिनः सवेर् सन्तु निरामया, सवेर् भद्राणि पश्यन्तु माकश्चिद् दुःख भाग्जनः।। (सबै सुखी होऊन्, सबै रोगव्याधीरहित (निरोगी) होऊन्, सबै प्राणीप्रति कल्याणको कामना गरियोस्, कुनै व्यक्ति वा जीव दुःखका भागी नहोऊन्।) भन्ने हिन्दु धर्मको आदर्श वचनले यसको उदात्तताको परिचय दिन्छ।
धर्मले मान्छेलाई आध्यात्मिक बनाउँछ। नैतिकता, सच्चरित्रता, इमानदारी, विवेक, अनुशासनजस्ता मानवीय गुणको विकासमा यसको महत्वपूर्ण भूमिका रहेको हुन्छ। यी सद्गुणहरुको अभावमा अनैतिकता, व्यभिचार, अशिष्टता र विवेकहीनताको विकास हुने भएकाले अपराधवृत्ति बढ्न जान्छ, जुन अहिले हामीले भोगिराखेका छौँ।
बहुधार्मिक, बहुसांस्कृतिक देश नेपालमा ८१.३ प्रतिशत नेपाली हिन्दु धर्मावलम्बी भएकाले यसलाई राष्ट्रिय धर्मका रुपमा पुनस्र्थापित गराउनु आजको आवश्यकता बनेको छ। धर्महरुको नेतृत्व दिन यही धर्म सक्षम र योग्य देखिन्छ। मुलुकमा शान्ति सुव्यवस्था पुनस्र्थापित गराउने हो भने नेपाललाई पुनः हिन्दु राष्ट्र घोषित गर्नुपनेर् देखिन्छ। धर्म निरपेक्षता नेपालका लागि घातक सिद्ध भइसकेको छ। यसमा भौतिकवादी विचारले फस्टाउने मौका पाउँदो रहेछ। मानव समाजमा अस्वीकृत भइसकेको ‘यावज्जीवेत् सुखम् जीवेत्’को चार्वाकेली सिद्धान्तमा आधारित भौतिकवादले मान्छेलाई व्यक्तिवादी र स्वार्थी बनाउँछ। भौतिक सुख प्राप्तिका लागि जसरी भए पनि धन बटुल्ने मात्र होड चल्छ। धन मान्छेका लागि होइन, मान्छे धनका लागि हो भन्ने घातक विचार प्रबल हुन्छ। पापधर्म फजुल कुरा ठहरिन्छन्। स्वर्ग नर्कको लोभ र डर रहने कुरै आउँदैन। फलस्वरुप समाजमा व्यभिचार र आपराधिक गतिविधि ह्वातह्वाती बढ्दै जान्छ। अल्पसङ्ख्यक अधार्मिक भौतिकवादीहरुको लहैलहैमा लागेर राष्ट्रलाई धर्मनिरपेक्ष रहन दिनु बुद्धिमानी ठहदैर्न। त्यसैले नेपाललाई फेरि हिन्दु धर्म सापेक्ष राष्ट्र बनाउन सबै लागिपर्नुपनेर् बेला आएको छ। बढ्दो अपराध नियन्त्रण र निर्मूल गर्न यही बाटो उचित हुनेछ। ▪

पूर्वको लोकप्रिय अखबार 'प्रतिदिन दैनिक'मा प्रकाशित
No comments:
Post a Comment