-योगेश कुमार खपाङ्गी
अचेल हरेक दिनजसो खबर आउँछ; सुशिल कोइरालालाई प्रम बन्न भारतले रुचाएन । खड्ग ओली भारत समर्थक हुनाले ओली प्रम बन्न सक्ने । मधेसी दललाई भारतको समर्थन । आदी-इत्यादी ।
तर हेक्का राख्नु पर्ने कुरा चैं के हो भने; भारत आफैमा भित्र-भित्रै चकनाचुर भइसक्या छ । धेरैलाई थाहा भएकै कुरा हो, नर्थ इन्डियन र साउथ इन्डियनहरु बिदेशमा भेट हुँदा बोलचाल सम्म गर्दैनन् । केरेलाकाहरु चढेको गाडीमा मद्रासी चढदैनन् । दक्षिण भारतीयहरु उत्तरभारतीय भाषा भनेर हिन्दी भाषा बुझ्ने र बोल्न सक्ने भए पनि बोल्दैनन्, उनिहरु भरसक आफ्नो स्थानीय भाषा बोल्छन् नत्र अंग्रेजी नै बोल्छन् । यहाँसम्म कि आफुलाई 'भारतीय' भनाउन सम्म चाहँदैनन् दक्षिण भारतीयहरु । बेंग्लोरमा उत्तर भारतीयहरु लखेटिन्छन् । महारास्ट्रमा बिहारीले कुटाइ खान्छन् । पुर्वोत्तर भारतमा पूर्वकै बंगालीहरु लखेटिन्छन् । साझा नदीको पानीको लागि आफ्नै देशभित्रका दुई राज्यबिच झगडा हुन्छ ।
संघियता भारतमा अफाप सिद्ध भईसक्यो । राज्यहरु झन सानो-सानो टुक्रामा टुक्रिंदो छ । जस्ले गर्दा भारतको राष्ट्रियता जन-जनमा झन-झन कमजोर बन्दै जाँदै छ । आन्तरिक कलह चुलिंदो छ । बिचरा भारतलाई आफ्नै राजनीती थामी सक्नु छैन । यस्को फाईदा उठाएर भारतीय नेताहरुलाई अमेरिकि र युरोपियनहरुले टुप्पीमा समाएर घुमाइराखेका छन् ।
बेक्कारमा हाम्रा पत्रकारहरु र नेताहरु भारतलाई 'हाउगुजी' बनाउँछन् । दिल्ली भनेको हाम्रा लागि कागजी शेर (Paper Tiger) मात्र हो भन्ने हाम्रा नेता र कथित बिष्लेशकहरुले कहिले बुझ्ने हो खै ?
हिटलरले भनेका छन् -
'राजनीतीमा टिकिराख्न एउटा न एउटा दुस्मन चाहिन्छ । छैन भने काल्पनिक दुस्मन खडा गरेर भए पनि जनतामा त्रास फैलाईरहनु पर्छ ।' नेपालमा पनि आ-आफ्नो फाईदाको लागि सबैले काल्पनिक दुस्मन जन्माएको मात्र हो भन्ने लाग्छ । वास्तवमा भारतको र नेपालको राजनीतिक हालत बिल्कुल उस्तै हो । भारत लोकतन्त्रले होइन, बलियो कर्मचारीतन्त्रको कारणले मात्र अहिलेसम्म टिकेको छ ।
भारतसँग हाम्रो देशको सिमाना तीन तिरबाट जोडीएको हुनाले अवश्य पनि चीनभन्दा पहिलो छिमेकी हो । केही सल्लाह-सुझाव लिन सकिन्छ । आपसी छलफल गर्न पनि सकिन्छ । तर उस्ले दिएको सल्लाहलाई अक्षरस पालन गर्न हामी वाध्य छैनौं । दिनेले दिन्छ, लिनेले नलिए पछी कस्को के लाग्छ ! हाम्रा नेता, पत्रकार र राजनीतिक बिश्लेषकले हामी सम्प्रभुता सहितको स्वतन्त्र राष्ट्र हो भन्ने कुरा किन नजरअन्दाज गर्छन् ?
कसैले भन्लान्; भारतसँग हतियार छ । विश्व शक्ती-रास्ट्रमा भारत पनि अघाडी बड्दैछ । उस्लाई कम आँक्नु हुन्न । हो, कसैलाई पनि 'अन्डरस्टिमेट' गर्नु हुन्न । तर कसैको घरमा तरवार छ भन्दैमा उस्ले जथाभावी मान्छे मार्न पाउँदैन । संसारमा नियम छ, कानुन छ । ढोल बज्दैमा डराउनुपर्दैन । कम्तिमा ढोल बज्दैगरेको ठाउँमा के छ ? भनेर हेर्न जाने हिम्मत गर्नु पर्छ ।
यदी राजा महेन्द्र जस्तो एउटा गतिलो मान्छे नेपालमा फेरी जन्मिने हो भने कुनै माइका लालले हामीलाई हल्लाउन सक्ने छैन ।

No comments:
Post a Comment