Saturday, June 29, 2013

टोपी ब्यापारीको कथा

एकजाना टोपी ब्यापारी ब्यापारको दौरान कतै जाँदै रहेछ । हिंड्दा-हिंड्दा थकाई लागेर एउटा रुखको छाँयामा आराम गर्दा-गर्दै निदाएछ । ब्युँझिएर हेर्दा त आफ्नो पोकोमा भएको सबै टोपी त बाँदरले लगाएर रुख माथि पो चढेका रहेछन् । फसादै परेछ ! अनी उस्ले एउटा जुक्ती लगाएछ; आफुले लगाएको टोपी पनि फुकालेर भुँईतिर फालेछ ।

नक्कल गर्न सिपालु बाँदर पनि के कम; उनिहरुले पनि टाउकामा लगाएका सबै टोपी भुँईतिर फालेछन् ।
हतार-हतार टोपी बटुलेर चतुर ब्यापारी कुलेलम ठोकेछ ।

बाबुराम भट्टराइले 'त्याग देखाउन पार्टीको उपाध्यक्ष पदबाट रजिनामा दिएको' कथनले यो कथा फेरी याद आयो !

तर, कथा अझै सिद्धिएको छैन ।

अर्को भाग :
एकजाना टोपी ब्यापारी ब्यापारको दौरान कतै जाँदै रहेछ । हिंड्दा-हिंड्दा थकाई लागेर एउटा रुखको छाँयामा आराम गर्दा-गर्दै निदाएछ । ब्युँझिएर हेर्दा त आफ्नो पोकोमा भएको सबै टोपी त बाँदरले लगाएर रुख माथि पो चढेका रहेछन् । फसादै परेछ !

तर यसपटक त्यो ब्यापारी कत्ती पनि बिचलित भएनछ । उस्ले 'टोपी ब्यापारीको कथा' पढेको रहेछ ।
उस्ले पनि त्यही जुक्ती लगाएछ; आफुले लगाएको टोपी फुकालेर भुँईतिर फालेछ ।

तर 'टोपी ब्यापारीको कथा' बाँदरहरुले पनि पढीसकेका रहेछन् । त्यसैले एउटा बाँदर रुखबाट झटपट ओर्लिएर ब्यापारीले भुँईमा फाल्या टोपी लिएर रुखमाथी चढेछ ।

ब्यापारीले जमाना बदलीईसकेको थाहै पाएको रहेनछ !

No comments: